• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून

metakhabar by metakhabar
२९ अशोज २०८२,
0
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गु सङ्क्रमणको ‘हटस्पट’ उल्लेख गरेको थियो ।

यस वर्ष डेङ्गु सङ्क्रमणको दरमा उल्लेख्य रूपमा कमी आएको महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको पूर्वतयारी र समुदायको सजगताका कारण डेङ्गु फैलन नपाएको उनको भनाइ छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा डेङ्गु सङ्क्रमणको दर झण्डै ७५ प्रतिशतले कम भएको बताए । “गत वर्ष डेङ्गु सङ्क्रमण व्यापक रूपमा देखिएपछि । यस वर्ष मानिस आफैँ सजग भएको देखियो, सम्बन्धित निकायले पनि समयमै नियन्त्रण तथा रोकथामका उपाय अवलम्बन गरे”, उनले भने, “पोखराका अस्पतालहरूको अनुगमन गर्दा पनि डेङ्गुका बिरामी धेरै कम भर्ना भएको पाइयो, अहिले डेङ्गुको खासै समस्या छैन ।”

डेङ्गु सार्ने लामखुट्टेको मुख्य बासस्थान मानिने पुराना टायरलाई सरसफाइ तथा व्यवस्थापनमा अटोमोबाइल एसोसिएसनले अगुवाइ गरेको उनले बताए । डेङ्गु सार्ने लामखुट्टेका लागि मौसम पनि प्रतिकूल परेकाले समुदायमा रोग फैलन नपाएको प्रमुख नेपालीले बताए । जाडोयाम सुरु हुन लागेकाले अब डेङ्गुको जोखिम पनि घट्दै जाने उनको भनाइ छ । साउनदेखि कात्तिकसम्मलाई डेङ्गु सङ्क्रमणको बढी जोखिमयुक्त समय मानिन्छ ।

डेङ्गु सङ्क्रमण रोक्न पोखरा महानगरपालिकाले सुरुदेखि नै समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्यस्वयंसेवीलगायतलाई पनि डेङ्गु सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।

डेङ्गु परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिपरेको उनको भनाइ छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गु रोकथाम र नियन्त्रण गर्न कठिन हुने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।

डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने उनले बताए । “समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गुले महामारीको रूप लिनसक्छ”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने, “जनघनत्व बढी भएका ठाउँमा डेङ्गु छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्छ ।”

डेङ्गु रोग सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु नियन्त्रणको उत्तम उपाय भएको चिकित्सक बताउँछन् ।

Previous Post

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

Next Post

मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
कृषि

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

२७ अशोज २०८३,
आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
आर्थिक

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

२७ अशोज २०८३,
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड
फिचर-ब्यानर

जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

२७ अशोज २०८३,
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
आवाज

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

२७ अशोज २०८३,
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
आवाज

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

२७ अशोज २०८३,
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
फिचर-ब्यानर

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

२७ अशोज २०८३,
Load More
Next Post
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी

मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In