• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
७ कात्तिक २०८२,
0
लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुस्ताङ,  कुनै बेला यहाँका ९६ वटै गाउँ बस्तीमा उवा, जौँ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ प्रयोग गर्ने संस्कृति थियो । खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत ‘पानी घट्ट’ चल्थे ।

विद्युतीय सुविधा नहुँदा त्यसबेलाको उपयुक्त प्रविधि भनेकै परम्परागत पानी घट्ट एकमात्र विकल्प थियो । तर, अचेल त्यो जमाना पूरै फेरिएको छ । पछिल्लो समय तीव्रगतिमा भइरहेको अत्याधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदियौँदेखि मुस्ताङमा प्रचलनका रूपमा रहेको परम्परागत ‘पानी घट्ट’ संस्कृति विस्तारै लोप हुने अवस्थामा छ ।

प्राचीनकालदेखि नै पिसानी गर्ने एक स्थानीय घरेलु प्रविधि माध्यमका रूपमा रहेको यस प्रकारको परम्परागत संस्कृतिका रूपमा परिचित ‘पानी घट्ट’ संरक्षण गर्नसमेत यतिबेला मुस्किल पर्ने देखिएको छ । हिमाली जिल्लामा रैथाने बालीलाई पीठो बनाउने सफा र उपयुक्त प्रविधिका रूपमा स्थापित बनेको परम्परागत ‘पानी घट्ट’ अचेल प्रविधिको विकाससँगै मुस्ताङका अधिकांश गाउँहरूमा लोप हुन थालेका छन् । पिसानी सहज बनाउने परम्परागत ‘पानी घट्ट’ सङ्कटमा परेको हो ।

घरपझोङ–५ ठिनीमा गाउँहरूको सामूहिक एक परम्परागत पानी घट्ट सञ्चालनमा छ । यहाँको पानी घट्ट गाउँलेबाट वार्षिक तीन हजार शुल्क बुझाउनेगरी ढुम्बा स्थानीय हिमा गुरुङले सञ्चालन गरेका छन् । ठिनी गाउँबाट दुई वर्षदेखि पानी घट्ट आफूले सञ्चालन गर्दै आइरहेको हिमा बताउनुहुन्छ ।

पानी घट्टमा एक मुरी अन्न पिसेको एक पाथी ज्याला लिने गरेको सञ्चालक गुरुङ बताउनुहुन्छ । धेरैजसोले छिटोछरितोका लागि विद्युतीय मेसिनमा पिस्ने गर्छन्, घट्टमा घण्टौँ लाग्ने काम मेसिनले केही समयमै पूरा गरिदिन्छ । सञ्चालक गुरुङ भन्नुहुन्छ, “पानी घट्टको महत्व र यसबाट हुने फाइदा बुझेकाहरू पीठो पिस्न यहाँ आउनुहुन्छ ।” यहाँ आफूले चलाएको पानी घट्टमा सेवा लिन ठिनी गाउँ र जोमसोम आसपासका सेवाग्राही आउने गरेको गुरुङले बताउनुभयो ।

पानी घट्टमा फापर, फापरको पात (ढाप्रा), उवा, फापर, जाँै, गहुँ र मकै पिस्न आउने गरेको जानकारी दिनुभयो । यहाँका पानी घट्ट सिँचाइका लागि प्रयोग गरिने कुलोको पानीबाट सञ्चालन गर्ने गरिएको उहाँको भनाइ छ । खेतीपातीमा सिँचाइ गर्दा घट्टको काम रोकिन्छ, अन्नबाली थन्क्याएपछिको खाली समयमा पानी घट्ट चलाउने गरेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय प्रविधिको विकाससँगै जलवायु परिवर्तनका कारण पानीका हिमनदीहरू सुक्दै जान थालेपछि पानी घट्ट संस्कृति जोगाउन मुस्किल पर्ने देखिएको जनाउनुभयो ।

ठिनी पानी घट्टमा फापर पिस्ने सेवा लिन जानुभएकी घरपझोङ–४ जोमसोमकी स्थानीय प्रमिता थकालीले परम्परागत पानी घट्टको महत्व र फाइदा मानिसले बुझ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । पानी घट्टमा पिसेको अन्नबालीको परिकार स्वादिलो, स्वास्थ्यवर्द्धक र दिगो हुने भएकाले आफू सधैँ पानी घट्टमा धाउने गरेको बताउनुभयो ।

पछिल्लो समय विद्युती मेसिन गाउँघरमा पर्याप्त मात्रामा सञ्चालनमा रहेको भए पनि घट्टमा पिसेको अन्नबालीको परिकार नतात्तिने, गन्ध नआउने, छिटो नब्रिने र धैर समयसम्म राख्न टिकाउ हुने भएकाले पानी घट्ट संस्कृति बिर्सन नहुने स्थानीय थकालीले उल्लेख गर्नभयो । मानिसहरू छोटो समय धेरै समय बचत गर्न चाहने सोचले गर्दा समय किफायत गर्न पानी घट्टमा जाने प्रचलन हराउँदै जान थालेको उहाँको भनाइ छ । जोमसोममा रहेको दुई पानी घट्टमध्ये एक पूरै बन्द भएको र अर्को पानी घट्ट चलाउन सिँचाइ कुलोको पानी नहुँदा समस्या पर्ने गरेको स्थानीय थकालीले बताउनुभयो ।

त्यसैगरी, घरपझोङ–५ ठिनी गाउँकी स्थानीय हाल पोखरा बस्दै आइरहनुभएकी सीमा थकालीले पोखरामा लैजान फापर र उवाको सातु पिस्न घट्ट आएको बताउनुभयो । मेसिनमा पिसेभन्दा पानी घट्टमा पिसेको पीठो स्वस्थ्यकर र लामो समयसम्म प्रयोगमा ल्याउन मिल्ने भएकाले पानी घट्टको संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

पानीको सहायताले घट्टको जाँतोलाई घुमाएर चल्ने एक प्रकारको परम्परागत प्रविधि पानी घट्ट मुस्ताङका केही गाउँमा मात्र रहेको छ । यहाँ सदियाँैदेखि घरेलु प्रविधिका रूपमा अपनाइएको परम्परागत पानी घट्ट संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने देखिएको छ ।

अघिल्लो समाचार

काठका भाँडाकुँडाबाट आत्मनिर्भर

अर्को समाचार

भक्तपुरको गुण्डुमा ‘ओली निवास’ निर्माणको तयारी, स्थानीयको भावनात्मक पहल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भक्तपुरको गुण्डुमा ‘ओली निवास’ निर्माणको तयारी, स्थानीयको भावनात्मक पहल

भक्तपुरको गुण्डुमा ‘ओली निवास’ निर्माणको तयारी, स्थानीयको भावनात्मक पहल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन