• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

    दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अस्ट्रेलियाको अस्पतालमा गोप्य रूपमा ४५०० भिडियो खिचेको आरोपमा डाक्टर पक्राउ

metakhabar by metakhabar
६ भदौ २०८२,
0
अस्ट्रेलियाको अस्पतालमा गोप्य रूपमा ४५०० भिडियो खिचेको आरोपमा डाक्टर पक्राउ

Trainee surgeon, Ryan Cho is escorted into the Supreme Court of Victoria in Melbourne, Australia, Friday, Aug. 22, 2025. (Con Chronis/AAP Image via AP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्यचिकित्सकलाई शुक्रवार अदालतले जमानतमा रिहा गरेको छ ।

भिक्टोरिया राज्य सर्वोच्च अदालतमा पेश गरिएका कागजातअनुसार प्रहरीले २८ वर्षीय रायन चोले सन् २०२१ देखि मेलबर्नका तीन अस्पतालका स्टाफ शौचालयमा फोनमार्फत गोप्य रूपमा रेकर्ड गरेर करिब चार हजार पाँच सय अन्तरङ्ग भिडियो तयार गरेको बताएको छ । यससँग सम्बन्धित करिब पाँच सय आपराधिक आरोप उनीमाथि लगाइएका छन् ।

न्यायाधीश जेम्स इलियटले आदेश दिँदै चो आफ्ना आमाबाबुसँग बस्ने शर्तमा रिहा हुने बताए । उनका आमाबाबु यसै उद्देश्यका लागि सिङ्गापुरबाट मेलबर्न सर्नुभएको थियो ।

रिहाइका लागि ५० हजार अस्ट्रेलियन डलर (३२ हजार अमेरिकी डलर) बराबरको जमानत राख्नुपरेको छ ।

अभियोजकले यी गम्भीर आरोपहरूले चोलाई भाग्ने प्रलोभन दिनसक्ने भन्दै उनको जागिर निलम्बित भएकाले अस्ट्रेलियासँग उनको बलियो सम्बन्ध नरहेको तर्क प्रस्तुत गरे ।

चो अप्रिलमा मात्र अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका थिए । तर यदि दोषी ठहर भई १२ महिना वा सोभन्दा बढी जेल सजाय भयो भने उनलाई निर्वासनमा पठाइनेछ ।

न्यायाधीशले चोले आफ्नो सिङ्गापुर पासपोर्ट बुझाइसकेको र उनलाई देश छाड्न मद्दत गर्ने कुनै आपराधिक सम्बन्ध नभएको देखिएको बताए ।

प्रहरीका अनुसार चोले कम्तीमा चार सय ६० महिलाको अन्तरङ्ग भिडियो खिचेका थिए । तर ती तस्बिर वा भिडियो बाहिर फैलाइएको कुनै प्रमाण भने भेटिएको छैन ।

गत जुलाईमा, अस्टिन अस्पतालको शौचालयमा झुन्डिएको मेश ब्यागभित्र लुकाइएको फोन रेकर्डिङ भेटिएपछि चोलाई पक्राउ गरिएको थियो ।

उनले पिटर म्याकलम क्यान्सर सेन्टर र रोयल मेलबर्न अस्पतालको शौचालयमा पनि यस्तै रेकर्डिङ गरेको प्रहरीले आरोप लगाएको छ ।

अभियोजन पक्षले उठाएको, चोले रिहा भएमा साक्षीहरूसँग हस्तक्षेप गर्न सक्छन् भन्ने डर निराधार रहेको उनका वकिल जुलियन म्याकमोहनले बताए । उनले भने, ‘सयौँ साक्षीहरू उस्तै अपराधको आरोप लगाउने सम्भावना छ, तर यदि चोले कसैसँग सम्पर्क गरे पनि यसले मुद्दाको अन्तिम परिणामलाई असर गर्दैन ।’

सुरुमा चोलाई छ वटा अपराधमा मात्र आरोप लगाइएको थियो, तर पछिल्लो बिहीबार थप एक सय २७ नयाँ आरोप थपिएका छन् । ती आरोपमा बिना अनुमति जानाजानी अन्तरङ्ग भिडियो खिचेको आरोपसमेत समावेश छ ।

वकिल म्याकमोहनका अनुसार मुद्दा अदालती प्रक्रियामा जाने वा नजाने भन्ने कुरा भन्न अझै धेरै चाँडो हुन्छ । हालसम्म चोले कुनै निवेदन पेश गरेका छैनन् ।

चो सन् २०१७ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका थिए र मेलबर्नको मोनास विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका थिए ।

Previous Post

भारतले थप ८० मेगावाट विद्युत् निर्यात गर्ने

Next Post

डेंगु नियन्त्रण गर्न काठमाण्डु महानगरले आज ‘वाक एण्ड एक्ट’ कार्यक्रम गर्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

८ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ साउन २०८३,
दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द
समाचार

दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

८ साउन २०८३,
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
फिचर-ब्यानर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

८ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

८ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ साउन २०८३,
Load More
Next Post
डेंगु नियन्त्रण गर्न काठमाण्डु महानगरले आज ‘वाक एण्ड एक्ट’ कार्यक्रम गर्दै

डेंगु नियन्त्रण गर्न काठमाण्डु महानगरले आज ‘वाक एण्ड एक्ट’ कार्यक्रम गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In