• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जीवन बिमा एक विज्ञान 

by
१५ बैशाख २०८०,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उड्दै गरेको चराले चुच्चोमा च्यापेको चारो आफ्नो लागी  हैन रहेछ । मुसल धारे पानी परिरहेको बेलामा रुखको एउटा हाँगोमा गुँडलाई आफ्नो पखेटाले झ्याप्प छोपेर रुझी रहेको चरा ओत लाग्ने ठाउँ नपाएर हैन रहेछ । मौरीले चाका भरी डम्म हुने गरी जगेडा गरेको मह मान्छेले डकैत गरेर लग्ला भनेर होइन रहेछ । आखिर किन हो रहेछ त यी सब ?

“माया” संसारमा माया कै अभ्यासले गर्दा त्याग र बलिदान भन्ने शब्दको उत्पत्ति भएको हुनपर्छ । चराले गुँडमा च्या च्या गरिरहेको आफ्ना बचेराहरूको मुखमा चारो खसाले पछि प्राप्त गरेको आनन्दको अनुभूति बचेराहरूको तृप्ति भन्दा कैयन गुणा अधिक छ होला । मुसल धारे पानीमा रुझ्दै गर्दा निथ्रुक्क भिजेको आफैलाई बिर्सेर बचेराहरूको हिफाजतमा लाग्नु चराको बाध्यता नभई आफू अभिभावक हुनुको बोध अनि आफ्ना बचेराहरू ओभानो र सुरक्षित राख्न सक्नुको सन्तुष्टि पनि होला । त्यस्तै चाका भरी महको जगेडा गर्दै आफ्नो घारको तमाम सदस्यहरूको भविष्य  सुनिश्चित गर्नु मौरीको सन्तुष्टि नै त होला ।

चारोको खोजीमा निस्केको चरा, सिकार को खोजीमा निस्केको सिकारीको सिकार हुनु चराको परिवारको समाप्ति मात्रै होइन चराले गरेको सम्पूर्ण त्याग र बलिदान बाट सृजित मायाको पनि पूर्ण खती हो । यदि ती निर्दोष जीवहरूले जीवन बिमाको विज्ञान जानेका हुन्थे र यसको रूपान्तरित अभ्यास उनीहरूको जीवनमा सम्भव हुन्थ्यो होला त सायद चराको जीवनको अन्त्य भए ता पनि बचेराहरूको जीवनको हिफाजत अवश्य हुने थियो होला …………

पङ्क्तिबद्ध जिम्मेवारीहरूको सृखंलालाई क्रमबद्ध रूपमा व्याख्या गर्दै यसको पालनाका निम्ति कटिबद्ध भई दिनरात कर्ममुखी मैदानमा होम्मीनु  नै मानव जीवनको उद्देश्य बनिसकेको छ  । एकातिर परिवारको माया अर्को तीर धन कमाएर समृद्ध हुने मोह, यो माया र मोह बिचको महाभारत धेरै जानाको मनको कुरुक्षेत्रमा घमासानै पर्ने गर्दछ, जहाँ प्राय प्राय मोहले विजय हासिल गरेको देखिन्छ । केही वर्षका लागी मायाको बाढीलाई धैर्यताको बाँधले बाँधेर मनग्य धन कमाउने आसमा परदेशीने नेपाली जनशक्तिहरू पनि धेरै नै छन् । ४० कटेसी रमाउँला भन्ने गीत यत्तिकै लोकप्रिय भएको पनि त होइन नि । खैर माया र मोह बिचको यो लडाइँमा पारिवारिक भविष्य सुनिश्चितताको निम्ति नै मोहको जित भएको स्पष्ट हुन्छ ।

बर्तमानमा हाँसिलभएकाे सहजताका कारण मानिसहरू भविष्य प्रति खासै सजग हुन चाँहदैनन् । पुरुष प्रधान देश भएको कारण पनि परिवारको हिफाजत हाम्रो देशमा एउटा पुरुषको पुरुषार्थ सँग प्रत्यक्ष रूपमा सम्बन्धित मानिन्छ ।पुरुषार्थ  को कुरा उल्लेख गरी रहँदा परिवारको मूल अभिभावक पुरुष नै हुन पर्छ भन्ने चाहिँ होइन । हरेक व्यक्ति जसले परिवारमा मुख्य आर्थिक स्रोतको रूपमा भूमिका निर्वाह गरेको हुन्छ उही नै परिवारको हिफाजतकर्ता हो र प्रमुख पनि । विशेष गरी पारिवारिक दायित्वहरूको सृखंलाको पहिचान गर्दै यसको क्रमिक सम्बोधन गर्न सक्षम हुनु नै सफलता प्राप्तिको अभ्यास हो साथै आत्मिक शान्तिको सूचक पनि हो । आफन्तको फिक्री गर्ने र आफ्ना कै उपलब्धिमा बढी सन्तुष्ट हुने स्वभावले पनि मानव एक सामाजिक प्राणी हो, जो आफ्नो भन्दा पनि आफ्नाका लागी बढी चिन्तित रहन्छ भन्ने प्रमाणित हुन्छ ।

इलेक्ट्रोकाड्रियोग्राम  को रिपोर्टमा मुटुको चाल अनुसार बनिने ग्राफको चित्र र विगतको घटना क्रम अनुसार जिन्दगीमा घटित उतार चढावको चाल दर्सिने गरी समयले कोरेको ग्राफ चित्र, यी दुवै चित्रहरूमा तल पुगेर फेरी माथि अनि माथि पुगेर फेरी तल जिकज्याक भइरहेको उतार चढाव लगभग उस्तै उस्तै नै देखिन्छ होला । मुटुको धड्कनको रिदम अनुसार मुटुको चाल सच्याउने उपाय त डाक्टर सँग होला तर जिन्दगीमा आउन सक्ने भावी उतार चढावहरू प्राय प्राय आफ्नो नियन्त्रण भन्दा बाहिर नै हुन्छन् । जिन्दगीको यात्रामा समयले जुधाइ दीने समस्याहरू सँग सबैले जुध्नु नै पर्ने हुन्छ ।

भोलिको दीनमा के होला ? आफ्नो भविष्य कस्तो होला ? बिहे कहिले होला ? छोरा होला कि छोरी होला ? यी प्रश्नहरूको सवाल गर्दै ज्योतिषीहरू सँगबाट जवाफ पाउन हामी सबैलाई रमाइलो पनि लाग्छ । ग्रह दशा आदीका लागी गुरुहरूको सुझाव अनुसार ग्रह शान्ति, मन्त्र जाप लगायतका केही धार्मिक उपायहरूको अवलम्बन हामीले गर्ने गरेका छौँ र अझै पनि गर्छौ । किनभने भविष्य अनिश्चित छ र भविष्य सँग हामीलाई भय पनि छ । नहोस् पनि किन ? इसीजी  को रिपोर्ट झैँ उतार चढाव जो भोग्नु पर्नेछ ।

हामी समयलाई यात्रा गर्ने यात्री हौँ । समय सँगै अवस्था र अनुकूलताको पनि परिवर्तन भई रहन्छ । आर्थिक पक्ष जीवनमा अति नै महत्त्वपूर्ण हुन्छ । जिम्मेवारीहरूको सृखंलाहरुलाई सम्बोधन गर्ने क्रममा अर्थ र अर्थको स्रोतले नै विशेष भूमिका खेल्दछ । सम्भाव्य भावी हलचलहरूलाई  नियन्त्रण गर्न असम्भव छ तर ती हलचलबाट आर्थिक पक्षमा पर्न जाने भावी कहरहरूलाई अहिलेको आफ्नो हैसियत अनुसार बर्तमानमै योजना गरी निरन्तर र अनुशासित बचतको सहाराले केही हद सम्म सन्तुलित भने जरुर गर्न सकिन्छ ।

अनिश्चित भविष्यमा अन्योलको अवस्था सृजित नहोस् भन्ने अभिप्रायले बर्तमानका तमाम जिम्मेवारीहरूलाई मौद्रिक मूल्यमा रूपान्तरण गरी सोही बरावरको बिमाङ्क राखेर एक कुशल र अनुभवी जीवन बिमाकर्मी सँगको सरसल्लाह बमोजिम आफूलाई एकदमै सहज र अनुकूल हुने बिमा शुल्कको निर्धारण गरेपश्चात् जीवन बिमा कम्पनीमा खर्च होइन मुनाफामा सरिक हुने आकर्षक बचतको स्किम छनौट गरौँ ।

जीवन बिमा बारे बुझ्दा सबैलाई तत्कालै जीवन बिमा गरीहाँलौ भन्ने लाग्छ, प्रस्ताव फारमहरू पनि भरिहालिन्छ तर बिमा शुल्क बापत नगद बुझाउने बेलामा केही दिन, हप्ता वा महिना गर्दा गर्दै बर्षौ बित्न सक्छ । तसर्थ मनग्य आम्दानी आर्जन गरेर जीवन बिमा गर्ने बिचार नराख्नु होला । बरु आफ्नो मासिक आम्दानी लाई खर्च र बचतको शीर्षकमा मात्रै सीमित नराखी, एक महत्त्वपूर्ण शीर्षक “बिमा बचतको” शीर्षकलाई पनि थप गर्ने अभ्यास तुरुन्तै शुरू गरिहाल्नु होला । बिमा त एउटा बचतको स्वरूप पो हो त, यस्का लागी महिना भरी आफूले गरिने खर्च र बचत दुवैलाई राम्रो सँग पहिचान गरी, घटाउन वा कटौती गर्न सकिने केही खर्चका शीर्षकहरू वा नियमित बचतकै केही भागलाई  “बिमा बचतको” शीर्षकमा प्रतिस्थापन गर्न सके बिमाको बचत कसैका लागी पनि कठिन नबन्ला ।

अन्त्यमा जीवन बिमा अन्त्येष्टिको लागी भुक्तान गर्ने बारेमा मात्र होइन, यो तपाईंका प्रियजनहरूलाई वित्तीय सुरक्षा प्रदान गर्ने बारेमा पनि हो । बिमाको विज्ञान सुरक्षाको  विज्ञान हो । यो भन्दा महँगो यदि केही छ भने त्यो जीवन बिमा नहुँदाको लागत नै हो । आफ्ना परिवार सुरक्षित छन् भन्ने एउटा भरपर्दा आश्वासनले मात्रै पनी मन मस्तिष्कमा एक प्रकारको अद्भुत शान्तिको अनुभुती हुन्छ । परिवार प्रतिको चिन्ताले हाम्रो आधा ध्यान हमेसा उनिहरू तिरै खिचिरहेको हुन्छ । चिन्तालाई कम गर्न साथै आ-आफ्ना प्याराहरूको  भविष्य सुनिश्चित गरि परिवार र आफू बिचको माँया र भरोसाको कडि थप मजवुत पार्न आजै भरपर्दाे जीवन बिमा कम्पनीमा गई, खर्च होइन नियमित र अनुशासित बचतको माध्यमबाट आफुले गरेको बचत बापतको बोनश समेत एकमुष्ट आफैले फिर्ता पाइने गरी, आफ्नो परिवार प्रति निर्वाह गर्दै आउनु भएको आफ्ना आधारभुत दायित्वहरूलाई  हस्तान्तरण गरेर आफ्नो मन हलुङ्गो बनाइहाल्नु होला ।। यसरि हलुगों भएको तपाईंको मनले तपाईंलाई आफ्नो काम प्रति थप सृजनशिल त बनाउँछ नै साथै  बृहत् उपलब्धि हाँशिल गर्न भरपर्दा सम्भावनाहरूको खोजी गरि उत्तम विकल्पको छनोट गर्दै संभावनालाई  बास्तविक्तामा परिणत गर्न समेत प्रभावकारी रूपमा मद्दत गर्नेछ ।।

सम्पुर्णमा शुभकामना  ।।

सौरभ ढकाल                                                नेपाल लाइफ इन्स्योरेन्स                                       चन्द्रगढी शाखा प्रमुख

 

 

 

 

 

Previous Post

कपन हत्या प्रकरण : एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन

Next Post

अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता

अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In