• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

metakhabar by metakhabar
३ चैत्र २०८२,
0
शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  काठमाडौँ महानगरपालिका­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन् ।

गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले ब्रस चलाउँदै स्वयम्भूलाई आफ्नै स्कुलको भित्तामा उतारिरहनुभएकी काफ्लेले भन्नुभयो, “मलाई भित्तामा चित्र बनाउँदा आनन्द आइरहेको छ, सुरुमा प्राविधिक कुरा सिक्यौँ, अहिले फिल्डमै भित्तामा चित्र बनाइरहेकी छु, यसले कला सिक्ने मेरो चाहना पूरा गरिदिएको छ ।”

यहाँका विद्यार्थीले समूह बनाएर फोहर भित्ता सजाएका छन् । समूहमै सहभागी भएर चित्र कोरिरहेका भानु साउद भन्नुहुन्छ, “भित्तामा चित्र कसरी बनाउने, आउटलाइन कसरी तान्ने, रङ कसरी भर्ने ? सबै सिकेपछि चित्र कोर्न थालेका हौँ ।”

केही विद्यार्थीले छेउमै बालबालिका खेल्दै गरेका चित्र बनाए । उनीहरुले बनाएको अर्काे भित्तेचित्रमा फूलमा मौरी घुमिरहेको थियो । अर्काे चित्रमा नेवारी महिला र धिमे बाजा देखिन्थ्यो । मुख्यगरी जनजीवन, संस्कृति र सम्पदालाई उनीहरुले भित्तामा सजाएका थिए । सिकाइरहेका कलाकार रोजन खड्काले ४ देखि ८ कक्षाका विद्यार्थीलाई शिक्षामा सीप कार्यक्रमअन्तर्गत कला शिक्षा दिइरहेको बताउनुभयो । हरेक शुक्रबार यसरी नै सिकाइने गरिएको उहाँ बताउनुहुन्छ ।

शिक्षिका विन्देश्वरी महर्जन उक्त स्कुलमा पहिलोपटक यो कार्यक्रम चलाएको र यसलाई निरन्तरता दिन सके राम्रो हुने बताउनुहुन्छ । “विद्यार्थीले सिक्न चासो दिएका छन्, यसलाई विद्यालयको पाठ्यक्रममै राख्नसके राम्रो हुन्थ्यो,” उहाँले भन्नुभयो ।

काठमडौँ महानगरपालिकासँग मिलेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उक्त शिक्षामा सीप कार्यक्रम चलाउँदै आएको छ । गत वर्ष चलाएको कार्यक्रम प्रभावकारी देखिएपछि यसवर्ष पनि यसलाई निरन्तरता दिइएको हो । विगतमा त्यसरी बनाएका कला प्रतिष्ठानमा प्रदर्शनीसमेत गरिएको थियो । उनीहरुका चित्र व्यावसायिक चित्रकारका जस्तै देखिन्छन् ।

काठमाडौँ–६ महाङ्कालस्थित जनकल्याण माविका विद्यार्थी पनि कला सिर्जनामा रमाउँदै आएका छन् । उनीहरु कक्षा कोठामै बसेर आर्ट पेपरमा थरीथरीका चित्र कोर्दै गरेका भेट्टिए । कक्षा ९ र १० का ३० विद्यार्थी उक्त कार्यक्रममा सहभागी छन् । महेन्द्र तामाङ र दीपक आउजीले यहाँ विद्यार्थीलाई कला सिकाइरहनुभएको छ । उक्त विद्यालयको कला फोकल शिक्षक दीपक घिमिरे यस्ता कार्यक्रमबाट विद्यार्थीले सिर्जना तिखार्ने अवसर पाउने बताउनुहुन्छ ।

यस्तै, महेन्द्र बौद्ध मावि, बौद्धका विद्यार्थीहरु चन्द्र मगर, अर्पण लामा, दावा शेर्पा र जीवन लामा माटोबाट बौद्ध स्तुपा बनाइरहेका थिए । उनीहरुसहित २४ विद्यार्थीले माटोमा आकार दिइरहेका थिए । पन्ध्र दिनको सिकाइमा उनीहरु विभिन्न चित्राकृति र मूर्ति बनाउन सक्ने भएका छन् । स्कुलका शिक्षक खेमनाथ सापकोटा यो कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकास भएको बताउनुहुन्छ ।

“रङमा खेल्दा विद्यार्थीले रमाउँदै सिक्ने अवसर पाएका छन्, यस्ता कार्यक्रम आवश्यक छन्, पढाउँदा जबर्जस्ती गर्नुपर्ने जस्तो लाग्ने, तर यो काम भने उनीहरु आफै सिक्न खोज्ने देखिए, यस्ता कर्याक्रमबाट सिकाइ प्रभावकारी हुन्छ,” शिक्षक सापकोटाले भन्ुनभयो ।

यसैगरी, विद्यार्थीले टङ्गला स्कुलमा पनि भित्ते चित्र बनाएका छन् । पीपलको रूखमुनि गौतमबुद्ध बसिरहेका सुन्दर भित्ते चित्रसहित प्रकृति र जनजीवनका चित्र उनीहरुले बनाएका छन् । विद्यार्थीहरु कला सिर्जना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन् । यसले भविष्यमा उनीहरुलाई बाटो देखाउन सहज हुने विश्वास गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको विद्यार्थीहरुले कला सिकिरहेको बताउनुहुन्छ । विद्यालयतहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उहाँले यसलाई एउटा छुट्टै कोर्सका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो ।

काठमाडौँ महानगर र ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम सुरु भएको हो । यो कार्यक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने उद्देश्य महानगरले पूरा गरिदिएको प्रतिष्ठानले जनाएको छ । अहिले २६ स्कुलका विद्यार्थी भित्तेचित्र कोर्न सिकिरहेका छन् भने १७ विद्यालयका विद्यार्थी चित्रकला र मूर्तिकला सिकिरहेका छन् । हरेक विद्यालयमा २० देखि ३० विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् ।

Previous Post

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

Next Post

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

metakhabar

metakhabar

सम्बन्धित खबर

परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
Load More
Next Post
पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In