• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुक्तिका १७ वर्षः अझै पूरा भएन मुक्त हलिया पुनःस्थापना

metakhabar by metakhabar
२२ भदौ २०८२,
0
मुक्तिका १७ वर्षः अझै पूरा भएन मुक्त हलिया पुनःस्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अत्तरिया (कैलाली)।हलिया प्रथा अन्त्य भएको १७ वर्ष पूरा भएको छ । सत्र वर्ष अगाडि अर्थात् २०६५ भदौ २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।

सरकारले सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन जिल्ला गरी १२ जिल्लामा रहेको हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो । हलिया मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि अझै सबै मुक्त हलियाको पुनःस्थापना भने हुनसकेको छैन । उनीहरु कष्टकर जीवन जिउन बाध्य छन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका कार्यकारी निर्देशक हरिसिंह बोहराका अनुसार सरकारले प्रमाणीकरण गरेका १६ हजार नौ सय ५३ परिवारमध्ये हालसम्म १२ जिल्लाका १३ हजार ५४६ परिवारले मात्र पुनःस्थापना प्याकेज पाएका छन् । पुनःस्थापना प्याकेज पाएकामध्ये एक हजार १०४ घरपरिवारले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता नपाएको उनले बताए।

“सरकारले प्रमाणीकरण गरेकामध्ये एक हजार १३५ परिवारको पुनःस्थापना हुन अझै बाँकी छ”, कार्यकारी निर्देशक बोहराले भने।

मुक्त हलियाको पुनःस्थापनाका सवालमा राज्य गम्भीर हुनपर्ने राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले बताए। उनले भने, “हलिया मुक्ति घोषणाको लामो समय भइसक्दा पनि सबै मुक्त हलियाको पुनःस्थापना हुनसकेको छैन । यो दुःखद् कुरा हो । परिचयपत्र पाएकाको समेत पुनःस्थापना हुनसकेको छैन, अझै परिचयपत्र पाउन बाँकी पनि छन् ।”

रोजगारीको अवसर नहुँदा पुनःस्थापना भएका मुक्त हलियालाई पनि गुजारा चलाउन मुस्किल भएको र कष्टकर जीवन बिताइरहेको अध्यक्ष सुनारले बताए । शिक्षा, स्वास्थ्यलगायत आधारभूत कुरामा मुक्त हलियालाई समस्या भइरहेको उनले बताए।

उनले भने, “देशमा राजनीतिक परिवर्तन भयो, व्यवस्था बदलियो तर सरकारले मुक्त हलियाको समस्यालाई गम्भीरतापूर्वक नलिँदा अझै यो समस्या समाधान हुन सकेन । पुनःस्थापनाको समयावधि लम्बिँदै जाँदा पुनःस्थापनाको पर्खाइमा रहेका मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुनसकेको छैन् ।”

मुक्त हलियाको पुनःस्थापनासँगै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण, समावेशीकरणसम्बन्धी मुद्दालाई सरकारले विशेष प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ ।

महासङ्घको पैरवीले पछिल्लो समय केही स्थानीय तहले मुक्त हलिया पुनःस्थापना कार्यविधि बनाएको अध्यक्ष सुनारले बताए। उनका अनुसार सुदूरपश्चिमका ३० र कर्णाली प्रदेशका एक पालिकाले कार्यविधि बनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि मुक्त कमैया, हलिया तथा कम्लरी पुनःस्थापना कार्यविधि बनाएको उनले बताए।

अध्यक्ष सुनारले भने, “पुनःस्थापना कार्यविधि बने पनि कार्यान्वयन हुनसकेको छैन । स्थानीय तहले बजेटको समस्या देखाउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि त बनायो कार्यान्वयनमा जान सकेको छैन । यी कार्यविधि कार्यान्वयन भए मुक्त हलियाको समस्या समाधानमा सहज हुन्थ्यो ।”

विसं २०७८ मा सङ्घीय सरकारले गठन गरेको मुक्त हलिया, कमैया, कम्लरी तथा हरुवाचरुवा समुदायको वस्तुस्थिति अध्ययन समितिका सदस्यसमेत रहेका हलिया अधिकारकर्मी एवं संविधानसभा सदस्य हरि श्रीपाइलीले तीन तहका सरकारले आआफ्नो जिम्मेवारी बहन गरिदिए मुक्त हलियाको पुनःस्थापनामा समस्या नहुने बताए।

उनले भने, “हामीले अध्ययनपछि सङ्घ, प्रदेश र स्थानीय सरकारले के गर्ने भन्ने विषय प्रतिवेदनमा उठाएका छौँ । मुक्त हलिया, कमैया, कम्लरी तथा हरुवाचरुवा समुदायको यथार्थ अवस्था प्रतिवेदनमा उल्लेख छ । त्यसलाई कार्यान्वयनमा लैजाने हो भने मुक्त हलियाको पुनःस्थापना सहजै हुन्छ । हामीले प्रतिवदेनमा छुट मुक्त हलिया, परिचयपत्र पाएकाको पुनःस्थापनाको कुरा, उनीहरूका शिक्षा, स्वास्थ्य रोजगारको कुरा उठाएका छौँ । त्यसलाई सरकारले कार्यान्वयन गर्ने होभने सबै समस्या समाधान हुन्छ ।”

पुनःस्थापना हुन बाँकी थोरै मात्र मुक्त हलिया परिवार भएकाले तीनै तहका सरकारले चाहे पुनःस्थापनामा धेरै समय नलाग्ने उनको भनाइ छ ।

Previous Post

चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला

Next Post

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलः अधुरो सपना, अधुरै उडान

metakhabar

metakhabar

सम्बन्धित खबर

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
Load More
Next Post
फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलः अधुरो सपना, अधुरै उडान

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलः अधुरो सपना, अधुरै उडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In