• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्दै ललितपुर महानगर

metakhabar by metakhabar
२१ कार्तिक २०८२,
0
जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्दै ललितपुर महानगर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर)  : ललितपुर महानगरले जेष्ठ पूर्णिमाका दिनलाई राष्ट्रिय सङ्गीत दिवसका रूपमा घोषणाका लागि आवश्यक पहल गर्ने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को)ले ललितपुर महानगरपालिकालाई ‘सङ्गीतको सिर्जनात्मक सहर’ घोषणा गरेको सन्दर्भमा ललितपुर महानगरपालिकाले पाटन सङ्ग्रहालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महानगर प्रमुख चिरीबाबु महर्जनले सङ्गीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन राष्ट्रिय सङ्गीत दिवस घोषणालगायत आगामी चार वर्षका निमित्त विभिन्न कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

युनेस्कोबाट सङ्गीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरपालिकाले सङ्गीतको क्षेत्रका क्रियाकलापलाई अघि बढाउन अनुसन्धानकर्ता र स्थानीय सङ्गीतकर्मीबीच छलफल र सहकार्य गरी सङ्गीतको माध्यमबाट आर्थिक उपार्जनको बाटो पहिल्याउने, स्थानीय परम्परागत र परम्परागत सङ्गीतका साथै र समकालीन सङ्गीतको सीपलाई विद्यालय तहसम्म पुर्याउन विद्वत वर्ग र विद्यालयहरूसँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाएको हो ।

विद्यालयमा सङ्गीत शिक्षकको व्यवस्था गर्ने, शिक्षकहरूलाई तालिम प्रदान गर्ने र विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्गीतज्ञ तथा अनुसन्धानकर्ताहरूका लागि उपयोगी हुने स्थानीय सङ्गीत परम्परा तथा विभिन्न बाजागाजाहरू समेतलाई अभिलेखीकरण गरी स्रोत केन्द्र सञ्चालन गर्ने योजना महानगरको छ ।

परम्परागत बाजाहरूको संरक्षण तथा संवर्द्धनका निमित्त परम्परागत बाजा बनाउने र बजाउन सीपको जगेर्ना गर्न आवश्यक तालिमको व्यवस्था गरी यसलाई पेसाका रूपमा स्थापित गर्दै मर्यादित बनाउने एवं परम्परागत वाद्यगुरुहरूलाई रोजगारीको अवसर सृजना गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।

महानगरले नीति निर्माण तथा पहलकदमीअन्तर्गत सङ्गीतलाई उद्योगको रूपमा स्थापित गर्न पहल गर्ने, जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवसका रूपमा घोषणाका लागि आवश्यक पहल गर्ने, स्थानीय सार्वजनिकस्थलहरूलाई सवारीरहित बनाई खुला साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्नका लागि पूर्वाधार तयार पार्ने यजना बनाएको छ ।

ललितपुर सिर्जना कला केन्द्रको सञ्चालनका निमित्त ललितपुर महानगरपालिकाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिकाभित्रका विभिन्न सङ्गीत तथा अन्य सिर्जनात्मक विधासँग सम्बन्धित सङ्घसंस्थाहरूको समेत प्रतिनिधित्व रहनेगरी १५ सदस्यीय सञ्चालक समिति बनाउने तयारी महानगरले गरेको प्रमुख महर्जनले जानकारी गराउनुभयो ।

युनेस्कोको अन्य सङ्गीत सहरहरूसँगको सहकार्य तथा सहभागितामा वार्षिक रूपमा सङ्गीत महोत्सवको आयोजना गर्ने, परम्परागत तथा समकालीन सङ्गीतमा युवाहरूलाई संलग्न गराउन प्रत्येक वडामा युवा केन्द्रको स्थापना गर्ने, सङ्गीतको अनुसन्धानका लागि विज्ञहरूको टोली गठन गर्ने, परम्परागत डबली तथा सार्वजनिक प्रदर्शनस्थलहरूको स्तरोन्नति गर्ने, सामाजिक तथा वातावरणीय समस्याको निराकरणका निमित्त छलफलको आयोजना गर्नेलगायतका कार्यलाई महानगरले प्राथमिकतामा राखेको जानकारी दिइएको छ ।

महानगरप्रमुख महर्जनले भन्नुभयो, “युनेस्कोबाट सङ्गीतको सहरका रूपमा घोषणापश्चात परम्परागत, समकालीन तथा आधुनिक सङ्गीतको जगेर्ना गर्दै यस क्षेत्रमा विशेषतः युवालाई प्राथमिकताका साथ सहभागी गराई सङ्गीतलाई रोजगारी सृजनाको माध्यम बनाइनेछ । सङ्गीतको माध्यमबाट महानगरको छवि र परिचयलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा थप उचो बनाउन सम्पूर्ण नगरवासी र सङ्गीत क्षेत्रमा लाग्नुभएका सङ्गीत साधक र सङ्गीतप्रेमीको साथ, सहयोग र शुभेच्छा निरन्तर प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।”

संस्कृति तथा सिर्जजनशीलतालाई दिगो विकासको वाहकका रूपमा अङ्गीकार गरेका सहरहरूलाई एकै थलोमा ल्याई राष्ट्रिय तथा अन्तरराष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने हेतुले सन् २००४ देखि युनेस्कोले ‘युनेस्को सिर्जनात्मक सहरहरूको सञ्जाल’को सुरुआत गरेको हो ।

युनेस्को सिर्जनात्मक सहरहरूको सञ्जालअन्तर्गत हस्तकला तथा लोककला, डिजाइन, फिल्म, खानपान, साहित्य, मिडिया कला, सङ्गीत र वास्तुकला गरी आठवटा विधामध्ये जुनसुकै विधामा सञ्जालको सदस्यताका लागि कुनै पनि सहरले विधिवत रूपमा प्रस्ताव पेस गर्न सक्नेछन् । यस वर्ष प्रदान गरिएको सदस्यता समेत गरी हालसम्म संसारका १०० भन्दा बढी मुलुकका ४०८ वटा सहरले विभिन्न विधामा यस सञ्जालको सदस्यता प्राप्त गरिसकेका छन् ।

Previous Post

अनौठो ‘स्काई केभ’

Next Post

मेलम्ची खानेपानीको पानी पथान्तरणमा रोक

metakhabar

metakhabar

सम्बन्धित खबर

उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
Load More
Next Post
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

मेलम्ची खानेपानीको पानी पथान्तरणमा रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In