• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

    सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा

metakhabar by metakhabar
७ अशोज २०८२,
0
पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा। दसैँलाई लक्षित गरेर १५ दिनदेखि बन्द रहेको पूर्वीनाका काँकडभिट्टाको यात्रु शाखा सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो । यात्रु शाखा बन्द रहेसँगै भारतीय सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइएको थियो ।

प्रमुख मेची भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यात्रु शाखा बन्दपछि व्यापार व्यवसायमा त्यसको प्रत्यक्ष असर परेको हुँदा भन्सारले सोमबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो । एक हप्ताअघि भन्सारले नेपालमा भएको विषम परिस्थितिका कारण यात्रु शाखा सञ्चालन गर्न नसकिएको सूचना जारी गरेको थियो । यात्रु शाखा सञ्चालनमा आएसँगै भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते मेची भन्सार कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । चाडपर्व नजिकिएका कारण भन्सारले आयातनिर्यातमा सजिलो बनाउने सेवा सुरु गरेको जनाएको छ ।

लुटिएकामध्ये ७५ थान हतियार फिर्ता

जेनजी प्रदर्शनका क्रममा जिल्लाको दुईवटा इलाका प्रहरी कार्यालयबाट लुटिएका ७५ थान हतियार फिर्ता भएको प्रहरीले जनाएको छ । गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक र अनारमनी (विर्तामोड) बाट ९९ थान हतियार लुटिएका थिए । अब २४ थान हतियार फिर्ता हुन बाँकी छ । विर्तामोड नगरपालिका क्षेत्रबाट ४० थान र दमक नगरपालिका क्षेत्रबाट ३५ थान हतियार फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

दमक र झिलझिले इलाकाबाट चार थान एसएलआर, १० थान इन्सास राइफल, १२ थान थ्रीनटथ्री राइफल, तीन थान सट गन, दुई थान ग्यास गन, तीन थान चाइनिज रिभल्भर र एक थान नाइन एमएम रिभल्भर आन्दोलनकारीले फिर्ता गरेका हुन् । त्यसैगरी, विर्तामोड, दुर्गापुर र शनिश्चरे इलाकाबाट सात थान एसएलआर, १६ थान इन्सास राइफल, छ थान थ्रीनटथ्री राइफल, दुई थान सट गन, चार थान ग्यास गन, तीन थान एसएमजी र दुई थान रिभल्भर आन्दोलनकारीले फिर्ता दिएको उनले जानकारी दिए ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते अनारमनी र दमक इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । त्यही क्रममा प्रहरीसँग भएका हतियार लुटिएका थिए । अनारमनी इप्रका (विर्तामोड) बाट लुटिएका अधिकांश हतियार आन्दोलनकारीले तत्कालै मानवअधिकारवादीको रोहवरमा नेपाली सेनाको अरिदमन गण चारआलीको टोलीलाई फिर्ता गरेका थिए । विर्तामोडबाट लुटिएका हतियारमध्ये अब दुई थानमात्र फिर्ता हुन बाँकी छ । तर दमकका धेरै हतियार फिर्ता हुनसकेको छैन ।

“लुटिएका हतियार फिर्ता गर्न सार्वजनिक अपिल गरेका छौँ”, सूचना अधिकारी खड्काले भने, “अटेर गरेर नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुन्छ ।”

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ३ हजार नौ सयले बढ्यो

Next Post

चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ

metakhabar

metakhabar

सम्बन्धित खबर

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
समाचार

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

७ भदौ २०८३,
बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व
समाचार

बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

७ भदौ २०८३,
सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन
फिचर-ब्यानर

सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

७ भदौ २०८३,
Load More
Next Post
चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ

चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In