• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    विद्युत् निर्यात बढे पनि जोखिम कायमै

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

    जडीबुटी बेचेर चार करोड राजस्व असुली

    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ कात्तिक २०८२,
0
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् ।

सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ । यसका कारण एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन् ।

एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन् । यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।

– यात्रुहरू असहज, उडान पुनः बुकिङको हतारो –

ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा यात्रुहरू बिहानैदेखि लामो लाइनमा उभिन बाध्य भए । कतिपयले कुर्दा–कुर्दै कुर्सीमा सुत्नुपरेको अनुभव सुनाए । एटलान्टामा पुगेकी कारा बर्गेरोनले भन्नुभयो, “लाइनहरू लगातार सर्दै थिए, यस्तो भीड मैले पहिले कहिल्यै देखेकी थिइनँ ।”

केही यात्रुलाई भने अझ कठिनाइ भयो । कनेक्टिकटकी चिकित्सक करेन सोइकाको उडान न्युजर्सीको नेवार्कबाट रद्द भएपछि उहाँलाई न्युयोर्कको जोन एफ. केनेडी विमानस्थल पुग्नुपर्ने अवस्था आयो । उहाँले उटाह जाने योजनाका लागि कार भाडामा लिन खोज्नुभयो तर उपलब्ध भएन । अन्ततः उहाँले ‘क्रस–कन्ट्री ट्रक चलाएर जानुपर्ने’ बताउनुभयो ।

भाडाका कार कम्पनीहरूले पनि एकतर्फी यात्राको माग तीव्र रूपमा बढेको जनाएका छन् ।

– एयरलाइन्सको प्रतिक्रिया र उडान कटौतीको अवस्था –

उडान टङ्याकिङ वेबसाइट फ्लाइटअवेयर का अनुसार शुक्रबार मात्रै एक हजारभन्दा बढी उडानहरू रद्द भएका थिए । यो बिहीबारको तुलनामा पाँच गुणा बढी हो । वासिङ्टनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित रह्यो । यहाँ १८ प्रतिशत उडान अर्थात करिब ८० भन्दा बढी रद्द गरिए ।

डेल्टा एयरलाइन्सले शुक्रबार १७० उडान स्थगित गरेको बताएको छ भने अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने योजना बनाएको छ । साउथवेस्ट एयरलाइन्सले पनि करिब १२० उडान रद्द गरेको छ । युनाइटेड र अमेरिकन दुवैले प्रभावित यात्रुहरूलाई पुनः बुक गर्न सक्रिय प्रयास भइरहेको बताएका छन् ।

– राजनीतिक गतिरोध र दीर्घकालीन जोखिम –

ट्रम्प प्रशासनले डेमोक्रेट सांसदहरूलाई सरकारी बन्द अन्त्य गर्न दबाब दिँदै गर्दा एफएएको आदेश आएको हो । नियन्त्रकहरूलाई महिनाभर तलब नदिइँदा उनीहरूमा आर्थिक र मानसिक दबाब बढेको एफएएको भनाइ छ ।

यातायातमन्त्री डफीले भन्नुभयो, “हामी ढिलाइ वा अवरोध देख्न चाहन्नौँ, तर जबसम्म सुरक्षा मापदण्ड सुधार हुँदैन, उडान कटौती आवश्यक छ ।”

विश्लेषकहरूका अनुसार लामो समयसम्मको बन्दले अमेरिकी हवाई ढुवानी प्रणालीमा गम्भीर असर पार्न सक्छ । अमेरिकी हवाई मालसामानको करिब आधा हिस्सा यात्रु विमानमार्फत ढुवानी हुने भएकाले ढिलाइले आपूर्ति शृङ्खलामा पनि प्रभाव पार्नेछ ।

एलिभेट एभियसन ग्रुपका प्रमुख ग्रेग राइफलले भन्नुभयो, “हवाई यातायात अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो । यो बन्दले व्यापारिक बैठकदेखि लिएर पर्यटकहरूको यात्रा, सबै क्षेत्रमा असर पार्नेछ ।”

– यात्रुहरूका लागि सल्लाह –

सरकारको निर्देशन अनुसार ढिलाइ आफूहरूको नियन्त्रणभित्रको कारणले नभएसम्म एयरलाइन्सहरूले रद्द भएका उडानका टिकट फिर्ता गर्नुपर्छ तर खाना र आवास खर्च वहन गर्नुपर्ने छैन ।

यात्रा सल्लाहकार क्रिस्टिना श्लेगलले भन्नुभयो, “आतङ्कित नहुनुहोस्, आफ्नो उडानको स्थिति निरन्तर जाँच गर्नुहोस् र वैकल्पिक मार्गको जानकारी तयार राख्नुहोस् ।”

यदि सरकारी बन्द छिट्टै अन्त्य भएन भने आगामी बिदाहरूअघि हवाई यात्रा अझ अव्यवस्थित र महँगो बन्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।

अघिल्लो समाचार

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्को समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
अन्तर्राष्ट्रिय

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
फिचर-ब्यानर

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य
फिचर-ब्यानर

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन
आर्थिक

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
आवाज

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१३ कात्तिक २०८३,
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा
फिचर-ब्यानर

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१३ कात्तिक २०८३,
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन