मुन्शी प्रेमचन्दका केही अमर वाणीहरु
१. जुन साहित्यले हाम्रो सुरुचि जाग्दैन, आध्यात्मिक र मानसिक तृप्ति हुँदैन, शक्ति र गति पैदा हुँदैन, हाम्रो सौन्दर्यप्रेम जाग्दैन, जसले हामी भित्र सच्चा संकल्प र सङ्कटलाई जित्ने दृढता उत्पन्न गर्दैन त्यो हाम्रो निम्ति व्यर्थको छ र त्यो साहित्य कहलाने अधिकारी छैन ।
२. मानिस स्वभावले देवतातुल्य छ । जमानाको छल–प्रपञ्च अथवा परिस्थितिको वशीभूत भएर उसले आफ्नो देवत्व हराउँछ । साहित्यले त्यही देवत्वलाई आफ्नो स्थानमा प्रतिष्ठित गर्ने चेष्टा गर्दछ । उपदेश दिएर हैन, दण्ड दिएर हैन, भावलाई स्पन्दित गरेर, मनका कोमल तारलाई चलाएर प्रकृतिसँग सामन्जस्य उत्पन्न गराएर । हाम्रो सभ्यता साहित्यमा नै आधारित छ ।
३. हाम्रो साहित्यले आज पनि यदि उन्नति गर्दैन भने त्यसको कारण यो हो कि हामीले साहित्य रचनाको कुनै तयारी गरेनौँ । दुई–चार भनाई याद गरेर नै वैद्य बनेर बस्यौँ ।
४. साहित्यले हाम्रो जीवनलाई स्वाभाविक र स्वाधीन बनाउँछ ।
५. साधारणतः युवावस्थामा हाम्रो दृष्टि पहिले विध्वंस गर्नतिर उठ्छन् । हामी सुधार गर्ने धुनमा अन्धाधुन्ध तीर हान्न थाल्छौँ । विशेषज्ञ बन्छौँ । तर स्थायी साहित्यले विध्वंश गर्दैन, निर्माण गर्दछ । मानव चरित्रको दोष औँल्याउँदैन, त्यसको उज्ज्वल पक्ष देखाउँछ । घर लडाउने इन्जिनियर हुँदैन, उसले त निर्माण गराउँछ ।
६. अन्यायले मनुष्य जातिमा विद्रोहको भावना उत्पन्न गरेर समाजको ज्यादै उपकार गरेको छ ।
७. कुनै अन्याय केवल यस कारण स्वीकार गर्न सकिन्न कि मानिसले त्यसलाई परम्परादेखि सहँदै आएका छन् ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













