• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

metakhabar by metakhabar
५ अशोज २०८२,
0
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ असोज : एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।

चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजानुहुन्थ्यो । उहाँको मानसपटकमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उहाँलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राख्नुभयो । एक वर्षअघि बनाएको चित्र अहिले उहाँको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ ।

प्रदर्शनीको अर्काे आकर्षण हो– बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उहाँले सगाल्नुभएको थियो । त्यसमध्येको केही तस्बिरलाई उहाँले क्यान्भासमा तेल रङमार्फत उतार्नुभएको छ । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन् । बाँकी सुन्दर प्रकृति अनि फाँटहरू । अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यान्भासमा मात्रै सीमित छ । उहाँले त्यही पुरानो यादलाई क्यान्भासमार्फत जीवन्त दिन खोज्नुभएको छ ।

त्यही बौद्धको पुरानो सम्झनालाई उहाँले क्यानभासमा भरेर प्रदर्शन गर्नुभएको छ । फरकफरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उहाँले क्यानभासमा उतार्नुभएको छ । उहाँलाई बौद्धले सबै तानिरहने सुनाउनुभयो । चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उहाँले देखाउनुभएको छ । आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ ।

यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहनुभएको छ । अझै आठ दिन यहाँ उहाँको कला हेर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।” उहाँले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गर्नुभएको छ । बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतार्नुभएको छ । जुन बेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उहाँले विषय बनाएर फरकफरक कोणबाट क्यान्भास सजानुभएको छ ।

“म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ, त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरू मेरा विषय बनिदिन्छन्”, उहाँ थप्नुहुन्छ । वनजङ्गल, खोला पुलपुलेसा, भिरपाखा, पखेरा, तालतलैया, आकाश, बादल, चराचुरुङ्गी, जीवजन्तु र डाँडाकाँडा उहाँको सृजनाका रुचिका विषय हुन् । त्यही प्राकृतिक सुन्दरतामा उहाँको कुची चलेको छ । प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ । उहाँको मुख्य रुचि तेल रङलाई खेलाउनु हो ।

“प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ”, आना भन्नुहुन्छ, “मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु ।” उहाँ कलालाई शब्दले बयान गर्न सकिँदैन भन्नुहुन्छ । उहाँले थप्नुभयो, “रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस् ।”

आनाले कला पढ्नुभएको होइन, आफैँ घरमा बनाउँदाबनाउँदै सिक्नुभएको हो । पाँच वर्षदेखि कला साधनामा उहाँ सक्रिय हुनुहुन्छ । अन्य कलाकारका भन्दा उहाँका सृजना कमजोर लाग्दैनन् । उहाँ आफ्नै शैलीका सृजना गर्नुहुन्छ । परम्परागत कलामा पनि उहाँलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।

कहिलेकाहीँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलीले रङ भर्नुहुन्छ । यहाँ हेर्न आएका कला पारखीहरू अझै कलामा उच्च शिक्षा गर्नुभयो भने अझै कलामा निखारता आउने सुझाव उहाँलाई दिनुहुन्छ ।

जेनजी पुस्ताबाट केही महिना नाघ्नुभएकी आनाले भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुग्नुभयो । भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर जानुभएकी आनाको उक्त क्यान्भासमा सयौँ युवाले हस्ताक्षर गरेर उहाँको अभियानमा समर्थन जनाउनुभयो । त्यही क्यान्भासलाई पनि उहाँले यहाँको प्रदर्शनीमा राख्नुभएको छ ।

अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सृजना हेरेर पनि धेरै सिकिरहेकी सुनाउनुहुन्छ । आधा समय कला सृजना गरेर बिताउने र आधा समय प्रकृति र फूलसँग खेल्ने गरेको सुनाउने आना सहरबजारभन्दा गामीण परिवेशप्रति रुचि रहन्छ भन्नुहुन्छ । त्यसैले उहाँको सृजनामा पनि ग्रामीण दृश्यहरू देख्न पाइन्छ । काठमाडौँमा मन्दिर गुम्बाहरूमा उहाँ घुम्न जानुहुन्छ । त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाउनुभयो ।

अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उहाँको एकल कला प्रदर्शनी भइरहेको छ । चार वर्षदेखि बनाएका १५ कलालाई उहाँले प्रदर्शनीमा राख्नुभएको छ । आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्द उहाँले यहाँ प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो । कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो ।

Previous Post

उपल्लो डोल्पामा खाद्यान्न अभाव

Next Post

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

metakhabar

metakhabar

सम्बन्धित खबर

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
Load More
Next Post
तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In