• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आलेखः ‘मोहनी ढोरपाटन’ पुग्नै सकस

metakhabar by metakhabar
२५ साउन २०८२,
0
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), २५ साउन : ढोरपाटनको मोहनी दृश्यले कसलाई नलोभ्याउला र ? टिकटक र फेसबुकका रिल्समा ढोरपाटनको सुन्दरता देखेर ढोरपाटन हिँडेका धेरैलाई त्यहाँ पुग्ने सडकले भने अप्ठ्यारोमा पार्दछ । भुजीखोलाको किनारैकिनार यात्रा गर्दा पहिलोपटक ढोरपाटन पुगेका पर्यटकलाई वर्षायाममा भने निकै सास्ती हुने गरेको छ ।

बागलुङको बुर्तिबाङदेखि ३२ किलोमिटर कच्ची सडक पार गर्दै ढोरपाटन पुगेका पर्यटकले ढोरपाटन क्षेत्रको प्राकृतिक दृश्यले कष्टकर यात्रा बिर्साएको बताउँछन् । सामाजिक सञ्जालका कारण ढोरपाटन पुग्ने पर्यटकहरु दिनदिनै बढ्दै गइरहेको र सयौँथरिका बुकी फूलका कारण ढोरपाटने पर्यटकलाई लोभ्याएको छ । पर्यटकका कारण घरबास र होटलहरु फस्टाउँदै आएका छन् भने सिकार आरक्षको राजश्व सङ्कलन भइरहेको छ । महँगो मूल्यमा नाउर झारलको सिकार गर्न सकिने ढोरपाटनमा कतिपय विदेशी पर्यटक हेलिकप्टरबाट पनि पुग्ने गरेका छन् ।

खाल्टाखुल्टी, उकालो र हिलाम्मे सडक पार गर्दै दैनिक सयौँ सवारीसाधन ढोरपाटनमा पुग्ने गर्दछन् । राष्ट्रिय प्राथमिकताको सडक भएरसमेत बुर्तिबाङदेखि ढोरपाटनको सडकको अधिकांश स्थानमा स्तरोन्नति हुन सकेको छैन ।

बुटवलबाट ढोरपाटनको बुकीपाटन घुम्न आउनुभएको सिजन परियारले ढोरपाटनको दृश्यले लोभ्याएर आए पनि सडक भने असहज रहेको गुनासो गर्नुभयो । “ढोरपाटन उपत्यकामा मोटरसाइकल राखेर एक दिन हिँडेर बुकी पाटन पुगियो, दृश्यले निकै लोभ्यायो”, उहाँले भन्नुभयो, “ढोरपाटन आएपछि ढोरपाटन आउने दुःख बिर्सदो रहेछ, यति धेरै पर्यटक आउने सडकस्तरीय हुन आवश्यक छ ।”

बागलुङ बजारबाट चार दिनको पैदलमार्ग ढोरपाटनमा २०७१ सालमा सडक पुगेपछि एक दिनमा छोटिए पनि स्तरीय सडक नहुँदा पर्यटकले भने दुःख पाइरहेका छन् । पाँच वर्षदेखि हिउँदमा जेनतेन मिनी बस पुग्न थाले पनि बर्खा उक्त सडकमा यात्रुलाई सास्ती हुने गरेको छ । ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख कल्याण कायतले ढोरपाटन पुग्ने सडक कालोपत्र गर्नसके ढोरपाटनमा थेगी नसक्नु पर्यटक पुग्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले आरक्षले राजस्व उठाउने मात्रै काम गरेको भन्दै पर्यटकलाई उचित सूचना नदिएको बताउनुभयो । “पटकपटकको प्रयासपछि हिउँदमा त मिनीबस ढोरपाटन पुग्छ, तर बर्खामा उकालो सडक हिलाम्मे भएपछि साना सवारीसाधनसमेत जान कठिन हुन्छ, त्यहाँ अहिले जिप र मोटरसाइकल मात्रै जान सक्छन्”, कायतले भन्नुभयो, “बर्खा सकिँदासाथ सालझण्डी–ढोरपाटन सडक आयोजनामार्फत सडक स्तरोन्नतिको काम सुरु गर्ने सहमति भएको छ, बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक कालोपत्र भएमा ढोरपाटनले नथेग्ने पर्यटक यहाँ आउने देखिन्छ ।”

देशका सय पर्यटकीय गन्तव्यमा सूचीकृत ढोरपाटन विश्वभर चर्चित छ । चर्चित गन्तव्यमा पुग्ने सडक भने कष्टकर छ । ढोरपाटन भ्रमणका लागि बर्सेनि २० हजारभन्दा बढी आन्तरिक पर्यटक सडक मार्गबाट ढोरपाटन पुग्ने गरेका छन् । दुई वर्षअघिसम्म गुमनाम रहेको बुकीपाटन र जलजलाजस्ता क्षेत्रमा अहिले पर्यटक ह्वातै बढेको छ ।

राष्ट्रिय प्राथमीकरणको आयोजनाअन्तर्गत स्तरोन्नतिसँगै कालोपत्रका लागि ठेक्का लागिसकेकाले नगरपालिकाले अवरुद्ध सडक खुलाउने मात्रै काम गर्दै आएको जानकारी दिनुभयो । पर्यटक बढेपछि स्थानीयको घरबास, होटल चलेकोे र घोडाधनीलाई लाभ मिले पनि सिकार आरक्षका कारण पर्यटकलाई भने असहज भएको छ । ढोरपाटन जाने सडक स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्का भए पनि ३५ प्रतिशत मात्रै काम भएको देखिन्छ । बुर्तिबाङ फल्लेघरसम्मको सडक ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले दसैँसम्ममा स्तरोन्नतिको काम पुनः थाल्नेगरी सहमति भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

छ हजारमै पुग्न सकिन्छ ढोरपाटन

रु छ हजार खर्च गरेपछि पोखराबाटै ढोरपाटन पुग्न सकिने व्यवस्था मिलाइएको छ । पोखराको महाशिला एडेभेन्चरले अहिले दिनमा चार वटा स्कोरपियो गाडी ढोरपाटनका लागि छुटाउँदै आएको छ । महाशिला एडेभेञ्चर पोखराका सन्तोष देवकोटाले ढोरपाटन पुगेको दुई दिन एक रातको रु छ हजार र बुकी पुगेको तीन दिन दुई रातको रु आठ हजारमा पोखराबाट पर्यटकहरु पठाउने गरेको बताउनुभयो ।

दुई वर्षयता प्याकेजमै ढोरपाटन र बुकी पु¥याउँदै आएको महाशिला एडेभेन्चरले सस्तो प्याकेजै पर्यटकलाई बुकी पु¥याउन थालेको छ । उहाँले प्याकेजमा जाने पर्यटकलाई बुकीसम्म घोडामा झोला समेत लैजाने व्यवस्था मिलाएको बताउदै ढोरपाटनबाट भने पर्यटक पैदल हिँड्नुपर्ने बताउनुभयो ।

एक वर्षमा आठ हजारले पर्यटक बढे

नेपालको एकमात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा एक वर्षमै आठ हजारले वृद्धि भएको छ । कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा आव २०८१÷८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ ।

ढोरपाटनमा सिकार खेल्नमात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्तीले बताउनुभयो ।

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।

के हो ढोरपाटनको आकर्षण ?

बर्खामा फुल्ने अनेकथरी फूलले रङ्गिएको ढोरपाटन मुख्य आकर्षणका रुपमा छ । आठ किमी लामो ढोरपाटन उपत्यकामा फुलेका रातो, सेतो, पहेला रङ्गका फूल बर्खामा ढोरपाटनको मुख्य विशेषता हो । विभिन्न रङमा फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । ढोरपाटन उपत्यका, प्रसिद्ध ढोरबारही मन्दिर, ढोरपाटन सिकार आरक्षको सङ्ग्रहालय, निसेलढोर, जलजला र बुकीपाटन ढोरपाटनका मुख्य घुम्न लायक ठाउँ हुन् ।

बर्खाको समय अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले गुल्जार बनेको छ । ढोरपाटन उपत्यकामा फूलेका रङ्गीविरङ्गी बन फूलसँगै चरेका घोडाको दृश्यले पर्यटकको मनै लोभ्याउने गरेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा उत्तिकै पर्यटक आउने गरेको पाइएको छ ।

स्थानीय ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन गुल्जार बनिरहेको बताउनुभयो । घोडा सफारीका कारण स्थानीयको आयआर्जनमा वृद्धि भएको छ ।

कञ्चन उत्तरगङ्गा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरी बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेको काठमाडौँबाट मोटरसाइकलमा घुम्न आउनुभएको अनिल राजवंशीले बताउनुभयो । चार हजार मिटरभन्दा माथिको बुकिपाटन एक दिनको पदयात्रामार्फत पुगेको बताउँदै उहाँ ढोरपाटनको सौन्दर्यता बयान गरेर नसक्ने बताउनुहुन्छ । पाटनैभरि फूल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ । अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चार सुविधाले यहाँ आउन निकै सहज भएको छ ।

गोठालाको उत्पादन गोठमै खपत

बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि भैँसी र भेडी गोठाला उत्साहित भएका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालाको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपाटनमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । बुकीपाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यु तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो ।

भैँसीपालन गरी उत्पादित घ्यू बिक्री गर्दै आउनुभएका बुकी पाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रुपमा रहेको बुकीपाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताउनुभयो । बुकीपाटन उक्लनेले बीचबाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताउनुभयो । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको उहाँको भनाइ छ । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको ढोरपाटन उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।

‘गोठस्टे’ सञ्चालन

पर्यटकलाई लक्षित गरी बुकीपाटनमा दुई वटा गोठस्टे (गोठमा हुने बसाइँ) सञ्चालनमा रहेका छन् । अस्थायी रुपमा सञ्चालन गरिने गोठस्टे असारदेखि असोजसम्म सञ्चालन गरिने हाइअल्टिच्युट तथा टेन्टस्टेका सञ्चालक मेहेन्द्र घर्तीमगरले बताउनुभयो । उहाँले चार हजार मिटर उचाइमा पर्यटकलाई लक्षित गरी अस्थायी रुपमा भए पनि खाने र बस्ने सुविधा दिएको बताउनुभयो ।

उहाँले सादा खानालाई रु ५०० र मासु खानालाई रु ८०० मा पर्यटकलाई पस्कने गरेको सुनाउनुभयो । बुकीपाटनमा जाने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले गर्पाछेडामा दुई वटा गोठस्टे सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक मिलन घर्तीले जानकारी दिनुभयो ।

सिकारमा रमाउछन् विदेशी सिकारी

सिकारले प्रसिद्ध कमाएको ढोरपाटनमा सिकार खेल्न महँगो मूल्य तिरेर विदेशी सिकारी आउने गरेका छन् । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनमा विदेशका धनाढ्य सिकारी सिकारमा रमाउन हेलिकप्टरमार्फत आउने गरेका छन् ।

रेञ्जर सुवेदीका अनुसार दोस्रो याममा याममा ११ नाउर र सात झारलको सिकार भएको थियो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो ।

सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छ वटा कम्पनीले एक आर्थिक वर्षमा दुई याममा अनुमति प्राप्त गर्दै आएका छन् । १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार नभएको उहाँको भनाइ छ ।

ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा सिकार हुने गर्छ । सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, प्रान्सलगायत देशबाट सिकारी आउने गरेको पाइन्छ ।

Previous Post

को बढी शिक्षित, आमिर कि शाहरुख खान ?

Next Post

एशियामै प्रसिद्ध छ सुनले बनेको मस्जिद, एकै पटक ५ हजारले नमाज पढ्न मिल्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी
फिचर-ब्यानर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

४ चैत्र २०८२,
इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग
समाचार

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

४ चैत्र २०८२,
नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी
समाचार

नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

४ चैत्र २०८२,
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
Load More
Next Post
एशियामै प्रसिद्ध छ सुनले बनेको मस्जिद, एकै पटक ५ हजारले नमाज पढ्न मिल्ने

एशियामै प्रसिद्ध छ सुनले बनेको मस्जिद, एकै पटक ५ हजारले नमाज पढ्न मिल्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In