• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वीरगञ्ज हैजा आउटब्रेक : शैय्या नपाएर भुईंमै उपचार, बिरामीको निःशुल्क परीक्षण, स्वास्थ्यकर्मीले बिदा नपाउने

metakhabar by metakhabar
९ भदौ २०८२,
0
वीरगञ्ज हैजा आउटब्रेक : शैय्या नपाएर भुईंमै उपचार, बिरामीको निःशुल्क परीक्षण, स्वास्थ्यकर्मीले बिदा नपाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा हैजाको संक्रमण तीव्र गतिमा फैलिइरहँदा अस्पतालहरूमा बिरामीको चाप बढेको छ । बिरामीको अत्याधिक चापका कारण अस्पतालहरूमा शैय्याको अभाव भएको छ भने भुइँमै राखेर बिरामीको उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार हैजाको घातक फैलावट रोक्न स्थानीय तहदेखि केन्द्र सरकारसम्मको समन्वयमा प्रयास भइरहेको छ । वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप निरन्तर बढिरहेको छ ।

हालसम्म वीरगञ्ज–३, ११, १२ र १३ वडाका विभन्न व्यक्तिमा हैजा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार विभिन्न अस्पतालमा यतिबेला झाडापखाला र हैजाको शंका लागेका तीन सयभन्दा बढी बिरामी भर्ना भएका छन्, तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । कतिपय अस्पतालबाट परीक्षण रिपोर्ट आउन बाँकी छ ।

नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज, अली अर्थो सेन्टर, नारायणी सेन्ट्रल, भवानी हस्पिटल, वीरगञ्ज हेल्थ केयरसहितका अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।

स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवं निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, हैजा पुष्टि भएका संक्रमितभन्दा दोब्बर झाडापखालाका बिरामी भर्ना भएका छन् । शैय्या नपुग्दा बिरामीलाई बरन्डाको भुइँमा राखेर उपचार भइरहेको उनले बताए ।

संक्रमित अधिकांशले नेपाल खानेपानी संस्थानले उपलब्ध गराउने धाराको पानी प्रयोग गरेका थिए । सो क्षेत्रमा पाइप फुटेर नालाबाट दूषित पानी मिसिएको पुष्टि भएको छ । दूषित खानेपानी, ढल–खानेपानीको एउटै पाइपलाइन, जथाभावी डिप बोरिङ र नालासँगै पाइप जडान गरिएको हुँदा हैजा फैलिएको देखिएको छ ।

स्वास्थ्यकर्मीलाई बिदा नदिइने

यसबीच जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको बैठकले वीरगञ्जमा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीले झाडा पखाला, हैजा रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए ।

बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ ।

हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।

केन्द्रले डाक्टरको टोली खटाउने

केन्द्रीय सुरक्षा समितिको बैठकले हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन पनि भनेका छन् ।

Previous Post

काठमाडौँमा तीज पर्वलाई लक्षित गर्दै मासु, मदिरा तथा नशालु पदार्थमा प्रतिबन्ध

Next Post

मेची भन्सार कार्यालयमा आयात र निर्यात घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
Load More
Next Post
मेची भन्सार कार्यालयमा आयात र निर्यात घट्यो

मेची भन्सार कार्यालयमा आयात र निर्यात घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In