• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालय

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ साउन २०८२,
0
मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालय
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

गण्डकी । पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलो पटक यस शैक्षिकसत्रका लागि भर्ना खुलाएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सहप्राध्यापक बुद्धिराज जोशीले जानकारी दिए ।

विश्वविद्यालयले समयानुकूल आवश्यकता समेतलाई दृष्टिगत गर्दै नवीनतम् प्रविधियुक्त विषयको पठनपाठन बढाउने योजनाअनुरूप नै मेकानिकल इञ्जिनियरिङको पठनपाठन सुरु गर्न लागेको उनको भनाइ छ ।

नेपालका विद्यार्थीहरूलाई स्वदेशमै उच्च गुणस्तरीय मेकानिकल इञ्जिनियरिङ शिक्षाको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यस विषयको पठनपाठन सुरु गरिएको भर्ना समितिका संयोजक सह प्रा.डा.सुरेश बरालले जानकारी दिए । यसअघि विश्वविद्यालयमा सबै प्रमुख इञ्जिनियरिङ शाखाहरू भए पनि मेकानिकल इञ्जिनियरिङको अभाव थियो । नेपालमा जलविद्युत्, ऊर्जा, डिजाइन, स्वचालन, म्यानुफ्याक्चरिङ र औद्योगिक क्षेत्रमा मेकानिकल इञ्जिनियरको माग तीव्र रूपमा बढिरहेकाले विश्वविद्यालयले यस आवश्यकतालाई सम्बोधन गर्ने गरी पहल बढाएको हो ।

यस कार्यक्रमको पाठ्यक्रमले परम्परागत विषयमात्र नसमेटी आधुनिक प्रविधियुक्त अटोमेसन र रोबोटिक्स, इण्डस्ट्री ४.० र मेसिन लर्निङजस्ता क्षेत्रहरूलाई पनि समेटेको छ । यो विषयको अध्ययनसँगै विद्यार्थीले परियोजना आधारित शिक्षण, हातको अभ्यास र राष्ट्रिय तथा स्थानीय उद्योगसँगको प्रत्यक्ष सम्पर्कमार्फत व्यावहारिक सीप हासिल गर्ने उनले जानकारी दिए ।

कार्यक्रमले विद्यार्थीहरू शिक्षितमात्र नभई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको बताउँदै उनले यसबाट नेपालको पूर्वाधार र प्रविधिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए । पाठ्यक्रम संरचना कुल चार वर्षमा संरचित र यसका लागि विश्वविद्यालयले अध्ययन शुल्क रु पाँच लाख ८७ हजार २०० निर्धारण गरिएको उपप्राध्यापक ऋषभ खनालले जानकारी दिए ।

उनका अनुसार आठ सेमेस्टरमा समेटिएको यस कार्यक्रममा १३० घण्टा कक्षा भार (क्रेडिट आवर) तय गरिएको छ । पाठ्यकमअनुसार सुरुमा इञ्जिनियरिङ ड्रइङ, थर्मोडायनामिक्स, मेकानिक्स र वर्कशप प्रविधिजस्ता आधारभूत विषय पढाइन्छ भने पछिल्ला वर्षहरूमा (फेम) रोबोटिक्स, अटोमोटिभ प्रविधि, ऊर्जा तथा वातावरण र डिजाइनसँग सम्बन्धित उन्नत विषयहरू पढाइन्छ । “तीन वैकल्पिक पाठ्यक्रम, एक माइनर प्रोजेक्ट, दुई भागमा हुने मेजर प्रोजेक्ट र १२ हप्ता अनिवार्य इन्टर्नसीप पनि समावेश गरिएको छ”, उनले भने ।

यस विषयले विद्यार्थीलाई समसामयिक प्रविधिको ज्ञान दिने मात्र नभई व्यावसायिक, अनुसन्धान तथा उद्यमशीलताका लागि समेत सक्षम बनाउने लक्ष्य राखेको खनालको भनाइ छ । अध्ययनसँगै विद्यार्थीले नेपालभित्र जलविद्युत्, उत्पादन, पूर्वाधार निर्माण र नवीकरणीय ऊर्जा क्षेत्रमा रोजगारी पाउने सम्भावना राख्ने उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय रूपमा पनि अटोमोटिभ, एयरोस्पेस, रोबोटिक्स र स्मार्ट म्यानुफ्याक्चरिङजस्ता क्षेत्रमा यस विषय पढेका जनशक्तिको माग रहेको बताए।

यस विषयमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले अनलाइन आवेदन माग गरिसकेको र आवेदन दिने अन्तिम मिति आगामी भदौ १२ सम्म र प्रवेश परीक्षा भदौ १३ गते हुने जनाइएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापन हुने यस विषयका लागि ४८ जनाको कोटा रहेको र त्यसमध्ये नौ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

अघिल्लो समाचार

पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

अर्को समाचार

टक्सारमा लाखेजात्रा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
टक्सारमा लाखेजात्रा

टक्सारमा लाखेजात्रा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन