• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः झुलनोत्सवले उमङ्गीत मिथिला

metakhabar by metakhabar
१८ साउन २०८२,
0
आलेखः झुलनोत्सवले उमङ्गीत मिथिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, १८ साउनः चाडपर्व र आफ्नै सांस्कृतिक परम्पराको धनी मधेसको प्राचीन मिथिला क्षेत्र अहिले झुलनोत्सवको रौनकमा छ । मिथिला क्षेत्रका मठमन्दिरमा यतिखेर भक्तिमय झुला, मलार र कजरी गीत गुञ्जँदा छन् ।

खासगरी विष्णु/लक्ष्मी आराधनाको यो पर्वमा सीता/राम र राधा/कृष्णका प्रतिमा झुला (एक प्रकारको कोक्रा, डोला) मा राखेर मलार र कजरीका लयमा झुलाइने चलन छ । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म १३ दिन मनाइने यो पर्वले अहिले सिङ्गो मिथिला क्षेत्र उमङ्गीत छ ।

‘बरसानेक वनमालिनी, झुलाझुलै यमुनातीर,
मुुरलीधरसँग राधा, रंग रसक गम्भीर !’

(अर्थात् बर्सात्का बेला मालिनी यमुना तटका रुखमा झुल्छन्, जसरी श्रीकृष्णसँग राधा रसिक भावमा झुल्दथे) । यस्तै कजरी गीतमा रामसीतासँगको झुला प्रसङ्ग यसरी सम्झना गरिन्छ ।
सुनु सखी हे सजनी, जनकदुलारी झुलाझुलै,
रामचन्द्रसँग वनगमन बिसरी, प्रिति पूmल जुलै !

(अर्थात् हे सखी जनकदुलारी (सीताजी) रामचन्द्रसँग वनगमनको सारा दुखःकष्ट बिर्सेर झुला झुल्दैछन् । यो दृश्यले मनमोहक पूmल इष्र्या गर्दैछन्) ।

झुलनोत्सवमा मिथिलामा राम सीता र कृष्णराधाकै वर्णन बढी हुन्छ । यद्यपि शिव पार्वतीका झुला प्रसङ्ग पनि कजरीमा गाइन्छन् ।

‘गौरा झुली कैलाशपर, सँग महादेव झुलैझुल,
नन्दीबैल झाँप बजावे, देवगण लुटै पूmल !’

(अर्थात् पार्वती कैलाशमा झुल्दैछन् महादेव सँगसँगै । यता महादेवका गण नन्दी, साँढे बाजा बजाउँछन् । योबेला देवगण भने सुवासयुक्त फूल बटुल्छन् ।) झुलनोत्सवमा शिव पार्वतीका गीत भेटिए पनि मिथिलामा भने झुलनोत्सवमा विष्णु÷लक्ष्मी, राम÷सीता र कृष्ण÷राधा झुलाउने चलन छ ।

झुलनोत्सवले मिथिला क्षेत्रका मठमन्दिर अहिले उत्सवमय छन् । महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिरमा दैनिक झुला उत्सव हुँदै आएको छ । यो पर्व घरघरमा नभई आफ्नो क्षेत्रका प्रमुख मठमन्दिरमा मनाइन्छ । वरपरका बस्तीबाट त्यहाँका मठमन्दिरमा रहेका विष्णु/लक्ष्मी, राम/सीता र कृष्ण/राधासहितका देवदेवीका प्रतिमा अहिले मटिहानी ल्याइएका छन् । प्रत्येक साँझ लक्ष्मीनारायण मन्दिरबाट प्रतिमा डोलीमा राखेर झुलाघर ल्याइन्छ । अनि उपस्थित श्रद्धालुले पालैपालो झुलाउँछन् । यसरी देवदेवी प्रतिमा झुलाइँदा पूण्य प्राप्त हुने हिन्दू मैथिल जनविश्वास रहेको मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर–५ का बासिन्दा अवकास प्राप्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

झुलनोत्सका गीतमा राधाकृष्ण र रामसीताका प्रसङ्ग हुन्छन् । सबै गीतमा झुलाकै वर्णन हुन्छ । रामसीता, राधाकृष्णका प्रसङ्ग जोडिएका हुँदा यो पर्व भगवान् विष्णु र देवी लक्ष्मीसँग सम्बन्धित रहेको मैथिली लोकसंस्कृतिका ज्ञाता बताउँछन् । राम कृष्ण दुवै विष्णुका र सीता, राधा लक्ष्मी स्वरुपा (अवतार) मानिने हिन्दू जनविश्वास छ । झुला विष्णुलक्ष्मी आराधना र सेवासँग जोडिएको सांस्कृतिक पर्व रहेको लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रविन्द्रदास वैष्णव बताउनुहुन्छ ।

झुलनोत्सवमा गाइने भक्तिगीतमा श्रीरामको जन्मस्थल अयोध्या र श्रीकृष्णको बाललीला भएको वृन्दावनको वर्णन बाक्लै पाइन्छ । यसले झुलनोत्सव परम्परा वृन्दावन र अयोध्याबाट नै देखासिकीबाट आएको पाका मैथिलहरुको भनाइ छ ।

‘कान्हा ऐलथिन् वृन्दावन स, पियरी ओढ्ने,
राधा जपैत रहली नाम, बदरी झुलैनी !’

(अर्थात् कृष्णजी वृन्दावनबाट पिताम्बर ओढेर आउनुभयो । राधा त नाम जपी रहनु भएको थियो, मन्दमन्द वर्षाबीच झुला झुल्न ।)

झुला देवदेवी प्रतिमालाई विशेष डोली आकारको सिंहासनमा राखेर झुलाउने मुख्य विधि हो । खासमा बालरुप कृष्ण र रामको सम्झनामा यो पर्व परम्परा चलेको मिथिला लोकसंस्कृतिका जानकार बताउँछन् । माता कौशल्या र यशोदाले राम र कृष्णलाई बालख छँदा झोलुङ्गोमा राखेर हल्लाउनुभएको प्रतीकका रुपमा यो पर्व परम्परा चलेको मानिन्छ । भगवानका बालरुप आनन्ददायक मानिने हुँदा श्रद्धालुले यो चलन बसालेका जिल्लाका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी मटिहानी–७ का बासिन्दा ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

मिथिला लोकसंस्कृतिको केन्द्र रहँदै आएको जनकपुरधाममा सीताजीको विवाहमा राजा जनकले दिएका दाइजोका सामानको थुप्रो लागेर पाहाडजस्तै बनेको जनश्रुति छ । जसलाई अहिले मणिपर्वत भनिन्छ । साउन शुक्लपक्षको त्रितीयाका दिन यसै मणिपर्वतको पूजा गरेर झुला उत्सव सुरु गर्ने मैथिल परम्परा छ । मिथिलामा झुला उत्सव जानकी मन्दिरका आदिसन्त सुरकिशोर दासले विसं १७८७ तिर सुरु गराएको मानिन्छ । श्रद्धालु भगवत सेवा र सामिप्यता यस पर्वका मुख्य आकर्षण ठान्दछन् । मिथिलाको १३ दिने झुला उत्सव साउन पूर्णिमाको मध्यरातमा भगवानलाई झुलाइने कोक्राको डोरी छिनाएर समापन गरिने चलन छ ।

साउन महिना भक्ति मात्र नभएर मिथिलामा प्रियतमसँगको सानिध्यता र आपसी प्रेमको अपिलका लागि लालायित रहने भाव पनि यस अवसरका गीतबाटै व्यक्त हुन्छन् । यस महिनाका मिथिलाका परम्परागत पर्वहरु मधुश्रवाणी र झुला मिथिलानीका लागि पति सम्झने खास अवसर मानिन्छन् । “साउन शिव आराधना र झुलनोत्सवमा विष्णुलक्ष्मी, रामसीता र कृष्णराधालाई डोलामा झुलाउँदै भक्तिमा डुब्ने समय हो”, महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्ण भन्नुहुन्छ, “यसैगरी बर्सात्को यो महिनामा मिथिलानी (मिथिलाका नारी) प्रियतमसँगको सानिध्यताका लागि लालायीत रहन्छन् भन्ने पनि यस बेला गाइने गीतमा भाव झल्कन्छन् ।”

‘झुला देलु मधुवनमें आमक डारी गछाइ,
सखीसँगे झुलै चलु , मोर पिया विदेश रहाइ !’

(अर्थात् मधुवनको आँपको रुखको हाँगामा झुलाइ देउ हे सखी, यो त साथीसँगीबीच नै झुल्ने हो, आफ्ना प्रियतम् त विदेश छन् ।) साउन शुक्लपक्षका पछिल्ला १३ दिन मधेसको मिथिला क्षेत्र झुलामय हुन्छ । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्मका १३ दिन मिथिलामा झुलनोत्सवको रौनक छाउँछ । यो पक्षभरि मिथिला भक्तिसँगै प्रियजनको सम्झनामा मलार, कजरी र झुला गीतले गुञ्जन्छन् ।

‘झुला झुलै लगली सखी हे, बागहीमें बदरिया छायल,
सावन ऐली सजनी, पियाबिन तन उचटायल !’

(अर्थात् बगैँचामा झुला झुल्न लागेका बेला कालोमैलो भएर बादल छायो, के गर्नु सखी ? साउन लागेपछि प्रियतम साथ नहुँदा यो शरीर छटपटिन्छ ।) देवदेवीलाई झुलना झुलाउँदा भक्ति गीत गुञ्जन्छन् । त्यस्तै साउनमा प्रियतम (पति) बाहिर हुने नवयौवना मिथिलानी बिरहका गीत गाउँछन् । यी गीतमा पतिपत्नीबीचको माधुर्य प्रेमको शृङ्गारिक भाव पनि अभिव्यक्त भएको पाइन्छ । साउनको यो पक्षमा देवदेवीलाई मन्दिरमा झुलाइए झैँ मिथिलानी आफ्ना प्रियतम सँगसाथ भए आँपको रुखको हाँगामा मच्चिदै झुल्ने सपना सँगाल्छन् ।

झुला पर्वका गीतमा उपवन (वन, बगैँचा) का आँप, कदम्ब वा यस्तै सुवासयुक्त वृक्षका हाँगामा झुला (पिङ) भुण्ड्याइएको र त्यसमा आफ्ना प्रियतमाका साथ राम, कृष्ण झुलेका भाव समेटिएका छन् । साउनको बर्खाले जताततै हरियाली हुनेबेला धान रोपाइँ सकेर बगैचाका आँप, कदम्बलगायतका वृक्षका हाँगामा लच्कदै पिङ खेलिने मिथिला संस्कृतिसँग जोडिएको पक्ष मानिन्छ । यद्यपि यसपालि लामो खडेरीले धान रोपाइँ सक्न नपाई यो पक्ष परेको छ ।

मिथिलामा धानको रोपाइँ सकिनासाथ सर्वसाधारण झुला उत्सवमा रमाउने गर्छन् । यसैबेला मैथिल किशोरकिशोरी र युवायुवती बगैँचाबगैँचा डुल्दै आँप र कदम्ब (कदम) का हाँगामा मच्चिएर झुलाको आनन्द लिन्छन् । यसरी बगैँचामा वृक्षका हाँगामा मच्चिएर झुल्दै युवायुवती आआफ्ना प्रेमीप्रेमिकाको सम्झना गर्छन् ।

‘काहे नइ ऐले सजनमा, सावनमें झुलाय,
घेरल बदरिया मोरा मन घबराय !’

(अर्थात् हे प्रियतम्, तिमी मलाई साउनमा झुला झुलाउन किन आएनौँ ? चारैतिर कालोमैलो बादलले मेरो मन काँतर भएको छ ।) साउन शुक्लपक्षमा विदेशिएका प्रेमीको सम्झना गर्दै मैथिल युवतीले यसरी बिरह पोख्छन् । कजरी गीतमा ठाउँठाउँमा मेघको चर्चा भेटिन्छ । कुनै गीतमा आफ्ना आँखामा लगाइएको गाजलको डिलबाट झर्ने आँसुलाई मैथिल नवयौवनाले मेघसँग जोडेका पाइन्छ ।

“सावन आयल बदरिया घेरायल सखी हे, मन हरसाय,
कजरारी अँखिया मोरा, मेघजकाँ बरसाय !’

(अर्थात् साउन मास लागेपछि चारैतिर कालो बादलले छाउँदा मन हर्षित छ । हेर न, गाजल लगाइएका मेरा आँखाबाट पनि मेघ बर्सदैछ) ।

मिथिला लोकसंस्कृति अतिविशिष्ट यो पर्व परम्परा अहिले पाका मैथिल/मिथिलानीले धान्दैछन् । पछिल्लो नयाँ पुस्तामा पारम्परिक पर्व, लोकसंस्कृति र रीतिथितिबारे चासो कम हुँदै गएको बुढापाकाको गुनासो छ । यी विशिष्ट परम्परा थेग्न नयाँ पुस्ताका मैथिल युवायुवतीले स्थानीय चाडपर्व, संस्कृति र रीतिथितिबारे चासो बढाउनुपर्ने मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

Previous Post

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसद्मा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री

Next Post

पिसाब गन्हाउने समस्या छ ? जान्नुहोस् ५ सम्भावित गम्भीर कारण र त्यसका लक्षणहरू

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
पिसाब गन्हाउने समस्या छ ? जान्नुहोस् ५ सम्भावित गम्भीर कारण र त्यसका लक्षणहरू

पिसाब गन्हाउने समस्या छ ? जान्नुहोस् ५ सम्भावित गम्भीर कारण र त्यसका लक्षणहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In