• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रमदानबाट काठको पुल निर्माण

metakhabar by metakhabar
२ कार्तिक २०८२,
0
श्रमदानबाट काठको पुल निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, २ कात्तिकः बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् ।

गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएको स्थानीय तिलक साम्पाङ किरातीले जानकारी दिनुभयो ।

“बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । खोलामा पानीको बहाव घटेको छैन”, उहाँले भन्नुभयो, “तत्कालका लागि मोटरसाइकल आवतजावत गराउन श्रमदानमार्फत काठको पुल निर्माण गरेका हौँ । अब जुनसुकै समयमा मोटरसाइकलमार्फत आवतजावत गर्न सकिने भएको छ ।”

दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित तापखोलाको शनिबारेमा काठको पुल निर्माण गरिएपछि मोटरसाइकलबाट सदरमुकाम दिक्तेललगायत ठाउँ आवतजावत गर्न सकिने भएको स्थानीयले बताएका छन् । गाउँपालिकाका उपप्रमुख गुरुराज राईसहितका जनप्रतिनिधि तथा स्थानीय युवा गरी ६५ जनाको सहभागितामा जनश्रममार्फत काठको पुल निर्माण गरेर सञ्चालन गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

दिक्तेल–पाथेका–फेदी सडकखण्डको तापखोलास्थित शनिबारेमा केपिलासगढी गाउँपालिका र वडा कार्यालय खार्ताम्छाको संयुक्त लगानीमा यातायात सञ्चालन गर्न शनिबारेमा खोला ढलान गरिएको थियो । सात वर्षअघि गरिएको ढलान बाढीले बगाएपछि उक्त गाउँपालिकाको तीन वडाका स्थानीयलाई १० किलोमिटर लामो दिक्तेल–खार्मी सडक पार गर्दै सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता बनेको थियो ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–पाथेका–फेदी सडकखण्डको तापखोलास्थित शनिबारेमा मोटरेबल पक्की पुल निर्माण गर्न यस वर्ष प्रदेश सरकारबाट बजेटसमेत उपलब्ध भएको छ । केपिलासगढी गाउँपालिकाका तीन वडाका स्थानीयले सदरमुकाम दिक्तेल तथा राजधानी काठमाडौँ आवतजावत गर्ने प्रमुख मार्गमा पर्ने शनिबारेमा निर्माण हुने कोशी प्रदेश सरकारको बहुवर्षे योजनाअन्तर्गत मोटरेबल पक्की पुलका लागि रु दुई करोड बजेट उपलब्ध भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

Previous Post

बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भिषण आगलागी

Next Post

केराका थामबाटै आम्दानी

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
केराका थामबाटै आम्दानी

केराका थामबाटै आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In