• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

by
२२ बैशाख २०८०,
0
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो “ लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ । ” २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले बुद्धसँग सम्बन्धित क्षेत्र लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरेर यस क्षेत्रको दिगो विकाससहित बृहत्तर लुम्बिनी क्षेत्रका रूपमा अघि बढाएकोे जानकारी दिनुभयोे ।

उहाँले सम्पूर्ण मानवजातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घसंस्थाको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गरिने जानकारीदिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सम्राट अशोकले इसापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एकवटा गरी जम्मा तीनवटा स्तम्भ स्थापना गर्नुभएको उल्लेख गर्नुहँुदै ती स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भएको बताउनुभयो । “नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले बृहत्तर लुम्बिनीलाई बुद्धको भूमि बनाएको र यस्तो तीर्थस्थल जहाँ एक घन्टाको यात्राबाट तीनवटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहीँ पनि पाउन सकिँदैन”, उहाँले भन्नुभयो, “त्यसैले बृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिशयोक्ति हुँदैन ।”

उहाँले नेपाली भूमिमा बुद्धको जन्म हुनु नेपाल र नेपालीका लागि गर्वको विषय भएको र उहाँको जन्मले नेपाललाई विश्वमा चिनारीमात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताउनुभयो । “ंससारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला रु अन्दाज गर्न पनि गाह्रो छ”, उहाँले भन्नुभयो, “तर अनुमानमात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । वर्तमान सरकारले यस तथ्यलाई हृदयङ्गम गरी कार्य अगाडि बढाउने छ ।”

प्रधानमन्त्री दाहालले पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आइएको उल्लेख गर्नुहँुदै भन्नुभयो ,“पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैभवशाली र गौरवशाली दुवै छौँ ।”

उहाँले किरात दर्शन, बुद्ध दर्शन, षड्दर्शनलगायतका नेपाली दर्शनमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू रहेको र तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवद्र्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले आफ्नो मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न नसकिने बताउनुभयो । “ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभव हामी सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्”, उहाँले भन्नुभयो, “हामीले हाम्रो विशिष्टता र मौलिकताको संवद्र्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।”

प्रधानमन्त्री दाहालले मौर्या वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिमार्गमा प्रवेश गर्दा जीवनको उत्तराद्र्धमा बुद्धको अनुयायी भएको जनाउँदै माओवादी जनयुद्धको सन्दर्भमा समेत विशेष स्मरणीय रहेको बताउनुभयो । उहाँले नेपाली समाजको आमूल परिवर्तनका लागि गरिएको जनयुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रुपान्तरण हुनु क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्व विस्तृत शान्ति सम्झौतामार्फत क्रान्ति र शान्ति एकअर्काका पूरकका रूपमा व्यवहारसिद्ध गरेको बताउनुभयो ।

“राजनितिक, सामाजिक र आर्थिक रुपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाबाट हामी प्रभावितमात्र नभएर हाम्रो विशिष्ठता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निमित्त अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ र यसलाई बुझ्न जरुरी छ”, उहाँले भन्नुभयो, “तर यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्व शान्तिका निम्ति स्वामित्व लिनुपथ्र्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ । यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपिल पनि गर्दछुु ।”

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताउनुभयो । लुम्बिनी विकास कोषमा विकृति, विसङ्गति रहेको जनाउँदै लुम्बिनीको विकासका लागि अवसर र चुनौती दुवै रहेको बताउनुभयो ।

उहाँले आगामी जेठ १६ गतदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट नेपाल वायुसेवा निगमका जहाज चल्ने बताउनुभयो । उहाँले यसबाट लुम्बिनी र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालसँग क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मेवारी रहेको मन्त्री किरातीले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनि अघि बढ्न नसकेकाले अघि बढाउन सङ्घीय सरकारलाई अग्रह गर्नुभयो । उहाँले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकर्षित गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो । बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरू निर्माण र हरेक महिना पूजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभयो । लुम्बिनीको धार्मिक पर्यटनबाट देशको आर्थिक विकासमा कायापलट गर्न सकिने औँल्याउँदै उहाँले लुम्बिनी विकास कोषको विनियमावली र विधान संशोधन गरी प्रदेश र स्थानीय सरकारले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भिक्षु मेत्तैयले लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वभरका करिब चार अर्ब बौद्ध धर्मावलम्बी रहेका उल्लेख गर्दै उनीहरूलाई बुद्ध सर्किटमा आकर्षित गर्न सकिने बताउनुभयो ।

शाक्यमुनि बुद्ध इसापूर्व ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट वैशाख शुक्लपूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन भएकाले यो अत्यन्तै महत्वपूर्ण दिनका रूपमा लिइने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बताउनुभयो ।

Previous Post

हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

Next Post

कृष्णसार संरक्षणमा यूएसएडले सहयोग गर्ने

सम्बन्धित खबर

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
आवाज

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

१ बैशाख २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

१ बैशाख २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
आर्थिक

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

१ बैशाख २०८३,
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
आर्थिक

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

१ बैशाख २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
आर्थिक

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

१ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

१ बैशाख २०८३,
Load More
Next Post
कृष्णसार संरक्षणमा यूएसएडले सहयोग गर्ने

कृष्णसार संरक्षणमा यूएसएडले सहयोग गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In