• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

metakhabar by metakhabar
५ भदौ २०८२,
0
‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल, ५ भदौः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा निकै खुसी हुनुहुन्छ । यसअघि रसिदको भरमा जग्गा भोगचलन गर्दै आएको अवस्थामा ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाणपुर्जा पाउँदा धेरै खुसी लागेको उहाँले सुनाउनुभयो ।

पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा हात पर्दा वडा नं ८ का ८० वर्षीय कुलबहादुर श्रेष्ठको मुहारमा पनि हर्ष छाएको छ । विसं २०३२ मा भएको नापीका क्रममा तत्कालीन दुई गाउँपञ्चायतबीच सिमाना विवादका कारण नापजाँच रोकिएपछि उहाँ पुर्जा पाउनबाट वञ्चित हुनुहुन्थ्यो । त्यसको ५० वर्षपछि आफूलगायतले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको श्रेष्ठले बताउनुभयो ।

जग्गाको भोगलचन गर्दै आए पनि आवश्यक परेको बेलामा किनबेच, व्यापार–व्यवसाय र बैङ्किङ कारोबारका लागि कुनै पनि काममा प्रयोग गर्न नपाएर समस्या व्यहोर्दै आएकामा अब चाहेको काम गर्नका लागि बाटो खुलेको भन्दे उहाँ खुसी हुनुहुन्छ ।

वडा नं ७ फलाँटे पीपलटारका ८२ वर्षीय गोपिकृष्ण उप्रेतीले आफूले कमाई खाइपाइ गर्दै आएको भए पनि जग्गाधनीपुर्जा आफ्नो हातमा नहुँदा निकै निराश लाग्ने गरेकामा बल्ल पुर्जा हात परेपछि खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“पुर्जा नपाउँदा कुनै कारोबार पनि गर्न पाइएन । काम गर्न सक्ने उमेर भएको बेला पुर्जा भएको भए भैँसीपालन गरेर धेरै आम्दानी गर्न सकिन्थ्यो, त्यो बेला पाइएन । ठिकै छ ढिलै भए पनि पुर्जा पाइयो खुसी छु ।”

साबिक फलाँटे गाउँपञ्चायत हालको भुम्लु गाउँपालिका–७ फलाँटेका ७८ वर्षीय तोरणबहादुर क्षेत्रीले आफूले जस्तै अब बाँकी सबै नागरिकले पनि छिट्टै पुर्जा पाएको हेर्ने रहर सुनाउनुभयो । उहाँका अनुसार तत्कालीन फलाँटे गाउँपञ्चायत र भुम्लुटार गाउँपञ्चायत गाभेर पीपलटार गाविस बनेको थियो । त्यही बेलामा (२०३२ सालमा) नापी सुरु हुँदा सीमाको विषयलाई लिएर दुई पक्षबीच भएको विवादका कारण लामो समयसम्म पुर्जा पाउन सकिएन । “धेरै वर्षपछि जनप्रतिनिधिको सक्रियतामा पुर्जा पाउँदा निकै खुसी लागेको छ । अब बाँकी नागरिकले पनि चाँडै पुर्जा पाए गाउँभरि नै हर्ष हुन्थ्यो”, क्षेत्रीले भन्नुभयो ।

भुम्लु गाउँपालिका–७ बाट १७६ र वडा नं ८ बाट २०३ जनाले पहिलोपटक जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । वडा नं ८ का वडाअध्यक्ष मोतिलाल तामाङले विगतमा विभिन्न समयमा प्रयास भए पनि विविध कारणले अगाडि नबढेको काम ०८१ सालदेखि सुरु भई हालै सम्पन्न भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफूहरूको निकै महेनतका कारण आधा शताब्दीपछि बल्ल भुम्लुका वडा नं ७ र ८ का नागरिकले जग्गाधनी प्रमाण पुर्जा पाएको बताउनुभयो । “विसं २०३२ देखि पुर्जाविहीन नागरिकलाई ५० वर्षपछि पुर्जा उपलब्ध गराउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यो दिन ल्याउनका लागि सबैको भूमिका उत्तिकै उल्लेखनीय रह्यो । सबैलाई धन्यावाद ।”

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र नापी विभागका महानिर्देशक प्रकाश जोशीले तत्कालीन समयमा सीमा विवादका कारण रोकिएको काम सबैको साझा प्रयासबाट सफल भएको सुनाउनुभयो । अब बाँकी नागरिकलाई पनि चाँडै पुर्जा वितरण गरिने उहाँरूको भनाइ छ ।

हालसम्म भुम्लुबाट करिब एक हजार ५०० भन्दा बढी आवेदन परेकामा करिब ४०० जग्गाधनी प्रमाणपुर्जा बनिसकेको जनाइएको छ । यसका लागि नापी विभागबाट यहाँ नापी कार्यालय स्थापना गरी दुईवटा टोलीमार्फत भइरहेको छ । त्यसरी अगाडि बढेको कामले पूर्णता पाएसँगै मङ्गलबार नापी विभाग र भुम्लु गाउँपालिकाको संयुक्त आयोजनामा जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट त्यहाँका पुर्जाविहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । अब बाँकी काम निरन्तर जारी रहेको गाउँपालिकाले जनाएको छ ।
—

Previous Post

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In