पोखरा, ७ माघ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त हुनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका बराल पोखरा महानगरपालिका वडा नम्बर–२६ बरालडाँडा निवासी हुनुहुन्छ ।
नवनियुक्त महान्यायाधिवक्ता बरालले शनिबार नै सपथ लिनुभएको छ । बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले सपथ गराउनुभएको थियो । सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीका्े उपस्थिति थियो ।
बरालले कानून र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । हाल उहाँ काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आउनुभएको छ ।













