• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

metakhabar by metakhabar
५ अशोज २०८२,
0
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ असोज : एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।

चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजानुहुन्थ्यो । उहाँको मानसपटकमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उहाँलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राख्नुभयो । एक वर्षअघि बनाएको चित्र अहिले उहाँको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ ।

प्रदर्शनीको अर्काे आकर्षण हो– बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उहाँले सगाल्नुभएको थियो । त्यसमध्येको केही तस्बिरलाई उहाँले क्यान्भासमा तेल रङमार्फत उतार्नुभएको छ । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन् । बाँकी सुन्दर प्रकृति अनि फाँटहरू । अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यान्भासमा मात्रै सीमित छ । उहाँले त्यही पुरानो यादलाई क्यान्भासमार्फत जीवन्त दिन खोज्नुभएको छ ।

त्यही बौद्धको पुरानो सम्झनालाई उहाँले क्यानभासमा भरेर प्रदर्शन गर्नुभएको छ । फरकफरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उहाँले क्यानभासमा उतार्नुभएको छ । उहाँलाई बौद्धले सबै तानिरहने सुनाउनुभयो । चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उहाँले देखाउनुभएको छ । आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ ।

यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहनुभएको छ । अझै आठ दिन यहाँ उहाँको कला हेर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।” उहाँले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गर्नुभएको छ । बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतार्नुभएको छ । जुन बेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उहाँले विषय बनाएर फरकफरक कोणबाट क्यान्भास सजानुभएको छ ।

“म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ, त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरू मेरा विषय बनिदिन्छन्”, उहाँ थप्नुहुन्छ । वनजङ्गल, खोला पुलपुलेसा, भिरपाखा, पखेरा, तालतलैया, आकाश, बादल, चराचुरुङ्गी, जीवजन्तु र डाँडाकाँडा उहाँको सृजनाका रुचिका विषय हुन् । त्यही प्राकृतिक सुन्दरतामा उहाँको कुची चलेको छ । प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ । उहाँको मुख्य रुचि तेल रङलाई खेलाउनु हो ।

“प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ”, आना भन्नुहुन्छ, “मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु ।” उहाँ कलालाई शब्दले बयान गर्न सकिँदैन भन्नुहुन्छ । उहाँले थप्नुभयो, “रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस् ।”

आनाले कला पढ्नुभएको होइन, आफैँ घरमा बनाउँदाबनाउँदै सिक्नुभएको हो । पाँच वर्षदेखि कला साधनामा उहाँ सक्रिय हुनुहुन्छ । अन्य कलाकारका भन्दा उहाँका सृजना कमजोर लाग्दैनन् । उहाँ आफ्नै शैलीका सृजना गर्नुहुन्छ । परम्परागत कलामा पनि उहाँलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।

कहिलेकाहीँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलीले रङ भर्नुहुन्छ । यहाँ हेर्न आएका कला पारखीहरू अझै कलामा उच्च शिक्षा गर्नुभयो भने अझै कलामा निखारता आउने सुझाव उहाँलाई दिनुहुन्छ ।

जेनजी पुस्ताबाट केही महिना नाघ्नुभएकी आनाले भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुग्नुभयो । भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर जानुभएकी आनाको उक्त क्यान्भासमा सयौँ युवाले हस्ताक्षर गरेर उहाँको अभियानमा समर्थन जनाउनुभयो । त्यही क्यान्भासलाई पनि उहाँले यहाँको प्रदर्शनीमा राख्नुभएको छ ।

अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सृजना हेरेर पनि धेरै सिकिरहेकी सुनाउनुहुन्छ । आधा समय कला सृजना गरेर बिताउने र आधा समय प्रकृति र फूलसँग खेल्ने गरेको सुनाउने आना सहरबजारभन्दा गामीण परिवेशप्रति रुचि रहन्छ भन्नुहुन्छ । त्यसैले उहाँको सृजनामा पनि ग्रामीण दृश्यहरू देख्न पाइन्छ । काठमाडौँमा मन्दिर गुम्बाहरूमा उहाँ घुम्न जानुहुन्छ । त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाउनुभयो ।

अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उहाँको एकल कला प्रदर्शनी भइरहेको छ । चार वर्षदेखि बनाएका १५ कलालाई उहाँले प्रदर्शनीमा राख्नुभएको छ । आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्द उहाँले यहाँ प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो । कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो ।

Previous Post

उपल्लो डोल्पामा खाद्यान्न अभाव

Next Post

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

metakhabar

metakhabar

सम्बन्धित खबर

एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
घोडेपानीमा पर्यटकले पनि मनाए दशैं
आवाज

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

६ कार्तिक २०८३,
Load More
Next Post
तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In