काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशका सबै क्षेत्रमा समस्या नै समस्या चुलिएको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्धोन गर्दै उनले यस्तो बताएका हुन् । विकास निर्माण ठप्प भएको, कृषिका लागि मलसमेत नपाउने अवस्था रहेको, नागरिकता बन्नासाथ युवाले आमाबुबाको काख त्यागेर काम र दामकाका लागि विदेश जानुपर्ने अवस्था रहेकोलगायत अनेक समस्या चुलिँदै गएको उनले बताए ।
राप्रपाले राष्ट्रियता, सुशासन र जनताको जनजीवनका तमाम समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे ।













