• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोटेश्वर इन्टरसेक्सन : उपत्यकाको यातायात जाम अन्त्य गर्ने महत्वाकांक्षी योजना

metakhabar by metakhabar
५ भदौ २०८२,
0
कोटेश्वर इन्टरसेक्सन : उपत्यकाको यातायात जाम अन्त्य गर्ने महत्वाकांक्षी योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको सबैभन्दा ठूलो ‘ट्राफिक नर्क’ भनेर चिनिने कोटेश्वर चोक अब फेरबदल हुँदैछ। सरकारले जापान सरकारसँग करिब ३४ अर्ब ४९ करोड जापानी येन (झन्डै ३१ अर्ब २ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना अघि बढाउने तयारी गरेको छ।

दैनिक रूपमा काठमाडौंका सडक प्रयोग गर्ने जो–कोहीलाई कोटेश्वर चोक पार गर्नु पीडादायी अनुभव हुन्छ। बिहान–बेलुकी पिक आवरमा यस चोकमा घण्टौँसम्म सवारी साधन अड्किने अवस्था सामान्यजस्तै बनेको छ।
‘हामीले पटक–पटक ट्राफिक व्यवस्थापनका उपायहरू लागू गर्‍यौँ, तर भौतिक संरचना परिवर्तनबिना कोटेश्वरको जाम हटाउन सम्भव छैन,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले बताए।

यो आयोजना अन्तरगत ६०० मिटर लामो अन्डरपास जडीबुटी–तीनकुने खण्डमा निर्माण हुनेछ, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मुनिबाट जानेछ। साथै, मनोहरा पुलदेखि पेप्सीकोला मोडसम्म फ्लाइओभर बन्नेछ। अर्को फ्लाइओभर तीनकुनेमा जोडिने र बाग्मती पुलसम्म विस्तार हुने योजना छ।

परियोजना जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका) को अध्ययन प्रतिवेदनमा आधारित छ। प्रतिवेदनअनुसार, आयोजना सम्पन्न भएपछि कोटेश्वर क्षेत्रमा ‘रोकावटविहीन यातायात प्रवाह”’सम्भव हुने बताइएको छ।

तर प्रश्न उठिरहेको छ—३१ अर्ब रुपैयाँभन्दा बढी ऋणमार्फत यो परियोजना निर्माण गर्दा नेपाल कत्तिको बोझिलो हुनेछ? सार्वजनिक ऋण निरन्तर बढ्दै गएको अवस्थामा ठूला पूर्वाधार योजनाहरू टिकाउ बनाउन चुनौती छ।
 ‘यस्ता परियोजनाहरू दीर्घकालीन दृष्टिले उत्पादक हुन्छन्। तर कार्यान्वयन ढिला, लागत बढ्ने वा गुणस्तर कमजोर भए ऋण भार मात्र थपिन्छ,’ एकजना पूर्व अर्थसचिवकाे भनाइ थियाे ।

कोटेश्वर आसपासका बासिन्दा भने राहतको आशामा छन्। दैनिक सवारी जामका कारण यहाँका बासिन्दाले प्रदूषण, ध्वनि र स्वास्थ्य समस्या भोग्दै आएका छन्। स्थानीय व्यवसायी राजु श्रेष्ठ भन्छन्, ुजाम हटे व्यवसाय बढ्छ, वातावरण सफा हुन्छ। तर काम ढिला भयो भने झन् दुःख पाउने हामी नै हो।’

सडक तथा यातायात पूर्वाधार निर्माणमा अघिल्लो वर्षदेखि चासो नदेखाएको जापानले यसपटक ठूलो ऋण सहयोग अघि सारेको छ। यसलाई नेपाल–जापानबीचको विकास सहकार्यमा नयाँ अध्यायको रूपमा हेरिएको छ।

नेपालमा ठूला पूर्वाधार परियोजना समयमै सकिने उदाहरण कमै छन्। नागढुंगा सुरुङमार्गको अनुभवले पनि यही देखाएको छ। यदि कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना समयमै, गुणस्तरीय रूपमा र पारदर्शितासहित सम्पन्न भयो भने यसले काठमाडौं उपत्यकाको यातायात नक्सा नै बदलिदिनेछ।

कोटेश्वर चोकलाई आधुनिक अन्डरपास र फ्लाइओभरको माध्यमबाट व्यवस्थित गर्ने यो परियोजना नेपालकै एक ऐतिहासिक पूर्वाधार प्रयास हो। अब प्रश्न केवल एक छ—के यो आयोजना उपत्यकावासीका लागि साँच्चिकै ‘जाममुक्त भोलि’ को सुरुवात हुनेछ, वा फेरि पनि ढिलाइ, बढी खर्च र निराशाजनक अनुभवको अर्को कथा?

Previous Post

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

Next Post

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक जारी

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक जारी

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In