• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिजिट भिसा मापदण्ड फेरियो ,अब राहदानी, भिसा र टिकट भए पुग्ने

metakhabar by metakhabar
१५ कार्तिक २०८२,
0
भिजिट भिसा मापदण्ड फेरियो ,अब राहदानी, भिसा र टिकट भए पुग्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भिजिट भिसाको नाममा चल्दै आएको ‘सेटिङ उद्योग’ अन्त्य गर्न सरकारले अन्ततः विवादित ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ नियम ल्याएको छ। अब भिजिट भिसामा विदेश जान चाहने व्यक्तिलाई केवल राहदानी, भिसा र हवाई टिकट भए पुग्नेछ। बाँकी सबै औपचारिकता स्वघोषणा फारममार्फत पूरा गर्न सकिने अध्यागमन विभागले जनाएको छ।

गृहमन्त्रीस्तरीय निर्णयबाट बिहीबारदेखि लागू भएको नयाँ मापदण्डका अनुसार, भ्रमणमा जाने यात्रुहरूले आफूले आवश्यक सबै कागजात बोकेको र विदेश यात्राबाट सिर्जित परिणामबारे स्वयम् जिम्मेवार रहने व्यहोराको स्वघोषणा फारम भरेर मात्रै उडान अनुमति पाउनेछन्।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, अब विश्वका जुनसुकै देशमा भ्रमण गर्न चाहनेले यही प्रक्रिया पूरा गर्नुपर्नेछ। “अब शंका र अनुमानका आधारमा कसैलाई रोकिँदैन, न त ‘सेटिङ’ गरेर पास गरिन्छ,” उनले भने, “हामीले यात्रुहरूको स्वतन्त्रतामा अवरोध होइन, दुरुपयोगमा नियन्त्रण गर्न खोजेका हौं।”

गत वर्ष माघ १० देखि लागू भएको ६ बुँदे मापदण्डको उद्देश्य सुरुवातीमा भिजिट भिसामा हुने मानव तस्करी रोक्ने थियो। तर, व्यवहारमा त्यसले उल्टै ‘सेटिङ धन्दा’ फस्टाएको अध्यागमन विभागको निष्कर्ष छ। पुरानो नियम अनुसार यात्रुहरूलाई होटल बुकिङ,५०० अमेरिकी डलर बराबरको सटही प्रमाण, तीन पुस्ताभित्रको नाता प्रमाण, र विशिष्ट देश ९जस्तै–यूएई, कतार, साउदी, बहराइन० का लागि छुट्टै स्वघोषणा फारम अनिवार्य थियो। यी झन्झटिला नियमको फाइदा बिचौलियाले उठाए — शुल्क तिरेर “सेटिङ” बाट अनुमति दिलाउने प्रथाले व्यापक रूप लियो।

बैरागी समितिको सुझावपछि सुधार

भिजिट भिसामा हुने अनियमितता छानबिनका लागि बनेको पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले मापदण्ड परिमार्जन गर्न सुझाव दिएको थियो। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले समितिको प्रतिवेदनलाई आधार मानेर पुरानो मापदण्ड खारेज गरेको हो। परिमार्जनपछि लागू भएको नयाँ प्रणाली अनुसार यात्रुका लागि अब आवश्यक हुने छन् —कम्तीमा ६ महिना वैधता भएको राहदानी,सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा हुने व्यवस्था,

गन्तव्यसम्मको हवाई टिकट, र स्वघोषणा फारम — जसमा यात्रु स्वयंले आफ्नो भ्रमणको प्रयोजन र जिम्मेवारी स्वीकार गर्ने। नयाँ नीतिले यात्रामा सजिलो त ल्याएको छ, तर जिम्मेवारी पनि यात्रुकै काँधमा राखेको छ।सरकारको यो निर्णयले अब भिजिट भिसामा हुने ‘सेटिङ’, सिफारिस र अनावश्यक रोकथाममा अन्त्य ल्याउने अपेक्षा गरिएको छ।

तर, प्रश्न भने बाँकी छ — के यो सरल नीति दुरुपयोग गर्ने नयाँ ढोका त खुल्दैन ? अहिलेका लागि भने, यात्रु खुसी छन् —‘अब विदेश जान फाइल होइन, तीन कागज र एउटा फारम मात्र चाहियो।’

Previous Post

बैतडीमा ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गरिँदै

Next Post

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In