पोखरा, २१ कात्तिक । नेकापा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनले देशको राजनीतिक भविष्य निर्धारण गर्ने बताएका छन् । एमाले कास्कीका अगुवा कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्र गर्न सक्ने दावी गरे । मंसिर ४ गतेको निर्वाचनमा एमालले वहुमत ल्याउने जिकिर समेत ओलीको छ ।
नेपालको भूमि वार्तावाट नै भारतसँग फिर्ता लिने आश्वासन समेत ओलीले कार्यकर्तालाई दिएका छन् । राष्ट्रिय सम्मान, स्वाधीनता र राजनीतिक स्थीरताका कै लागि एमाले लडिरहेको र अवको निर्वाचनले पनि यिनै कुराको निर्धारण गर्ने बताउनुभयो ।एमाले कुनै विदेशी शक्तिसँग झुक्दैन, जनताको शिर सधै ठाडो बनाउन चाहन्छ अध्यक्ष ओलीले भने लिपुलेक, लगायतको गुमेको भूभाग फिर्ता गरेरै छाड्छौ नेता ओलीले भन्नुभयो–राष्ट्रिय स्वाधीनताका लागि एमालले आगामी निर्वाचनमा बहुमत ल्याउनै पर्छ ।
पाँच दलीय गठबन्धनले नीति र कार्यक्रम नै नभएको दिशाहिन घोषणा पत्र सार्वजनिक गरेर जनतालाई अल्मल्याउन खोजेको अरोप ओलीको छ । कुनै सत्याता नभएका सर्वे गरेर एमालेको काँग्रेसको हाराहारिमा सिट संख्या आउछ भनेर आँकलन गर्नु मिथ्या हो, एमालले बहुमत ल्याउछ ओलीको दावी थियो । योगदान बीनाका पत्रकार र बुद्धिजीवीहरु सडकमा प्रधानमन्त्री हुन्छु भन्दै चुनाव लडेका छन, उनीहरुको कुनै अर्थ छैन, अध्यक्ष ओलीले भने– प्रधानमन्त्री हुन कति योगदान चाहिन्छ त्यो उनहिरुले बुझेका छैनन,। म १४ वर्ष जेलनेल खाएर आएको मान्छे हुँ नेता ओलीले भने–योगदान बीना नै भर्खरै आएर प्रधानमन्त्री आट गर्दै छन् ।
एमाललेले निर्वाचन जितेपछि २० कुरा जनताका लागि ग्यारेन्टी गर्ने आश्वासन समेत उनले दिए । मासिक एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले दिनको एक सय रुपैयाँ पुगेको छ, अध्यक्ष ओलीले भने– भ्रष्टाचार मंहगी नियन्त्रण र कुनै पनि मानिस खान नपाएर मर्न नपरोस भनेर विभिन्न कार्यक्रम एमालेले अगाडि सार्छ नेता ओलीले भने । निर्वाचन पछि पाँच दलीय गठबन्धनमा प्रधानमन्त्री को हुने भन्ने विषयमा झगडा मच्चिने भनाई ओलीको छ । एमाले नेता खगराज अधिकारीले देशलाई समृद्धिको बाटोतर्फ अगाडि वढाउन एमाले सक्रिय भएर लाग्ने बताए । गरिवीको रेखामुनी रहेको जनताको जीवनस्तर उकास्ने, मंहगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण गर्न एमाले अगाडि वढ्ने भनाई अधिकारीको छ ।













