शिक्षकः राम तिमी चुरोट पिउँछौ हो ?
रामः पिउँदिन ।
शिक्षकः तास खेल्छौ ?
रामः खेल्दिनँ ।
शिक्षकः मदिरापान गर्छाै ?
रामः गर्दिनँ सर ।
शिक्षकः तिम्रो त सबै बानी राम्रो रहेछ त ।
रामः मेरो सबै बानी राम्रो छ तर एउटा चाहिँ बानी नराम्रो छ ।
शिक्षकः कुन चाहिँ बानी नराम्रो छ तिम्रो ?
रामः सर मेरो ढाँट्ने बानीचाहिँ नराम्रो छ ।
क्रियाको प्रतिक्रिया हुन्छ
कक्षा कोठामा सरिताको हातमा आफ्नो हात राख्दै सन्तोषले भन्यो— दुई विपरित धु्रव परस्पर आकर्षित हुने वैज्ञानिक नियमअनुसार मेरो हात पनि तिम्रो हातप्रति आकर्षित भए ।
एक चड्कन सन्तोषको गालामा दिँदै सरिताले भनिन्— न्युटनको नियमानुसार प्रत्येक क्रियाको प्रतिक्रिया हुन्छ भन्ने पनि बुझिराख ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













