• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले अमेरिकासँग हतियार र विमान नकिन्ने, रक्षामन्त्रीको भ्रमण पनि स्थगित

metakhabar by metakhabar
२५ साउन २०८२,
0
भारतले अमेरिकासँग हतियार र विमान नकिन्ने, रक्षामन्त्रीको भ्रमण पनि स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्लीले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने आफ्नो योजना स्थगित गर्दै रक्षामन्त्री राजनाथ सिंहको अमेरिका भ्रमण पनि स्थगित गरेको छ ।

भारतीय अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा लगाएको निर्यात शुल्कका कारण दुई देशबीचको सम्बन्ध दशकौँमै सबैभन्दा न्यून स्तरमा पुगेको पृष्ठभूमिमा आएको यो कदमलाई भारतको पहिलो ठोस असन्तुष्टिको संकेतको रूपमा लिइएको छ ।

भारतले आगामी हप्ता अमेरिकाबाट केही हतियार र बिमान खरिद गर्ने घोषणाका लागि रक्षा मन्त्री राजनाथ सिंहलाई वाशिङ्टन पठाउने योजना बनाएको थियो । अन्तिममा आएर मन्त्री सिंहको भ्रमण रद्द गरिएको छ ।

अगस्ट ६ मा ट्रम्पले भारतीय वस्तुहरूमा अतिरिक्त २५ प्रतिशत शुल्क लगाएका थिए । जसका कारणका रूपमा उनले दिल्लीले रूसी तेल खरिद गरेको र त्यसले युक्रेनमाथि भएको आक्रमणमा रुसलाई आर्थिक सहयोग पुगेको बताएका थिए । यससँगै भारतीय निर्यातमा कुल शुल्क ५० प्रतिशत निर्यात शुल्क पुगेको छ । यो अमेरिकी व्यापारिक साझेदारहरू मध्ये सबैभन्दा उच्च हो ।

यद्यपी भारतले वाशिङ्टनसँग सक्रिय संवाद जारी रहेको जनाएको छ । ‘शुल्क र द्विपक्षीय सम्बन्धको दिशाबारे स्पष्टता पाएपछि रक्षा खरिद अघि बढ्न सक्छ, तर पहिले अपेक्षा गरिएजस्तो चाँडो हुँदैन, एक भारतीय अधिकारीको भनाए उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतीय रक्षा मन्त्रालयले दुई देशबीच वार्ताहरू रोकिएको दाबीलाई ‘झूटो र बनावटी’ भनेकोछ । ‘हतियार र बिमान खरिद प्रक्रिया विद्यमान कार्यविधिअनुसार अगाडि बढिरहेको छ’, भारतीय रक्षा मन्त्रालउले भनेको छ ।

हालका वर्षहरूमा अमेरिकासँग घनिष्ठ साझेदारी बनाएको दिल्लीले आफूलाई अन्यायपूर्ण रूपमा लक्ष्यित गरिएको दाबी गरेको छ । अमेरिकासहितका युरोपेली मित्रराष्ट्रहरू आफ्ना स्वार्थअनुसार अझै पनि रुससँग व्यापार गरिरहेको भारतको भनाइ छ ।

भारतले जनरल डाइनामिक्स ल्याण्ड सिस्टम्सद्वारा निर्मित स्ट्राइकर लडाइँ सवारीसाधन र रेथियान तथा लकहिड मार्टिनद्वारा विकास गरिएको जाभलिन एन्टी–ट्यांक मिसाइल वार्ता शुल्कका कारण खरिद रोकिएको हो ।

फेब्रुअरीमा ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यी वस्तुहरूको खरिद तथा संयुक्त उत्पादन गर्ने योजना घोषणा गरेका थिए ।

मन्त्री सिंहले रद्द भएको आफ्नो भ्रमणका क्रममा भारतीय नौसेनाका लागि छवटा बोइङ विमान तथा सहयोगी प्रणाली खरिदको घोषणा गर्ने योजना पनि बनाएका थिए । करिब ३.६ अर्ब डलरको प्रस्तावित सम्झौतामा यी विमान खरिदबारे वार्ता उन्नत चरणमा पुगेको अधिकारीहरूले बताएका छन् ।

विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता भारतका लागि रुस परम्परागत रूपमा मुख्य आपूर्तिकर्ता रहँदै आएको छ । तर पछिल्ला वर्षहरूमा भारतले फ्रान्स, इजरायल र अमेरिकाजस्ता पश्चिमी मुलुकबाट पनि हतियार आयाततर्फ गरिरहेको छ ।

भारतले रुसबाट तेल आयात घटाउने र अमेरिकासहित अन्यत्रबाट पनि प्रतिस्पर्धी मूल्यमा सम्झौता गर्ने सम्भावना खुला राखेको छ । तर ट्रम्पका धम्की र भारतभित्र बढ्दो अमेरिकीविरोधी राष्ट्रवादका कारण मोदीका लागि रुसबाट अमेरिका तर्फको पूर्ण झुकाव राजनीतिक रूपमा कठिन भएको विश्लेषकहरूको धारणा छ ।

रुसले दिल्लीलाई सतहदेखि–हावासम्म मार्न सक्ने मिसाइल प्रणालीजस्ता नयाँ प्रविधि खरिदको प्रस्ताव गरेको छ । तर भारतले अहिले रुसबाट नयाँ हतियार खरिदको आवश्यकता देखिरहेको छैन ।

यद्यपि, लामो समयदेखि चलेको साझेदारीका कारण भारतले रूसी हतियारबाट पूर्ण रूपमा निर्भरता हटाउन सम्भावना कम छ, किनकि भारतीय सैन्य प्रणालीलाई अझै पनि रुसको प्राविधिक सहयोग आवश्यक पर्छ ।

Previous Post

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

Next Post

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : महामन्त्री थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : महामन्त्री थापा

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : महामन्त्री थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In