• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागलुङमा सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना

metakhabar by metakhabar
३० साउन २०८२,
0
बागलुङमा सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ : नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक पाँच लाख रुपैयाँ विद्युत् महशुल तिर्दै आएको छ। अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको सङ्कट टार्न पानी तान्दै आएको समितिले विद्युत् महसुलमा वार्षिक ६० लाख रुपैयाँ खर्चिँदै आए पनि महशुल छुट सुविधाबाट वञ्चित भएको छ।

आयोजना सम्पन्न नहुँदा गण्डकी प्रदेशले छुट दिने विद्युत् महसुलको लाभ लिन नसक्दा लाखौँ नोक्सानी व्यहोर्दै आएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। निर्माण व्यवसायीले आयोजना सकेर हस्तान्तरण नगर्दा विद्युत् छुटको सम्झौता गर्न नसक्दा सङ्घीय र प्रदेशले प्रदान गर्ने महसुल छुटमा जान नसकिएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिए।

दुई वर्षमा सक्ने गरी २०७५ साल असार ३१ गते सम्झौता गरिएको बागलुङ नगर बृहत् खानेपानी लिफ्ट आयोजनाको ९५ प्रतिशत काम भए पनि खानेपानीलाई नयाँ संरचनाबाट वितरण गर्न अझै बाँकी छ। कन्काई जयमाता जेभीले २०७७ सालमा निर्माण सक्ने गरी ३० करोड २६ लाख ५१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो। पछि आयोजनाको लागत रु चार करोड थपिए पनि निर्माण व्यवसायीले आयोजनालाई सम्पन्न गर्नतर्फ ध्यान नदिँदा लाखौँको विद्युत् महसुल भुक्तानी गर्न नगर खानेपानी बाध्य भएको जिसीको भनाइ छ।

‘गण्डकी प्रदेशको खानेपानी विद्युत् महसुल र सङ्घीय खानेपानीले समेत विद्युत् महसुलमा छुट दिने योजना ल्याएको छ। मासिक पाँच लाख महसुलमा केही छुट भए राहत मिल्ने थियो’, जिसीले भने, “निर्माण व्यवसायीले ९५ प्रतिशत काम सके पनि रातामाटामा निर्माण गरिएको सात लाख लिटरको खानेपानी ट्याङ्कीमा पानी पुर्‍याइएको छैन, संस्थाले अस्थायी रूपमा लिफ्टको पानी पुरानै ट्याङ्कीमा राखेर वितरण गरिरहेका छौँ।’

गण्डकी प्रदेश सरकारले लिफ्ट खानेपानी आयोजना विद्युत् महसुल अनुदान कार्यविधि, २०७९ अनुसार आयोजनाको विद्युत् बागलुङ नगर खानेपानी तथा  उपभोक्ता समितिले २५ प्रतिशत रकम छुट पाउने व्यवस्था छ। निर्माण व्यवसायीले काम सम्पन्न नगर्दा नगर खानेपानीले वार्षिक क्षति व्यहोर्दै आएको जिसीको भनाइ छ।

वार्षिक ६० लाख विद्युत् महसुल तिर्दै आएको नगर खानेपानीले वार्षिक १५ लाख रुपैयाँ छुट पाउँदा राहत मिल्ने जिसीको भनाइ छ। बागलुङ बजारमा खानेपानीको चरम सङ्कट भएपछि आयोजना अन्तिम चरणमा रहँदै २०८१ साल जेठबाट दुई वटा मोटरबाट खानेपानी तानेर लोकमार्ग नजिकैको पुरानो ट्याङ्कीमार्फत वितरण गरिँदै आइएको छ। ठूलो लिफ्ट आयोजनामा सङ्घीय सरकारले पनि महसुल छुट दिने योजना ल्याएको छ।

आयोजनाको निर्माण व्यवसायीले निर्माण सम्पन्न गरे पनि लोकमार्गभन्दा माथि निर्माण गरेको नयाँ सात लाख लिटरका दुई वटा सङ्कलन ट्याङ्कीमा पानी खसाल्ने र गौडाकोट र रमेटार क्षेत्रमा वितरण गर्न बाँकी छ। बागलुङ नगरपालिका- ३ स्थित काठेखोलाको पानी कैलामपोखरीबाट २५० मिटरमाथि रातामाटामा पुर्‍याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि सम्पन्न नहुँदा विद्युत् महशुलको भार नगर खानेपानीलाई परेको छ।

खानेपानीको परीक्षण नै असफल भएपछि खानेपानीको पाइप नै खानेपानी तथा ढल व्यवस्थापन विभागले परिवर्तन गरेको थियो। निर्माण व्यवसायी कृष्णहरि चौलागाईँले आयोजना सम्पन्न गर्न ढिलो भएको स्वीकार गरे। उनले आयोजनास्थल भौगोलिक रूपमा कमजोर भएको, पहिरो व्यवस्थापनमा ढिलाइ भएको, कोरोना त्रास, आर्थिक सङ्कट र पाइपलाइन डिजाइनको समस्या सुल्झाउनेलगायत कारण सम्पन्नतामा ढिलाइ भएको बताए।

Previous Post

आज कहाँ-कहाँ होला भारी वर्षा ?

Next Post

व्यावसायिक स्याउखेतीमा रमाएका बागलुङका जनप्रतिनिधि

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
व्यावसायिक स्याउखेतीमा रमाएका बागलुङका जनप्रतिनिधि

व्यावसायिक स्याउखेतीमा रमाएका बागलुङका जनप्रतिनिधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In