• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अधिक तरलता कायमै, ७० अर्ब झिक्दै राष्ट्र बैंक

metakhabar by metakhabar
५ अशोज २०८२,
0
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलतालाई नियन्त्रण गर्दै बजार ब्याजदरमा स्थायित्व कायम गर्न आज (आइतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले यो रकम बजारबाट खिच्न लागेको हो । हाल ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको कुल निक्षेपका कारण वित्तीय प्रणालीमा तरलताको चाप बढ्दै गएको अवस्थामा राष्ट्र बैंकले यो कदम चालेको हो ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अधिकताले ब्याजदरमा आउन सक्ने उतारचढावलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले नियमित रूपमा यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ । आजको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन् । निक्षेप संकलनको रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदर अनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिई आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने व्यवस्था छ ।

अनलाइन खरिद प्रणालीमार्फत हुने यो बोलकबोलमा ब्याजदरको निर्धारण बजार माग र आपूर्तिका आधारमा हुनेछ । आज बोलकबोल गरिने निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी २०८२ असोज १२ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ । न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ, जुन ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी हुनुपर्नेछ ।

केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने प्रावधान रहेको छ । यही प्रावधानलाई टेकेर राष्ट्र बैंकले वित्तीय बजारमा स्थिरता कायम गर्न र तरलताको उचित व्यवस्थापन गर्न निरन्तर यस्ता पहलहरू गर्दै आएको छ ।

Previous Post

खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्

Next Post

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

metakhabar

metakhabar

सम्बन्धित खबर

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
आर्थिक

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

१ बैशाख २०८३,
वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
आवाज

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

१ बैशाख २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

१ बैशाख २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
आर्थिक

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

१ बैशाख २०८३,
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
आर्थिक

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

१ बैशाख २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
आर्थिक

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

१ बैशाख २०८३,
Load More
Next Post
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In