अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पेन्टागनको गुप्तचर निकाय प्रमुखलाई पदमुक्त गरेका छन् ।
अमेरिकाले इरानमाथि गरेको आक्रमणको प्रभाव बारेको मूल्याङ्कनलाई ह्वाइट हाउसले अस्वीकार गरेको केही सातापछि पेन्टागनको गुप्तचर निकाय प्रमुख लेफ्टिनेन्ट जनरल जेफरी क्रुज बर्खास्त भएका हुन् ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पेन्टागनले अन्य दुई वरिष्ठ सैन्य कमाण्डरहरूलाई समेत पदबाट हटाएको जनाएको छ । रक्षा मन्त्री हेगसेथले अमेरिकी नौसैनिक रिजर्भका प्रमुख र नौसैनिक विशेष युद्ध कमाण्डका कमाण्डरलाई पनि पदमुक्त गर्ने आदेश दिएका हुन् ।
रक्षा मन्त्रालयले तत्काल बर्खास्तीको कारणबारे कुनै कारण खुलस्त गरेको छैन । गत जुनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएका आक्रमणले त्यसको आणविक कार्यक्रमलाई केवल केही महिनामात्र पछि सारेको प्रतिवेदन गुप्तचर निकायले सार्वजनिक गरेपछि असन्तुष्टि जनाएका थिए ।
ट्रम्पले यसअघि पनि आफ्ना विश्लेषण राष्ट्रपतिसँग असहमत देखिने धेरै अधिकारीहरूलाई पदबाट हटाइसकेका छन् ।













