• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वामदेव भित्रिएपछि माधव नेपालको पार्टीमा भाँडभैलो

metakhabar by metakhabar
२५ साउन २०८२,
0
वामदेव भित्रिएपछि माधव नेपालको पार्टीमा भाँडभैलो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पार्टी अध्यक्ष र ‘सम्मानित नेता’बीच भनाभन परिरहँदा झलनाथ खनाल र अर्का नेता वामदेव गौतमबीच भेटघाट भएपछि नेकपा एकीकृत समाजवादी पार्टीभित्र अर्को खैलाबैला सुरु भएको छ।

केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालले एमाले विभाजनको औचित्य पुष्टी नभएको र माधव नेपालसँग मिलेर गरिएको त्यो निर्णय गलत रहेको उनले ठम्याएका थिए।

त्यसपछि पार्टी अध्यक्ष माधव नेपालले झलनाथ खनाललाई पार्टी छोडेर जान सुझाव दिए। अनि झलनाथ खनालले पनि अध्यक्षलाई बरु पार्टी नेतृत्व छोड्न भने।

‘मिडियामा गएर पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने अनि यहाँ किन आउनुपर्‍यो?’ शुक्रबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष माधव नेपालले खनाललाई लक्षित गर्दै भनेका थिए ‘त्यो विद्रोह (नेकपा एमाले विभाजन) ठीक लागेन भने केपी ओलीकै सेवा गरेर बसे भइहाल्थ्यो नि!’

शनिबार एउटा पत्रकार सम्मेलनमा झलनाथ खनालले फेरि माधव नेपाललाई जवाफ फर्काए। उनले बरु नेपालले नै राजीनामा दिए राम्रो हुने पनि सुझाव दिए।

‘पार्टी चलाउन नसक्ने, काम गर्ने क्षमता छैन भने त्यस्ता मान्छेहरू (माधव नेपाल) आफै बाटो लागे हुन्छ’ खनालले भनेका थिए ‘झलनाथ खनाल पार्टी छोडेर भाग्ने मान्छे होइन।’ उनले आफूले पार्टी छोडेर जाने कुनै कल्पना पनि नभएको पनि बताए।

‘बरु कसैलाई यो पार्टी चाहिएको छैन भने त्यस्ता मान्छे छोडेर गए हुन्छ’ खनालले भनेका थिए।

शुक्रबारको कार्यक्रममा खनालले पार्टीको अनुशासनविपरित अभिव्यक्ति दिँदै हिँडेको भन्दै पार्टीबाट राजीनामा दिन पनि भनेका थिए।

दुई शीर्ष नेताबीच विवाद चर्किरहेका बेला खनाल र वामदेव गौतमबीच भएको भेटघाटले पार्टीभित्र अर्को तरंग ल्याएको छ। शनिबार यी दुबै नेताबीच डल्लुस्थित खनाल निवसामा भेटघाट भएको हो। उनीहरूबीच लगभग ४ घण्टासम्म कुराकानी भएको छ।

खनालका अनुसार लगभग चार वर्षपछि यसरी भएको भेटघाटमा पार्टी राजनीतिसँगसँगै ‘अन्तरंग’ कुराकानी पनि भयो।

गत साउन २ गते एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका वामदेव गौतमले केही दिनपछि नै आफूलाई पार्टीले कुनै ‘काम नदिएको’ भन्दै असन्तुष्टी व्यक्त गर्न थालिसकेका छन्। पार्टीमा स्वागत गर्दै नेपाल र खनालले गौतमलाई अंगालोमा कसेका थिए।

नेताहरूबीच कित्ताकाट हुँदै गर्दा एकीकृत समाजवादी पार्टीले भदौ चार गतेदेखि पार्टीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक एकैपटक बोलाएको थियो। यसअघि भएको निर्णयअनुसार भदौ चार गते स्थायी कमिटी बैठक, ५ गते पोलिटब्यूरो र भदौ ८ गते केन्द्रीय कमिटी बैठक सुरु हुने भनिएको थियो।

तर शनिबार नेताहरू खनाल र गौतमबीच भेटवार्ता भएको खबरपछि राति अबेरगरी त्यो बैठक सारिएको छ। शनिबार राति नै कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सर्कुलर गरिएको म्यासेजका अनुसार अब ती बैठकहरू २० दिनपछिमात्रै हुनेछन्।

बैठक सारिएपछि खनाल पक्षधर नेताहरूले यसलाई पार्टी नेतृत्वको ‘अपरिपक्व निर्णय’ भनेर टिप्पणी गरेका छन्।

पतञ्जलीकाझ जग्गा किनबेच प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री नेपाल त्यो मुद्दासँगै पार्टीभित्र कमजोर हुँदै गएका छन्। विशेष अदालतमा धरौटी तिरेर बाहिर बसेरै मुद्दा लड्ने सुविधा पाएका नेपालको मुद्दामा अन्तिम फैसला आइसकेको छैन।

अदालतमा उक्त मुद्दा दर्ता भएलगत्तै पार्टी नेतृ रामकुमारी झाक्रीले ‘मरेको सिनो बोकेर हिँड्न सकिँदैन’ भन्दै नेपाललाई राजीनामा दिन सुझाव दिएकी थिइन्। यसैबीचमा वामदेव पनि पार्टीमा मिसिए। अनि अहिले पार्टीका ‘सम्मानित नेता’ले पनि माधव नेपाललाई राजीनामा दिन भनिरहेका छन्।

Previous Post

गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

Next Post

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In