“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरु द्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालय लाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठथान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । मन्दिर परिसर भित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथाअन्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । टीकापुर शाखाका प्रमुख पदमबहादुर कठायत र टीकापुर नगरपालिका वडा नं ०१ का वडाअध्यक्ष ्मोहन बि.क.ले सयुक्त रुपमा जालवा देवि सेवा समितिकाअध्यक्षश्री हर्क बहादुर रावललाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरि बैंकको महेन्द«नगर शाखाद्वारा समाज कल्याण अञ्चलबाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामाग्री तथा अन्य आवश्यक सामाग्राी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभुत आवश्यकता परिपुर्ति गर्नका लागि बैंकले आनाथालयलाई उक्तसहयोग गरेको हो । महेन्द«नगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्लाअधिकारी गोपाल प्रसाद अर्यालले सयुक्त रुपमा समाजकल्याण अञ्चलबाल अनाथालयका कार्यवाहकअध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
उल्लेखित कार्यक्रम सँगसगै बैकको डडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिकआधारभुत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको हो । सुदुर पश्चिमप्रदेशका नायव प्रदेश प्रबन्धकतथा डडेलधुर शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ ।













