• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चन्दा सहयोग जुटाएर ऐतिहासिक मन्दिर पुनर्निर्माण

metakhabar by metakhabar
११ अशोज २०८२,
0
चन्दा सहयोग जुटाएर ऐतिहासिक मन्दिर पुनर्निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ११ असोज : रु एक करोडभन्दा बढी चन्दा सहयोग जुटाएर म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण भएको छ ।

जगन्नाथ अन्नपूर्ण कोष तथा व्यवस्थापन समितिले धार्मिक र ऐतिहासिक महत्वको पर्यटकीय सम्भावनायुक्त ताकमकोतमा रहेको अन्नपूर्ण–जगन्नाथ मन्दिर पुनर्निर्माण गरेको हो । विसं १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा विसं १८८२ मा नेपाल एकीकरण हुनुअघि मल्ल राजाहरूले शाषन गरेका थिए ।

सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत–अन्नपूर्ण– जगन्नाथ मन्दिर विसं १९९० र २०७२ को भूकम्पले जीर्ण बनेपछि समुदायस्तरबाट आर्थिक सहयोग जुटाएर विसं २०७५ देखि पुनर्निर्माण थालिएको थियो ।

मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले पुनर्निर्माणमा रु एक करोड १९ लाख ३१ हजार ८३३ खर्च भएको जानकारी दिनुभयो । रु एक करोड १४ लाख पाँच हजार १३८ चन्दा सङ्कलन भएको र रु पाँच लाख २६ हजार ६९५ अपुग भएको थापाले बताउनुभयो ।

“पुरातत्व विभागको अनुमतिमा मन्दिरको पुरानोस्वरूप र ऐतिहाँसिक तथा धार्मिक पक्षमा असर नपर्ने गरेर मन्दिर पुनर्निर्माण भएको छ”, उहाँले भन्नुभयो, “मन्दिरभित्र जगन्नाथ र अन्नपूर्ण देवताका मूर्ति राखेका छौँ ।”

रु पाँच हजारभन्दा बढी सहयोग गर्नेहरूको नामावलीसहितको शिलालेखको स्तम्भ अनावरण गरेर पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले शुक्रबार मन्दिरको उद्घाटन गर्नुभयो । कार्यक्रममा सहयोगदातालाई कदरपत्रले सम्मान गरिएको थियो । मन्दिरको छेउमा तत्कालीन थापा तथा मल्ल राजाका पालाका हातहतियार भण्डारण गरिएको कोतघरको पनि पुनर्निर्माण भएको छ ।

पुरातत्व विभागको रु ५० लाख बजेटबाट ठेक्कामार्फत रामसिताको मन्दिर निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको रु तीन लाख ५० हजार बजेट र हाल अमेरिकामा रहनुभएका रघुनाथ सुवेदीको अगुवाइमा दाताको रु २४ लाख ४० हजार सहयोगमा १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकार र सहरी विकास मन्त्रालयको बजेटबाट सडकदेखि कोत परिसर पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।

म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माले बताउनुभयो । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

तत्कालीन राजाले कोतघरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ«े शृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मन्दिर पुनर्निर्माण र थप पूर्वाधार विस्तारसँगै ताकमकोत पर्यटकीयस्थलको रुपमा विकास भएको बताउनुभयो । ताकमकोतको विकास र प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

Previous Post

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

Next Post

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

metakhabar

metakhabar

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In