• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमय दर कति ?

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

वीरगञ्ज हैजा आउटब्रेक : शैय्या नपाएर भुईंमै उपचार, बिरामीको निःशुल्क परीक्षण, स्वास्थ्यकर्मीले बिदा नपाउने

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
९ भदौ २०८२,
0
वीरगञ्ज हैजा आउटब्रेक : शैय्या नपाएर भुईंमै उपचार, बिरामीको निःशुल्क परीक्षण, स्वास्थ्यकर्मीले बिदा नपाउने
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

वीरगञ्जमा हैजाको संक्रमण तीव्र गतिमा फैलिइरहँदा अस्पतालहरूमा बिरामीको चाप बढेको छ । बिरामीको अत्याधिक चापका कारण अस्पतालहरूमा शैय्याको अभाव भएको छ भने भुइँमै राखेर बिरामीको उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार हैजाको घातक फैलावट रोक्न स्थानीय तहदेखि केन्द्र सरकारसम्मको समन्वयमा प्रयास भइरहेको छ । वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप निरन्तर बढिरहेको छ ।

हालसम्म वीरगञ्ज–३, ११, १२ र १३ वडाका विभन्न व्यक्तिमा हैजा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार विभिन्न अस्पतालमा यतिबेला झाडापखाला र हैजाको शंका लागेका तीन सयभन्दा बढी बिरामी भर्ना भएका छन्, तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । कतिपय अस्पतालबाट परीक्षण रिपोर्ट आउन बाँकी छ ।

नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज, अली अर्थो सेन्टर, नारायणी सेन्ट्रल, भवानी हस्पिटल, वीरगञ्ज हेल्थ केयरसहितका अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।

स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवं निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, हैजा पुष्टि भएका संक्रमितभन्दा दोब्बर झाडापखालाका बिरामी भर्ना भएका छन् । शैय्या नपुग्दा बिरामीलाई बरन्डाको भुइँमा राखेर उपचार भइरहेको उनले बताए ।

संक्रमित अधिकांशले नेपाल खानेपानी संस्थानले उपलब्ध गराउने धाराको पानी प्रयोग गरेका थिए । सो क्षेत्रमा पाइप फुटेर नालाबाट दूषित पानी मिसिएको पुष्टि भएको छ । दूषित खानेपानी, ढल–खानेपानीको एउटै पाइपलाइन, जथाभावी डिप बोरिङ र नालासँगै पाइप जडान गरिएको हुँदा हैजा फैलिएको देखिएको छ ।

स्वास्थ्यकर्मीलाई बिदा नदिइने

यसबीच जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको बैठकले वीरगञ्जमा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीले झाडा पखाला, हैजा रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए ।

बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ ।

हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।

केन्द्रले डाक्टरको टोली खटाउने

केन्द्रीय सुरक्षा समितिको बैठकले हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन पनि भनेका छन् ।

अघिल्लो समाचार

काठमाडौँमा तीज पर्वलाई लक्षित गर्दै मासु, मदिरा तथा नशालु पदार्थमा प्रतिबन्ध

अर्को समाचार

मेची भन्सार कार्यालयमा आयात र निर्यात घट्यो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन
समाचार

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव
आर्थिक

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
मेची भन्सार कार्यालयमा आयात र निर्यात घट्यो

मेची भन्सार कार्यालयमा आयात र निर्यात घट्यो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन