• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तयार भयो वीरगञ्जको घण्टाघर

metakhabar by metakhabar
४ अशोज २०८२,
0
तयार भयो वीरगञ्जको घण्टाघर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो ।

वीरगञ्ज महानगरले घण्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ । वीरगञ्ज महानगर भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगञ्जको प्रतीक घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिए ।

उनले भने, ‘घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन । ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढङ्गले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो । अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ ।’

महाशाखा प्रमुख झाले घण्टाघर वरपर अत्याधिक सवारीसाधनको चाप बढी हुने भएकाले सवारीसाधन र यात्रुको सुरक्षालाई ध्यान दिँदै कन्ट्रक्सन नेटअर्थात् झालीले ढाकेर मर्मतसम्भार गरिएको बताए । ‘अहिले घण्टाघरको वरपर लगाइएको स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली समेत हटाइसकेका छौँ”, उनले भने, ‘मर्मतसम्भारपछि घण्टाघर कम्तीमा पनि १० वर्षसम्मका लागि टिकाउ हुने विश्वास गरेका छौँ । यद्यपि घण्टाघरभित्रका संरचना भने पुरानो हुँदै पनि गइरहेका छन् ।’

महाशाखा प्रमुख झाले घण्टाघर निर्माण करिब २० लाखभन्दा कममा हुने आकलन गरेको बताए। “अहिलेसम्म त बिल तयार भइसकेको छैन”, उनले भने, “सो अनुमानित लागतभन्दा कममा नै होला भन्ने विश्वास लिएका छौँ ।” घण्टाघर निर्माणको ठेक्का भने महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो । वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणको रूपमा घण्टाघर रहँदै आइरहेको छ ।

महाशाखा प्रमुख झाले घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति गरेको जानकारी दिए । “घण्टाघरको मर्मतसम्भार माथिल्लो बाल्कोनीमा पुगेर गर्नुपर्ने भएकाले पनि केही समय बढी लागेको हो”, उनले भने, “हामीले मर्मतसम्भार गरेर घण्टाघर पुरानै संरचनामा ल्याइसकेका छौँ ।”

वीरगञ्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ तारिखमा तयार भएको बताइन्छ । त्यो बेला जापानको योनागो सहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकहरूको कथन छ ।

Previous Post

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

Next Post

दसैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
दसैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

दसैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In