• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठका भाँडाकुँडाबाट आत्मनिर्भर

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
काठका भाँडाकुँडाबाट आत्मनिर्भर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन । निर्माण गरिएका भाँडाकुडा बिक्री गरी मुक्त कमैया परिवारका उहाँ आत्मनिर्भर बन्नुभएको छ ।

रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका रूपमा पहिचान बनाउनुभएको छ । बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कहिले ठेकी, कहिले बेलन, कहिले गिलास त कहिले घर सजावटका आकर्षक वस्तु बनाउनमा चौधरी व्यस्त रहनुहुन्छ ।

“काठका भाँडाकुँडा बनाउने सीप सिकेपछि अरुसँग रकमका लागि हात थाप्नु परेको छैन”, चौधरीले भन्नुभयो, “महिनामा रु ५० हजारसम्म आम्दानी हुन्छ, अहिले नगरपालिका क्षेत्रमै काठको कार्य गर्ने व्यक्तिका रुपमा मेरो पहिचान बनेको छ, यसमै गर्व छ ।”

विजयसालको काठबाट बनेका भाँडाकुँडा स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो रुपमा रहेको चौधरी बताउनुहुन्छ ।

चौधरीले भन्नुभयो, “विजयसालको काठको अम्खोरा, गिलास लगायतमा पानी पिउँदा शरीरको विकार हट्ने भएकाले अहिले बजारमा यसको माग बढेको छ ।” उहाँले बनाएका वस्तु रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुन्छन् । स्थानीय बजारमै माग धान्न मुस्किल हुने गरी माग आएको उहाँले बताउनुभयो ।

“काठको सीप सिक्न त्यति सहज थिएन”, चौधरी भन्नुहुन्छ, “बुबा गाउँकै एक जमिनदारको घरमा कमैया हुनुहुन्थ्यो, बाल्यकाल जमिन्दारको घरमै बित्यो, अलि जान्ने बुझने भएपछि काठको कामप्रतिको अभिरुचि जाग्यो ।” गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको उहाँ बताउनुहुन्छ ।

“कमैयामुक्ति अभियानपछि नयाँ अवसर खोज्दै सीप विकास तालिम केन्द्र पुगे, विसं २०५६ मा काठका भाँडाकुँडा बनाउने तालिम लिए, कमैयामुक्त भएपछि केही समय अनिश्चिततामा थिएँ,” चौधरी विगत सम्झदै भन्नुहुन्छ, “त्यो तालिमले मलाई आत्मनिर्भर बनायो ।”

व्यवसाय सुरु गर्नु अघि आठ वर्षसम्म उहाँ सीप विकास तालिम केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । अहिले पनि स्थानीय तह वा गैरसरकारी संस्थाले सञ्चालन गर्ने तालिममा उहाँलाई प्रशिक्षकको रूपमा बोलाउने गर्छन् । “अर्कालाई सीप सिकाउँदा आफू पनि प्रेरित हुन्छु,” चौधरीले भन्नुभयो ।

चौधरी हाल दुई सहयोगी कामदारसहित व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । हालसम्म उहाँले उद्योगमा करिब रु १४ लाख लगानी गर्नुभएको छ । लघुवित्त संस्थाबाट लिएको रु पाँच लाख ऋण पनि यसमा समावेश छ । बाँकी पूँजी आफ्नै आम्दानी र बचतबाट उहाँले जुटाउनुभएको हो ।

चौधरीले स–मिल र सामुदायिक वनबाट विजयसालको काठ खरिद गर्दै आउनुभएको छ । मागअनुसार काठ नपाउँदा काममा अवरोध आउने गरेको उहाँको भनाइ छ । त्यससँगै चौधरीलाई लगानीको पनि चुनौती छ । मुक्त कमैया पुनःस्थापनाका क्रममा उहाँले पाउनुभएको पाँच कठ्ठा जग्गाको लालपूर्जा बैंकमा धितो राख्न नपाउने नियमले कर्जा विस्तारमा समस्या आएको छ ।

“लालपूर्जा बैंकमा राख्न पाइँदैन, त्यसैले कर्जा पाइँदैन,” चौधरी भन्नुहुन्छ, “लगानी बढाउन आधार नहुँदा व्यवसाय विस्तारको योजना रोकिएको छ ।”

चौधरीको आम्दानीले अहिले परिवारको सम्पूर्ण खर्च धानेको छ । उहाँका सन्तान निजी विद्यालयमा अध्ययनरत छन् । घर निर्माण कार्य पनि यही आम्दानीबाट सम्भव भएको उहाँ बताउनुहुन्छ । चौधरी अब हस्तकलाका वस्तु ठूलो बजारसम्म पुर्याउने योजनामा हुनुहुन्छ । उहाँको लक्ष्य आगामी वर्षसम्म आफ्ना उत्पादनलाई बाह्य बजारमा विस्तार गर्ने र स्थानीय हस्तकला प्रदर्शनीमा सहभागिता जनाउने रहेको छ ।

“हाम्रो सीपले गाउँको पहिचान बनाओस् भन्ने मेरो चाहना हो,” चौधरी भन्नुहुन्छ, “काठका नेपाली हस्तकलालाई ब्रान्डको रूपमा स्थापित गर्न सकिन्छ, त्यसका लागि अझै मिहेनेत गर्न तम्तयार छु ।”

Previous Post

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

Next Post

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In