शुद्ध र तीव्र प्रेम भएका समर्पित साथीको साथ होस् । बस्नु, खानु, हाँस्नु भ्रमण गर्नु, वार्तालाप गर्नु सबै कर्ममा एकता होस्, संवाद होस् ।
कुनै मित्रका मनमा पनि लोक परलोकको कल्पित लोभ, कामना व स्वार्थ नहोस् । केही गर्नु, कहीँ जानु, केही पाउनुको चञ्चल दौड नहोस् ।
हृदय मिलेका हुन्, प्राण गए तापनि प्रीतिको तीव्रता दिव्यता कम नहोस् । यस्तो छ भने जहाँ बसे पनि जे गरे पनि जीवनको पूर्णता हो ।
समानभाव, हार्दिक प्रेम दुर्लभ वस्तु हो । यो हुन नसके, सबै पुराना अपूर्ण व्यक्ति, अहङ्कारका प्रदर्शक जग्गाजमीन, आश्रम सबै बिर्सी, त्यागी एक्लै विचरण गर्नु । कहीँ पुग्नु छ, कसैसित भेट्नु छ भन्ने कल्पना पनि नहोस् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













