• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

metakhabar by metakhabar
४ कार्तिक २०८२,
0
पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके)। बाँकेमा व्यावसायिक पुष्पखेती घट्दै गएपछि फूलको अभाव भएको छ ।

भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् ।

केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यावसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमी पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले जानकारी दिनुभयो ।

“भारतबाट बिनाभन्सार, बिनाक्वारेन्टाइन र बिनाजाँच विभिन्न किसिमका फूलमाला नेपालगञ्जमा आउने गर्दछन्, हामीले वर्षभरि दुःख गर्छौँ, उत्पादन गर्छौँ, हाम्रो मूल्य नै आउँदैन ।” पुष्प व्यवसायी चर्तीमगरले भन्नुभयो, “पारिबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गर्दछ, हामीले मूल्य पनि पाउँदैनौँ, मेहेनत गरेर उत्पादन गरेको फूलले बजार नपाउँदा विस्तारै पुष्प व्यवसायीहरू यो पेसाबाट विस्थापित हुँदै जान थाल्नुभएको छ ।”

सीमापारि भारतबाट आउने अवैध फूलमाला स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसक्दा बिनाजाँच, बिनाभन्सार र बिनाक्वारेन्टाइन अवैध रूपमा नेपाल आउने प्लास्टिकलगायत फूलमालाका कारण बाँकेका पुष्प व्यवसायी मर्कामा परेकाले पुष्प व्यवसाय यो वर्ष कम भएको उहाँको भनाइ छ ।

“गत वर्षसम्म बाँकेमा १७ जना महिला उद्यमीहरूले व्यावसायिक फूलखेती गर्दै आउनुभएको थियो, यस वर्ष अधिकांशले फूलखेती गर्नुभएको छैन, विगत दुई वर्षदेखि लगातार घाटा भइरहेका कारण यस वर्ष फूलखेती गर्नुभएन ।” उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नो पालिकाभित्र प्लास्टिकजन्य फूल र बाह्य फूल बिक्री वितरण गर्न रोक लगाए पनि पुष्प व्यवसायीलाई केही राहत हुने थियो ।”

कोहलपुर नगरपालिका–३ बाँकेकी पुष्प व्यवसायी विष्णु चौधरीले लगातारको घाटाका कारण यस वर्ष कम फूल उत्पादन गरेको बताउनुभयो । यस वर्षको तिहारलक्षित फूलखेती कमै मात्रामा गरेको उहाँले बताउनुभयो ।

“बाँकेमा फूलखेती मैले सुरुदेखि नै गरेँ, हरेक वर्ष तिहारमा व्यापार राम्रै हुन्थ्यो तर विगत दुई वर्षदेखि लगातार घाटा भयो”, उहाँले भन्नुभयो, “भारतबाट आउने फूलका कारण हामीले बिक्री गर्न सकेनौँ, उनीहरूले सस्तोमा बिक्री गरेका कारण हामीले प्रतिस्पर्धा गर्न सकेनौँ, हाम्रो लगानी नै नउठ्ने भएपछि तिहारमा फूलखेती कम गर्न थालेका छाँै ।”

बाँकेमा पुष्प व्यवसाय घटेपछि यतिबेला नेपालगञ्जमा फूलको अभाव देखिएको छ । प्रतिकेजी रु पाँच सय देखि रु आठ सय महँगो दरमा बिक्री गर्ने गरेको नेपालगञ्ज–२१ की उपभोक्ता सृजना थापाले बताउनुभयो ।

तिहारको समयमा नेपालगञ्जको बागेश्वरी मन्दिरक्षेत्र वरिपरि, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, बिपी चोक, भानुभक्त चोक, कारकाँदो चोकलगायत मुख्य चोक र बजार क्षेत्रमा भारतबाट आयातित गरिएका फूल तथा प्लाष्टिकको माला खुलेआम बिक्री हुने गरेको छ । यसका कारण बाँकेका पुष्प व्यवसायी विस्तारै विस्थापित हुँदै गएका हुन् ।

Previous Post

मानवीय मान्यताहरूको संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष दाहालको अपिल

Next Post

‘आइरन लेडी’ सानै ताकाइची : जापानको पहिलो महिला प्रधानमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
समाचार

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

१८ बैशाख २०८३,
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
Load More
Next Post
‘आइरन लेडी’ सानै ताकाइची : जापानको पहिलो महिला प्रधानमन्त्री

‘आइरन लेडी’ सानै ताकाइची : जापानको पहिलो महिला प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In