• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमय दर कति ?

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ भदौ २०८२,
0
बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए ।

“पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उनले भने, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।”

अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताए । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए ।

विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो ।

तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिए ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

अघिल्लो समाचार

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

अर्को समाचार

दुई करोड लागतमा राधाकृष्ण मन्दिर निर्माण

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन
समाचार

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव
आर्थिक

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
दुई करोड लागतमा राधाकृष्ण मन्दिर निर्माण

दुई करोड लागतमा राधाकृष्ण मन्दिर निर्माण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन