• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन आग्रह

metakhabar by metakhabar
१२ अशोज २०८२,
0
१३ जना जुवाडे पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, १२ असोज : जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसर पारेर मनोरञ्जनका नाममा जुवातास नखेल्न/नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक सूचना जारी गरेर यस्तो आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जारी गर्नुभएको सात बुँदे सूचनामा दैनिक उपभोग्य एवं अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका अखाद्यवस्तु बिक्री तथा वितरण गर्नेलगायतका उपभोक्ता हितविपरीतका कार्यहरू नगर्न/नगराउन आग्रह गरिएको छ । चाडपर्वको अवसरमा सार्वजनिकस्थलमा अनावश्यक भीडभाड, होहल्ला तथा झैझगडा नगर्न, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न÷गराउन अनुरोध गरिएको छ ।

यात्रा गर्दा कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा यात्रु सहायताकक्ष अथवा नजिकको प्रहरी एकाइ तथा ९८५२८४९३२२ मा सम्पर्क गर्न, मनसुनी वर्षाका कारण बिग्रेका, भत्केका राजमार्ग, सडकसम्बद्ध निकायले मर्मत सुधार गरी चालु अवस्थामा राख्न र आफ्नो टोलछिमेकमा शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी एकाइ वा फोन नं १०० र ९८५२८४९३२२ मा खबर गर्न आग्रह गरिको छ । प्रशासनले जारी गरेको सूचनाविपरीतका कार्य कोहीकसैबाट भए गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रशासनको आग्रहविपरीत जिल्लामा सञ्चालित सवारीसाधनका धनी तथा व्यवसायीले बढी भाडा असुलेको गुनासो आएको छ । प्रशासन र व्यवसायीबीच भएको सहमतिअनुसार टिकट दिए पनि भाडा भने बढी लिने गरेको यात्रुहरूले गुनासो गरेका छन् ।

ग्रामीण भेगमा सञ्चालन हुने सवारीसाधनले सबैभन्दा बढी भाडा लिने गरेको यात्रुहरूले बताएका छन् । व्यवसायीले बढी भाडा लिएको प्रमाण यात्रुहरूले उपलब्ध गराएको खण्डमा उक्त व्यवसायीलाई आफँै कारबाही गर्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा सानाठूला गरी करिब तीन हजारको हाराहारीमा यातायातका साधन सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गले छोएको यो जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।

विसं २०६४ मा नेपाली सेनाको हेलिकप्टरमा बोकेर ल्याइएको सवारीसाधनमार्फत यातायात सेवा सुरु गरिएको जिल्लामा यातायातका साधन प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारीसाधन बिनाअनुमति सञ्चालन भइरहेको पाइएको छ ।

यात्रुबाहक सानाठूला जुनसुकै सवारीसाधनले अनिवार्य रुट परमिट (सम्बन्धित सडकका लागि सवारी अनुमतिपत्र) लिनुपर्ने कानुनी प्रावधान छ । रुट परमिट नभएका सवारीसाधन दुर्घटना भएको खण्डमा त्यसमा सवार यात्रु घाइते तथा मृत्यु भएको खण्डमा ती यात्रुले क्षतिपूर्ति पाउँदैनन् ।

Previous Post

आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Next Post

वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो
आर्थिक

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

१६ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
Load More
Next Post
नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In