• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रेममा पर्दा स्वास्थ्यमा हुने चमत्कारी फाइदा

by
१० पुस २०८०,
0
प्रेममा पर्दा स्वास्थ्यमा हुने चमत्कारी फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न नौ वटा फाइदा यस्ता छन्ः

छालामा चमकः मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ। आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ। विज्ञहरूका अनुसार मायामा पर्दा शरीरले इन्डोरथिन्सलगायतका हर्मोन निष्कासन गर्छ। यसले पीडा बोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ।

डिप्रेसन जित्ने शक्तिः माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। वैज्ञानिकहरूका अनुसार मायाले इन्डोरथिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्‍याउँछ। शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुर्‍याउँछ।

कमजोरीबाट टाढै राख्छः अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरूमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रूपमा कम हुन्छ। यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन्।

रक्तचाप घटाउँछः एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ।

तनाव घटाउँछः मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो। राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ। यसबाहेक तपाईं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ।

उपचार छिटोः हो, मायाले उपचार छिटो हुने वैज्ञानिक रूपमै प्रमाणित भइसकेको छ। अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो। नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ। निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरू खुम्चिने भएकाले पनि उनीहरूको उपचार ढिलो हुन्छ।

दीर्घायुको अवसरः विज्ञहरूका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरू धेरै वर्ष बाँच्छन्। मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुख आदानप्रदान गर्ने अवसर दिन्छ। जोडीमध्ये एउटालाई समस्या पर्दा अर्कोलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ।

शारीरिक तन्दुरुस्तीः सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ।

Previous Post

यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)

Next Post

प्रियंका कार्की फिचर्ड कमल मान सिंहको ‘मायालु’

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
आर्थिक

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

१५ असार २०८३,
Load More
Next Post
प्रियंका कार्की फिचर्ड कमल मान सिंहको ‘मायालु’

प्रियंका कार्की फिचर्ड कमल मान सिंहको ‘मायालु’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In