• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

metakhabar by metakhabar
३ कार्तिक २०८२,
0
घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीका किसानहरूले घुम्ती गोठमा पशुपालन गर्दा सुरक्षाका लागि कुकुर पाल्ने परम्परा जोगाइरहेका छन्। महिनौँसम्म जङ्गलमा एक्लै गोठालो गर्ने किसानका साथीका रूपमा रहेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट भेडाबाख्राको रक्षा गर्छन्। ग्रामीण भेगमा कुकुर बिना गोठको कल्पनै गर्न सकिँदैन।

धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालका अनुसार कुकुरले राति, बिहान र साँझ गोठ वरिपरि पहरा दिन्छ। “कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिँदैन,” उनले भने, “चरनमा गएका पशुलाई भिरमा जान नदिने, साँझ खेदेर गोठमा ल्याउने र चितुवा वा स्याल देख्दा भुक्दै चेतावनी दिने गर्छ।”

ढोरपाटन शिकार आरक्षको बुकी क्षेत्रमा भेडापालन गर्दै आएका धवलागिरी गाउँपालिका–३ मुनाका ८३ वर्षीय लिलबहादुर पुनले पनि तीनवटा ‘भोटे कुकुर’ पालेका छन्। उनका अनुसार कुकुरले भेडाबाख्रासँगै गोठालाको पनि सुरक्षा गर्छ।

धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालका अनुसार सयौँ पशुको हेरचाह गोठालाले एक्लै सम्भाल्न नसक्ने भएकाले कुकुरलाई “बफादार सहयोगी” मानिन्छ।

म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका गोठालाले सामान्यतया तीस किलोभन्दा बढी तौल हुने, अग्ला र बलिया ‘भोटे कुकुर’ पाल्ने गर्छन्। यस्ता कुकुरका छाउराको मूल्य प्रतिगोटा रु १० हजारभन्दा बढी पर्छ।

कृषक नेत्रप्रसाद राम्जालीका अनुसार कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने, सुँघेर पत्ता लगाउने र मालिकप्रति बफादार हुने विशेषता राख्छ।

बिहान–साँझ पिठोको खोले, भेडाको दूध र मासु उनीहरूको मुख्य खाना हो। किसानहरू एक स्थानमा करिब १०–१५ दिन गोठ राखेर वरपरका खर्कमा चराएपछि अर्को ठाउँमा सार्ने गर्छन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाका करिब २०० गोठमा २० हजारभन्दा बढी बरुवाल र भ्याङलुङ जातका भेडा पालिएका छन्।

Previous Post

नर्सहरूको पीडा सुन्न सरकार तयार : सातै प्रदेशमा समस्या समाधान कार्यदल गठन

Next Post

तिहारमा बिजुलीको माग घट्ने, आपूर्ति व्यवस्थापनमा प्राधिकरण तयार

metakhabar

metakhabar

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
तिहारमा बिजुलीको माग घट्ने, आपूर्ति व्यवस्थापनमा प्राधिकरण तयार

तिहारमा बिजुलीको माग घट्ने, आपूर्ति व्यवस्थापनमा प्राधिकरण तयार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In