• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आलेखः बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन

metakhabar by metakhabar
९ अशोज २०८२,
0
आलेखः बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँची ९ असोज(रासस): सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घर परिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानीलगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरुको सङ्ख्या बढ्दा घर खाली हुँदै गएका छन् । अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार गाउँबाट बसाइँसराई गरेर जाने बढेपछि विद्यार्थीको सङ्ख्या घटेको छ । साढे पाँच सय विद्यार्थी हुने अर्घा रजस्थल माविमा अहिले दुई सय विद्यार्थी छन् ।

पहिले गाउँमा मोटरबाटो थिएन । गाउँलेहरु बुटवल र पत्थरकोट पुगेर ढाकरमा नुन तेल बोकेर ल्याउँथे । घरघरमा धारा थिएन, पँधेराको पानी पिउँथे, घाँस–दाउरा गर्थे । अहिले समय बदलिएको छ । गाउँमा पक्की बाटो पुगेको छ । खानेपानीको सुविधा छ । बिजुली पुगेसँगै इन्टरनेटको सुविधा छ । गाउँमै आधारभूत स्वास्थ्य सेवाको पहुँच छ । बिरामी भए अस्पताल जान गाउँगाउँमा एम्बुलेन्स पुग्न सक्छन् । लामो समयसम्म विकास पुग्न नसकेका गाउँ अहिले आधुनिक सुविधाको पहुँचले शहरको सुविधाको झल्को पाइन्छ ।

शितगङ्गा नगरपालिका–११ छापमा केही वर्ष अघिसम्म ४५ घर परिवार बसोबास गर्थे । अहिले सबै घर बसाइँ सरेर अन्यत्र गएपछि गाउँ खाली भएको छ । त्यसैगरी ५० घर रहेको दुम्सी गाउँ पनि अहिले रित्तिएको छ । बसाइँ सरेर सिंगो गाउँ हिडेपछि खेतबारी बाँझिएका छन् । शितगङ्गा नगरपालिका–१० सिद्धाराका अगुवा माधवप्रसाद पौडेल गाउँ नै रित्तो बनाएर उनीहरु कपिलवस्तुको लुङ्ग्री, मौवावारी, खयरभट्टी, ढोडेनीमा बसाइँ सरेर गएको बताउनुहुन्छ । सिद्धाराकै झाते, पात्ले, उनाए गाउँबाट बसाइँ सर्ने बढ्दै गएपछि गाउँहरु खाली हुँदै गएका छन् ।

बसाइँसराईको विकराल अवस्था
अर्घाखाँचीका छ वटै पालिकाबाट तराई झरिरहेका छन् । बसाइँसराई तीव्र भएपछि खेतीयोग्य जमिन बाँझिदै छन् । तीव्र बसाइँसराईले अर्घाखाँचीमा खेतीयोग्य जमिन बाँझिदै गएको छ । एक दशकमा सात हजार ३६२ हेक्टर जमिन बाँझिएको छ । खेतीयोग्य जमिन बाँझिदै जाँदा आगामी दिनमा खाद्य सङ्कट निम्तिन थालेको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार ३० वर्षअघि ४५ हजार ७१२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो । २०७० मा खेतीयोग्य जमिन घटेर २८ हजार ६०९ हेक्टरमा खुम्चिएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेका अनुसार अहिले २१ हजार २४७ हेक्टर क्षेत्रफलमा खेती हुन्छ । दशकमै सात हजार ३६२ हेक्टर खेतीयोग्य जमिन बाँझो भएको छ । सन्धिखर्क–९ गौचौरका पोमनारायण पौडेल भन्नुहुन्छ, “गाउँमा मानिसको सङ्ख्या कम भएसँगै जङ्गली जनावरबाट खेतीपाती जोगाउन सकस भयो । गाउँबाट धमाधम बसाइँ सरेपछि एक्लिदै बस्न अप्ठारो भयो । सकेसम्म गाउँमै बस्नुपर्छ भनेको म पनि अहिले बुटवल आएर बसेको छु ।” ‘पहिले टारी तथा बगरमा खेत बनाएर धान र गहुँ खेती गरिने गरेको बताउँदै उहाँ भन्नुहुन्छ, “खेतबारी बाँझै राख्नुहुन्न भनेर सम्भव भएसम्म खेती लगाइन्थ्यो । अहिले नयाँ खेत र बारी बनाउने क्रम रोकिएको छ । बरु खेती हुँदै आएका खेत र बारी बाँझिएका छन् । खेतबारीमा अहिले खर र बनमाराले ढाकेको छ ।”

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको व्यक्तिगत घटना दर्ताको तथ्याङ्कअनुसार जिल्लाको बसाइँसराई दर विकराल छ । अर्घाखाँचीबाट पाँच वर्षयता पाँच हजार ८२ घरपरिवारले बसाइँ सरेका छन् । अर्थात एक घरमा पाँच जनाको हिसावले औसत निकाल्दा पनि झण्डै २५ हजार मानिसले जिल्ला छाडेका छन् । पालिकागत बसाइँसराइको अवस्था हेर्दा शितगङ्गा नगरपालिकामा एक हजार ६४४, सन्धिखर्क नगरपालिकामा ७१७, भूमिकास्थान नगरपालिकामा ६७३, पाणिनी गाउँपालिकामा ८०१, छत्रदेव गाउँपालिकामा ७१२ र मालारानी गाउँपालिकामा ५३५ घरपरिवार बसाइँसराई गरेर अन्यत्र गएका छन् ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार अर्घाखाँचीको कुल जनसङ्ख्या एक लाख ९७ हजार ६३२ थियो । २०७८ को राष्ट्रिय जनगणनाअनुसार यहाँको जनसङ्ख्या एक लाख ७७ हजार ८६ रहेको छ । दश वर्षको जनसङ्ख्या हेर्दा २० हजार ५०० घटेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा धान, मकै, गहुँ, कोदो, फापरलगायतका खाद्यान्न ८६ हजार ४३८ मेट्रिकटन उत्पादन भएकामा उपभोगका लागि प्रशोधित खाद्यान्न ६५ हजार ५४१ मेट्रिक टन थियो । २०७९ सालको प्रक्षेपित जनसङ्ख्या एक लाख ७९ हजार ४७७ रहेको थियो । औसतमा जिल्लामा एक व्यक्तिका लागि प्रतिवर्ष २०१ केजी खाद्यान्न आवश्यक पर्छ । जिल्लामा उत्पादन भएको खाद्यान्नलाई औसतमा प्रतिव्यक्ति ३६५ केजी पुग्ने तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेको भनाइ छ ।

खाद्य सुरक्षाको हिसावले अर्घाखाँची जिल्ला पूर्णसुरक्षित देखिन्छ तर मकैको प्रयोग पशु चौपायालाई धेरै हुन्छ । पशुपंक्षीको दानाका लागि मकै खपत हुन्छ भने तराईबाट चामल झिकाउने क्रम बढेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सात हजार ४२५ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा अहिले त्यो क्षेत्रफल घटेर छ हजार ३५४ हेक्टरमा झरेको छ । धान खेती गरिएको जमिनको क्षेत्रफल घटे पनि धानको उत्पादनमा भने कमी नआएको कृषि ज्ञान केन्द्रका अधिकृत टिकाराम न्यौपाने बताउनुहुन्छ । आव २०७५÷७६ मा २४ हजार १३१ मेट्रिकटन धान उत्पादन भएकामा गत आव २०८०÷८१ मा २५ हजार ८८७ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेका अनुसार तीव्र बसाइँसराई र बाँझिदै गएको खेतीयोग्य जमिनले खाद्य सङ्कटको जोखिम बढेको छ । अहिले खेती गर्ने नयाँ प्रविधि, उन्नत जातको बिउ र रासायनिक मलको प्रयोगले उत्पादन बढ्दा उत्पादनमा कमी नआए पनि खेतीयोग्य जमिन बाँझिदै गएकाले खाद्य सङ्कट निम्तिने उहाँको भनाइ छ ।

पालिकाको सकारात्मक पहल
स्थानीय, प्रदेश र सङ्घीयका निर्वाचनहरुमा राजनीतिक दलले जिल्लाको बसाइँसराई रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि कार्यान्वयन हुन नसक्दा बसाइँसराई मुख्य चुनौतीको रूपमा रहेको छ । त्यसो त कतिपय पालिकाले युवालाई गाउँमै आकर्षित गर्ने कार्यक्रम ल्याएका छन् । कृषकले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरण तथा गुणस्तरीय मल र बिउका लागि समस्या हुन नदिन सन्धिखर्क नगरपालिकाले जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौसँग सहकार्य गरेर काम गरेको छ ।

सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिले उत्पादित अर्गानिक कृषिजन्य बस्तुको समर्थन मूल्यमा बजारीकरण तथा सुनिश्चितका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौसँग सम्झौतासमेत गरेका छन् । विदेशमा रोजगारी गरेर फर्किएर व्यावसायिक बाख्रापालन सुरु गरेका मालारानी–६ गौराडाडाँका कृषक प्रेमबहादुर घर्तीमगरले गउँपालिकाले हेफरको साझेदारीमा बाख्रापालनमा विभिन्न किसिमको सहयोग गरेकाले सहज भएको बताउनुहुन्छ ।

मालारानी गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्रको सहजीकरणमा मालारानी गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मालारानीका नौ वटै वडामा सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । पूर्वसांसद पुष्पा भुसाल विकासको प्रतिफल नागरिकको अपेक्षाअनुसार नहुँदा बसाइँसराई रोकिन नसकेको बताउनुहुन्छ । विकाससँगै रोजगारी र उद्यमशीलता बढाउन सक्दा बसाइँसराई रोक्न सकिने उहाँको भनाइ छ ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ पनि भुसालको भनाइसँग सहमत हुनुहुन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराई भएकाले उद्यमशीलता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । सुपा देउराली, अर्घाभगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नर्सिंह स्थान, सिद्धेश्वर शिवालयलगायतका ठाउँमा पर्यटनको सम्भावनासम्बन्धी एकिकृत योजना ल्याउनसके बसाइँसराई रोकिने देखिन्छ ।

Previous Post

आन्दोलनका कारण जिडिपीको पाँच प्रतिशतमा क्षति पुगेको छः सिएनआई अध्यक्ष पाण्डे

Next Post

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
Load More
Next Post
विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In