• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफ्नो पार्टीले सबै विधानसभा छोड्ने पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा घोषणा

by
११ मंसिर २०७९,
0
इमरान खान सवार विमानको किन आकस्मिक अवतरण ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र विधान सभाबाट बाहिरिने घोषणा गरेका छन् । विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत भएका थिए ।

उनको दल अहिले प्रतिपक्षमा छ । उनले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधि निर्वाचनको माग गर्दै आएका छन् । यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान प्रधानमन्त्री सरिफले उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

वर्तमान सरकारले अर्को निर्वाचन सन् २०२३ मा तोकिएकै मितिमा हुने बताएको छ । खानले गत महिनाको अन्त्यतिर पूर्वी शहर लाहोरबाट इस्लामावादतर्फ विरोध प्रदर्शन सुरू गरेका थिए । विरोध अभियानका क्रममा केही हप्ता पहिले उहाँको गाडीलाई लक्षित गरी गोली चलाउँदा घाइते भएपछि खानले व्यक्तिगत रूपमा अभियानको नेतृत्व गर्न असमर्थ बनेका थिए ।

उक्त आक्रमणमा खानका एक समर्थकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । बन्दूकधारी आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार राति इस्लामावाद नजिकैको रावलपिण्डी शहरमा खान पुनः विरोध प्रदर्शनमा सामेल हुँदै विधान सभाबाट बाहिरिने घोषणा गरेका हुन् ।

उनले आफ्ना हजारौं समर्थकलाई आफ्नो तेहरीक–ए–इन्साफ पार्टीले सबै क्षेत्रीय र राष्ट्रिय सभाहरू छोडेर यो ‘भ्रष्ट प्रणाली’ नसच्चिँदासम्म यसबाट बाहिर निस्केको बताएका छन् । उनको पार्टीका सांसदले गत अप्रिलमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनुअघि नै सामूहिक रूपमा विधान सभाबाट राजीनामा दिएका थिए ।

खानको गढ खैबर पख्तुनख्वाको उत्तरपश्चिमी प्रान्तमा पर्छ र पन्जाब विधानसभाबाट बाहिरिएपछि उनका प्रतिद्वन्द्वीहरूलाई सत्ता हस्तान्तरण हुनेछ । आफ्नो भाषणको अन्त्यतिर खानले मध्यावधि निर्वाचनको मागबाट पछि हट्दै आफ्नो पार्टीले नौ महिनापछिका लागि तय भएको निर्वाचन जित्ने बताएका छन् ।

उनले अब राजधानीमा यसअघि घोषणा गरेको विरोध प्रदर्शन नगर्ने पनि बताएका छन् । खानले भने– “सरकार इस्लामावादमा मार्चको सामना गर्न सक्दैन, सरकारले चाहेजति धेरै पुलिसलाई बोलाउन सक्छन्, तर उनीहरूले लाखौं आन्दोलनकारीलाई इस्लामावादमा प्रवेश गर्नबाट रोक्न सक्दैनन् ।” उनले थपे– “यस परिस्थितिमा हामीले श्रीलङ्काजस्तो अवस्था सिर्जना गर्न सक्थ्यौं । मैले इस्लामावादमा मार्च नगर्ने निर्णय गरेको छु किनभने म देशमा अराजकता मौलाओस भन्ने चाहन्नँ । म यो देशलाई कुनै हानि गर्न चाहन्नँ ।”

आर्थिक सङ्कटका कारण खाद्यान्न र औषधिजस्ता अत्यावस्यक वस्तुको अभाव भएको भन्दै महिनौंदेखि जारी विरोध प्रदर्शनपछि जुलाईमा हजारौं श्रीलङ्काली नागरिकले राष्ट्रपति निवासमा धावा बोलेर तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न र पछि राजीनामा दिन बाध्य पारेका थिए ।

खानले आफ्ना मुख्यमन्त्री र संसदीय दलसँग भेटघाट गर्ने र बाहिरिने समय घोषणा गर्ने बताएका छन् । खानको कार्यकालमा देशको गुप्तचर एजेन्सी सञ्चालन गर्ने तर तत्कालीन प्रधानमन्त्रीबाट कुनै स्पष्टीकरण नदिई बर्खास्त गरिएका नयाँ सेना प्रमुख असिम मुनीरको नियुक्ति भएको केही दिनपछि शनिबार राति उक्त र्याली निकालिएको हो ।

मुनीरले जनरल कमर जावेद बाजवाको स्थान लिएका छन् । बाजवालाई खानले आफुलाई हटाउन भूमिका खेलेको आरोप पनि लगाएका छन् । बाजवाले भने पूर्व प्रधानमन्त्रीको उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

Previous Post

चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

Next Post

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

३ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
Load More
Next Post
विवाह पञ्चमी पर्व देशभर मनाइँदै

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In