• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो बन्नेछ ?

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

by
९ कार्तिक २०७९,
0
सयपत्री फूलको माग बढ्यो, एउटा मालाको कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन – भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो।

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपेका छन्। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ। पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो।”

कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए। तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ। जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उनले बताए। पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन्।

चितवनमा यो पेसा गरेको पाख्रिनले पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए। यसका लागि उनले शिक्षण पेसासमेत छोडे। बीस वर्ष अगाडि उनले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउँथे। मानविकी सङ्कायमा स्नातक गरेका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउँथे तर, उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन।

उनी भन्छन्, “फूलसँग रमाउने मेरो रुची हो। सानैदेखि फूल प्रति मेरो मोह नै छ। मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ। जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ।”

यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोचेका थिएनन्। उनले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौँमा फोटो सम्बन्धि पढाए। यसले पनि उनको तिर्खा मेट्न सकेन। अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याए। पुष्प किसान बन्ने निधो गरे। त्यसयता उनी फूलसँग नाता गासेर रमाउँदै छन्। यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ। उनीहरुका दुई छोरी र दुई छोरा छन्।

फूलको माग पुर्‍याउन धौधौ

पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेको छ। “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन। १० हजार माला मात्र बेचे मुनाफा रु दुई लाख हुन्छ। चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उनले भने।

बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ। फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ।

रोजगारीको राम्रो अवसर
६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन्। जो अहिले व्यावसायिकरुपमा फूलखेती गरिरहेका छन्। पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन्। मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन्। जसले खाली समय उपयोगसँगै आर्थिकरुपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउँछन्।

“विगत तीन वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्नेलगायतको काम गर्दै आएका छौँ। घर खर्च, छोराछोरीको टिफिन खर्च आफैँले पुर्‍याउन सक्दा खुसी लाग्छ”, उनले भने। भीममायासँगै सन्तमाया थापामगर, विसरा थापामगर, फूलमाया रानामगर, सीता सुवेदी, सुमित्रा भण्डारीलगायत पाख्रिनको फूलबारीमा काम गर्दै आएका छन्। उनीहरुलाई घरपरिवारको रोकटोक छैन।

स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउँछन्। तीन महिनादेखि पाख्रिनको फूलबारीमा काम गर्दै आएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गरिन्। “आफ्नै लगानी गरेर केही गरुँ भने रकम छैन। केही व्यवसाय छन् तर बाह्रै महिना काम दिन सक्दैनन्। काम नपाएको समयमा खाली बस्नु पर्छ”, उनले भने।

फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलको खेती गरिएको छ। यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिए। मखमली फूल भने कमै लगाइएको छ। जिल्लामा १२ जना व्यावसायिकरुपमा फूल खेती गर्दै आएका छन्। तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी रहेको श्रेष्ठको भनाइ छ।

Previous Post

बेलायती प्रधानमन्त्री बनेका सुनकले बनाए रेकर्ड

Next Post

राष्ट्रपतिले दिइन् नेपाल संवत्को शुभकामना

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो बन्नेछ ?

३ चैत्र २०८२,
सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
आवाज

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

३ चैत्र २०८२,
पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो
आवाज

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

३ चैत्र २०८२,
शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
Load More
Next Post
राष्ट्रपतिद्वारा ६८१ जना कैदीलाई आममाफी

राष्ट्रपतिले दिइन् नेपाल संवत्को शुभकामना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In