• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एलडिसी मुलुकको तेस्रो सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प

metakhabar by metakhabar
२० साउन २०८२,
0
एलडिसी मुलुकको तेस्रो सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आवाजा (तुर्कमेनिस्तान), २० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प पनि प्रस्तुत गर्नुभयो ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको प्लेनरीसत्रमा अल्पविकसित (एलडिसी) मुलुकहरूको समूहका साथै नेपालका तर्फबाट आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाढारूपमा क्षेत्रीय र अन्तरराष्ट्रियस्तरको सहकार्य बढाएमा समृद्धिको गन्तव्य पुग्न यी मुलुकका भूगोल लामो समयसम्म अवरोधक हुन नसक्ने स्पष्ट गर्नुभयो ।

जलवायु परिवर्तन र विपद् जोखिमका खतराका कारण भूपरिवेष्टित मुलुक प्रताडित भएको उल्लेख गर्दै उहाँले डिजिटल अर्थतन्त्रमा अगसर हुँदै समावेशी र अनुकूलन आर्थिक वृद्धिको यात्रामा दृढ सङ्कल्प र स्पष्ट योजना ल्याउन आवश्यक भएको बताउनुभयो ।

उहाँले बलियो राजनीतिक इच्छाशक्ति, कुनै पनि देशलाई पछाडि नछाड्ने नवीकृत र बलियो विश्वव्यापी साझेदारी, सबै तहमा समन्वयात्मक कार्य गर्न भूपरिवेष्टित मुलुकलाई सुझाव दिनुभयो । “म दृढ विश्वास छ, सही नीति, बलियो ऐक्यबद्धता र समर्थनको साथ यी मुलुकले भूपरिवेष्टितबाट भूजडितमा, पारवहन आश्रितबाट व्यापार प्रतिस्पर्धी र जलवायु जोखिमपूर्णबाट जलवायु अनुकूलनमा रूपान्तरण गर्न उत्कृष्टता प्रदर्शन गर्नेछन् ।”,

उहाँले थप भन्नुभयो, “हामीले संरचनात्मक रूपान्तरण, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरण, पारवहन, यातायात र कनेक्टिभिटी, जलवायु अनुकूलनका नीति लिएर समानता, समावेशीकरणसहित साझा अवसरको लागि मार्ग समात्नुपर्नेछ ।”

भूगोलकै आधारमा अब कुनै पनि मुलुकको भाग्य निर्धारण हुन नहुने भन्दै उहाँले बलियो साझेदारी, स्मार्ट लगानी र अटल सामूहिक इच्छाशक्तिको साथ आफूहरूले भूपरिवेष्ठितताका सिमितता पार गर्न सकिने प्रधानमन्त्री ओलीको विश्वास छ ।

“विकासको खाडललाई कम गर्न क्षेत्रीय एकता र विश्वव्यापी सहयोग महत्त्वपूर्ण हुन्छ भन्ने विश्वास हामीलाई छ । हामी हाम्रा छिमेकी भारत र चीनसँग मिलेर धेरै क्षेत्रहरूमा कनेक्टिभिटी र सहकार्य बढाउन काम मिलेर गरिरहेका छौंँ,”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वस्त छौँ कि हाम्रा छिमेकी भारत र चीन तथा व्यापक अन्तरराष्ट्रिय समुदायको निरन्तर समर्थनले, हामी भूपरिवेष्ठितताको अवरोधलाई अवसरको प्रवेशद्वारमा रूपान्तरण गर्न सक्नेछौँ ।”

उहाँले भूपरिवेष्टित मुलुुकको परिवारको सदस्यका रूपमा सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्दै यस रूपान्तरणको लाभग्राही मात्र नभइ एक साझेदारका रूपमा नेपाल रहने बताउनुभयो । उहाँले नेपालले ‘आवाजा कार्यक्रमको कार्यढाँचा’ लाई समर्थन गर्दै यसलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई जोडर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

आजदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई सम्बोधनको क्रम जारी रहेको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता पनि गर्नुहुनेछ ।

Previous Post

यस्ता छन् फर्सी खानुका फाइदै फाइदा

Next Post

कुखुराको मासु पकाउनु अघि पखाल्दा के हुन्छ ? जान्नुहोस्

metakhabar

metakhabar

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
कुखुराको मासु पकाउनु अघि पखाल्दा के हुन्छ ? जान्नुहोस्

कुखुराको मासु पकाउनु अघि पखाल्दा के हुन्छ ? जान्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In