• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    विद्युत् निर्यात बढे पनि जोखिम कायमै

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

    जडीबुटी बेचेर चार करोड राजस्व असुली

    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ कात्तिक २०८२,
0
हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुस्ताङ, २३ कात्तिकः एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो ।

बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खायाममा हिउँ पग्लिन थालेपछि उच्च लेक तथा खर्कमा पुर्याएर याकचौँरीको व्यवस्थापन गर्ने गरिन्छ । मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याकचौँरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थान्तरण गरिने गरिएको छ । यसरी हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याकचौँरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताउनुभयो ।

हिउँदयाममा उच्च लेकमा हिउँले चरनक्षेत्र अभाव हुने याकचौँरीलाई घाँस, पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने तथा गोठालालाई पनि हिमपात र चिसोले सास्ती पुर्याउने भएकाले उच्च लेक र खर्कका याकचौँरी क्रमशः बेँसी झारिने गरिएको हो । यसरी झारिएका याकचौँरी बर्खायाममा उच्च लेकका अस्थायी गोठमा लगेर पालन गरिन्छ । बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याकचौँरी व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको चार हजार मिटरमाथिको उच्च लेकमा याकचौँरीपालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाइ छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै एक हजार याकचौँरी हिमपात र जाडो छल्न बेँसी झारिएको समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो । त्यसैगरी थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका आठ घरपरिवारका करिब पाँच सय याकचौँरी र थासाङ–१ र घरपझोङ–२ मा पर्ने बतासे लेकमा रहेका छ घरपरिवारका करिब सात सय याकचौँरी हिमपातसँगै जाडो छल्न बेँसी झारिएको समिति सचिव हिराचनको भनाइ छ ।

यहाँको थासाङ–२ स्थित मार्चे लेकमा १०, मुलिखर्कमा आठ र बतासे लेकमा छवटा चौँरीगोठ रहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो । मार्चे लेकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घम्ती गोठ निर्माण भएको उहाँको भनाइ छ । थासाङ गाउँपालिकाअन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरीपालन व्यवसाय अपनाउँदै आइरहेको वडाध्यक्ष शेरचनले उल्लेख गर्नुभयो ।

यहाँको घरपझोङ–४ जोमसोमका याकचौँरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब पाँच सय बढी चौँरी हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएका छन् । समुद्री सतहको उच्चस्थानमा गोठ खडा गरी पालन गरिएका शेरचन र घर्तीका चौँरी नमुख लेकबाट तलको पारिलो स्थानमा झारिएको हो । भूपेन्द्रले हिउँदयाममा चौँरी रेखदेख गर्न समस्या हुने र उच्च लेकमा घाँस र खानेपानीको समस्या हुने भएकाले बेँसी झार्नुपरेको सुनाउनुभयो । यहाँको घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका गरी सात घरपरिवारले याकचौँरीपालन गरेका उहाँ बताउनुहुन्छ ।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यामा एक र वडा–४ ध्येगाउँमा एक गरी दुई घरले करिब पाँच हाराहारीमा याकचौँरीपालन व्यवसाय गरेको ताङ्ग्याका कर्मा साङ्वो गुरुङले जानकारी दिनुभयो । बर्खायाममा उच्च लेकको कराङमा रहेका चौँरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा राखिएको जानकारी दिनुभयो । त्यसैगरी लोघेकर–४ ध्येका चाँैरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौँरी बेँसी नजिकको लेकमा ल्याएर राखेको बताउनुभयो ।

त्यसैगरी माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका लोमान्थाङ र सम्जुङमा पनि चौँरीपालन गरिएको छ । पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा व्यावसायिक याकचौँरीपालन जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँस अभाव हुनु र हिमचितुवालगायत वन्यजन्तुको आक्रमणबाट याकचौँरीलगायत घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत संस्कृतिका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

यहाँका पालन गरिएका चौँरी तथा याकनाकपालनलाई जलवायुको सङ्कट थपिएको हो । भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौँरीपालनमा परेको छ । मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार निर्माण गर्छन्, चौरीको पुच्छर हिन्दू धर्मालम्बीहरूले पूजा कोठामा राख्ने भएको यो महँगो मूल्यमा बिक्री हुन्छ ।

यहाँको घरपझोङ र थासाङका याकचौँरीपालकले बर्सेनि वैशाख र भदौमा याकचौँरीको आलो रगत निकालेर दोहोरो फाइदा निकाल्छन् । यहाँ वयस्क याकचौँरीलाई मासुका रूपमा समेत उपयोेग गरिने भएकाले एउटै जिउँदो याकको मूल्य रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म पर्छ ।

अघिल्लो समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अर्को समाचार

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
फिचर-ब्यानर

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य
फिचर-ब्यानर

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन
आर्थिक

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
आवाज

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१३ कात्तिक २०८३,
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा
फिचर-ब्यानर

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
जीवन शैली

‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१३ कात्तिक २०८३,
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन