काठमाडौं । उपत्यकामा जारी प्रदर्शनलाई मध्यनजर गर्दै ललितपुर जिल्लामा केही संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार साँझ ६ बजेदेखि अर्को सूचना नआएसम्म लागू हुने गरी एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयसहित भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रशासनको आदेशअनुसार निषेधित क्षेत्रभित्र सभा, जुलुस, भेला, धर्ना र अन्य सार्वजनिक गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ। आदेशको उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रमुख निषेधित क्षेत्रहरूः
पुल्चोकस् यूएन हाउस र न्यायाधीश निवास वरिपरि २०० मिटर क्षेत्र, पूर्व–इनारमोड जाने बाटो, पश्चिम–राष्ट्रिय किताबखाना, उत्तर–आन्तरिक राजस्व कार्यालय, दक्षिण–राष्ट्रिय मानव अधिकार आयोगसम्म।
भैँसेपाटी नयाँ मन्त्री निवास क्षेत्रस् पूर्व–भैँसेपाटी–बुंगमती सडक, पश्चिम–सिजी हाउजिङ, उत्तर–भैँसेपाटी आवास गेट, दक्षिण–इटनी जाने बाटो।
सानेपा नेपाली कांग्रेस केन्द्रीय कार्यालयस् पूर्व–सानेपा चोक–ईन्द्रायणी मन्दिर सडक, पश्चिम–बल्खु पुल–मनमोहन पार्क बागमती करिडोर, उत्तर–चक्रपथ सर्भिस लेन, दक्षिण–इन्द्रायणी मन्दिर–बागमती करिडोर सडकसम्म।
च्यासल नेकपा (एमाले) केन्द्रीय कार्यालयस् पूर्व–मनोहरा खोला करिडोर झोलुंगे पुल, पश्चिम–च्यासल रंगशाला, उत्तर–मनोहरा खोला, दक्षिण–मल पोखरी जाने बाटो।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार यो आदेश जारी गरेको जनाएको छ।














