• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वनसमिति–कसरौल सडक जोखिमपूर्ण

metakhabar by metakhabar
३० साउन २०८२,
0
वनसमिति–कसरौल सडक जोखिमपूर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, ३० साउनः शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने वनसमिति–कसरौल सडक जोखिमपूर्ण रहेको छ । सडकको दायाँ र बायाँ सुकेका साल, असनाका रुखका कारण जोखिम रहेको छ ।

जुनसुकैबेला गुडिरहेका सवारीसाधन र पैदलयात्रुमाथि रुखका हाँगा र रुख नै खसेर दुर्घटना निम्तिनसक्ने खतरा रहेको छ । स्थानीय रतनलाल रानाका अनुसार सडकमा पैदल हिँड्दै गरेका स्थानीय ६० वर्षीय फिरुवा रानाको सुकेको रुखको हाँगाले लागेर केही वर्षअघि मृत्यु भएको थियो ।

विद्यार्थी बोकेर जाँदै गरेको स्थानीय विद्यालयको बसमाथि सुकेको रुख खसेको थियो । बसमाथि रुख खसे पनि मानवीय क्षति भने नभएको उहाँ बताउनुहुन्छ । “स्थानीय रामदिन रानाको गाई, गोरु बाँधेको गोठमाथि नै रुख खस्यो”, उहाँले भन्नुभयो, “गोठमा क्षति पुग्यो, तर बस्तुभाउ जोगिए, गत वर्षमात्रै दानु रानाको घरको कुना तोड्दै रुख खस्यो, धन्न घर जोगियो घरभित्रै परिवारका सदस्य थिए, सबै जोगिए ।”

सुकेका रुखहरुकै कारण दुर्घटना निम्तिन थालेपछि सडकमा हिँड्न डराउनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । पुराना सुकेका जीर्ण भएका रुख जुनसुकैबेला पनि खस्नसक्ने भएकाले हटाउनुपर्ने पूर्ववडाध्यक्ष जगता रानाले बताउनुभयो । “विगतमा सुकेका रुखकै कारण मानवीय क्षति भइसकेको छ”, उहाँले भन्नुभयो, “हावाहुरी चलेका बेला, चट्याङ परेका बेला र वर्षात्का बेला ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाध्यता छ, यसक्षेत्र भएर जाने अर्को वैकल्पिक सडक छैन, जोखिमसँगै हिँड्नुपर्छ ।”

उहाँका अनुसार सडक छेउमा घर भएकाले रुख कुनबेला खस्ने हुन् पत्तो नै छैन । स्थानीय जहरसिंह रानाले भन्नुभयो, “गाडी चल्ने बेला रुख खसेर दुर्घटना हुने सम्भावना छ, पैदल यात्रुको टाउकामा कुनबेला रुखका हाँगा र रुख नै बजारिने हो पत्तो छैन, हावाहुरी चलेका बेला त्यस सडक भएर हिँड्नु भनेको ज्यान जोखिममा पार्नु हो, त्यही भएर वर्षात् र हावाहुरीका बेला त्यो सडक भएर हिँड्न नै छाड्छौँ ।” सडक छेउका जीर्ण रुख व्यवस्थापन गरिदिनका लागि उहाँ माग गर्नुहुन्छ ।

वनसमितिदेखि कसरौलसम्मको डेढ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयले रु तीन करोडमा ठेक्का सम्झौता गरेको शुक्लाफाँटा नगरपालिकाका इञ्जिनियर दिपक धाँमीले बताउनुभयो । “सुकेका जीर्ण रुख व्यवस्थापन नभई कार्य सञ्चालन गर्न कठिन छ”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिदेखि कालोपत्रसम्मका लागि वातावरण अध्ययन र डिपिआर निर्माणको कार्य भएको छ, सुकेका रुख काट्ने अनुमति अहिलेसम्म पाइएको छैन ।”

अनुमतिका लागि नगरपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले निकुञ्ज सम्बद्ध मन्त्रालयसँग कटानी आदेशका लागि पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष दानसिंह ऐरका अनुसार वनसमिति–कसरौल सडक वडा नं ६, ७ र ८ तर्फ जाने मुख्य सडकका रुपमा रहेको छ ।

वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानीलगायत कार्यालय जाने मुख्य सडक त्यही नै रहेको छ । “सुकेका रुख व्यवस्थापनका लागि निकुञ्जसँग समन्वय गरेका छौँ”, उहाँले भन्नुभयो, “वन मन्त्रालयको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकनको कार्य गरिसकेको छ, समस्या लिएर मन्त्रालयसम्म पुगेका छौँ ।”

उहाँका अनुसार सडक छेउका १०५ रुख हटाउनुपर्ने देखिएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणका लागि निकुञ्ज कार्यालयले स्थलगत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गरेको छ । स्थानीयले तत्काल असुरक्षित रुख काटेर हटाउनुपर्ने, सडक कालोपत्रसँगै चौडाइ बढाउन माग गरेका छन् ।

Previous Post

मोडल उषा उप्रेती ‘आ बाट आमा’मा अनुबन्धित

Next Post

शाहरुख खानको फिटनेस रहस्य: तन्दुरी चिकेन र साधारण आहारले बनाउँछ सुपरस्टारलाई जवान

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
शाहरुख खानको फिटनेस रहस्य: तन्दुरी चिकेन र साधारण आहारले बनाउँछ सुपरस्टारलाई जवान

शाहरुख खानको फिटनेस रहस्य: तन्दुरी चिकेन र साधारण आहारले बनाउँछ सुपरस्टारलाई जवान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In