• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मनसुनी वर्षा : रोपाइँलाई राहत

metakhabar by metakhabar
१३ साउन २०८२,
0
मनसुनी वर्षा : रोपाइँलाई राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  : आइतबारदेखि मुलुकका अधिकांश स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा भएको छ । यसबाट धान रोपाइँलाई आकाशे पानी कुरेर बसिरहेका किसानलाई केही राहत पुग्न सक्ने अपेक्षा गरिएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् । मनसुनमा राम्रो वर्षा हुन नसक्दा मधेस प्रदेशलगायत स्थानमा देखिएको सुक्खापनले यस वर्षको धान उत्पादनमा ह्रास आउन सक्ने भन्दै सरोकारवालाहरू चिन्तित छन् । यही बेला वर्षा सुरू भएसँगै हल्का भए पनि राहत मिल्न सक्ने भन्दै उनीहरूमा उत्साह देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालले आइतबारदेखि मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै यसले धान रोपाइँमा सहजता ल्याउन सक्ने बताउनुभयो । “मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “मधेसमा वर्षा कम हुँदा सुक्खा बढेको थियो । मधेसका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।”

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही भूभागमा मध्यमदेखि भारी वर्षा र मधेस प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी विज्ञप्तिमा उल्लेख छ ।

आज लुम्बिनी प्रदेशमा एक–दुई स्थानमा भारी वर्षा र अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

मधेस प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका प्रवक्ता तथा सूचना अधिकारी सुदीप चौधरीले मधेस प्रदेशका कतै वर्षाले रोपाइँका लागि केही राहत दिए पनि कतै भने वर्षा हुन नसकेको कारण समस्या उस्तै रहेको जानकारी दिनुभयो ।

धान रोपाइँका लागि मनसुन अनुकूल नहुँदा नेपालको पूर्वी तराईको क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ उल्लेखनीय रूपमा घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार मुलुकभर ७८ दशमलव ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्ष भने यही अवधिमा ९२ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । गत वर्षको तुलनामा यस वर्ष १३ दशमलव ७६ प्रतिशत बिन्दु कम रोपाइँ भएको छ ।

मुलुकभर १३ लाख ७८ हजार ९६६ दशमलव ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकोमा हालसम्म १० लाख ८७ हजार १४८ दशमलव ९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो ।

यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ । विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४० दशमलव १८ प्रतिशत बिन्दु कम रोपाइँ भएको छ । गतवर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ५१ दशमलव ८२ प्रतिशत रोपाइँ मात्र भएको हो । यस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६ दशमलव ११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

त्यसपछि सबैभन्दा कम रोपाइँ कोशी प्रदेशमा भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ दशमलव ७३ हेक्टरमध्ये हालसम्म ८० दशमलव ३९ प्रतिशत अर्थात् दुई लाख २२ हजार १९२ दशमलव ५४ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशमा गत वर्ष सोही अवधिमा ९० दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो ।

बागमती प्रदेशमा एक लाख १५ हजार ६२१ दशमलव २५ हेक्टरमध्ये हालसम्म १ लाख १ हजार ६०६ दशमलव ६ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ, जुन ८७ दशमलव १९ प्रतिशत हो । प्रदेशमा गत वर्ष सोही अवधिमा ९० दशमलव ८ प्रतिशत रोपाइँ भएको विभागको भनाइ छ ।

गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टरमध्ये हालसम्म ८४ दशमलव ५३ प्रतिशत अर्थात् ७९ हजार ९१३ दशमलव ६९ हेक्टर क्षेत्रमा रोपाइँ भइसकेको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ९१ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा हालसम्म ९२ दशमलव ०४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमा रोपाइँ हुने गर्छ । प्रदेशमा गत वर्षको यही समयसम्म ९१ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष गत वर्षको तुलनामा यस प्रदेशमा भने रोपाइँ बढेको छ ।

कर्णाली प्रदेशमा ४१ हजार ४२ हेक्टरमध्ये हालसम्म ९१ दशमलव ३८ प्रतिशत अर्थात् ३७ हजार ५०५ दशमलव ७२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशमा गतवर्ष यो समयसम्म ९८ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो । विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा साउन ११ सम्म ९८ दशमलव ९४ प्रतिशत रोपाइँ पूरा भएको छ । प्रदेशमा एक लाख ७६ हजार १५१ हेक्टरमध्ये हालसम्म एक लाख ७४ हजार २८६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशमा गत वर्ष यही अवधिसम्म ९९ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो ।

सातै प्रदेशमा धान रोपाइँको तथ्याङ्कलाई विश्लेषण गर्दा गत वर्षको तुलनामा लुम्बिनी प्रदेशबाहेक अन्य ६ प्रदेशमा कम रोपाइँ भएको छ ।

वैकल्पिक बालीको तयारी

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यो साउन मसान्तसम्म रोपाइँका लागि मनसुन अनुकूल नभएमा वैकल्पिक बालीमा जाने तयारी भइरहेको जानकारी दिनुभयो । “तराईमा सुक्खाका कारण कृषिमा देखिएको असर पत्ता लगाउन र समस्या समाधानमा के गर्न सकिन्छ भन्ने अनुसन्धान गर्न मधेस प्रदेशमा अनुगमन गरेर हामी फर्किएका छौँ”, उहाँले भन्नुभयो, “तत्कालका लागि कुलो, नहर, स्यालो ट्युबवेल र डिप बोरिङ मर्मत गरेर रोपाइँको क्षेत्रफल बढाउने प्रयास गरिनेछ ।”

उहाँका अनुसार मधेसमा सुक्खापनका कारण बीउ सुक्ने, खेतका धाँजा फाट्नेजस्ता समस्या देखिएको छ । मधेस प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका प्रवक्ता चौधरीले सुक्खाका कारण मधेस प्रदेशका कतिपय ठाउँमा धानको बीउ सुकिसकेको र रोपाइँ सम्पन्न भइसकेको स्थानमा सिँचाइको सुविधा नपाएर धानका बिरुवा नै सुक्न थालेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यदि अझै पनि राम्रो वर्षा हुन सकेन भने मधेशमा रोपाइँ उल्लेखनीय रूपमा घट्ने र उत्पादनमा ह्रास आउनेछ । किनभने तत्काललाई वैकल्पिक सिँचाइ सुविधा उपलब्ध गराउन पनि समस्या छ ।” चौधरीका अनुसार सिँचाइको मुख्य स्रोत नदी, ताल, बाँध, नहर, स्यालो ट्युबवेल र डिप बोरिङ रहेका छन् र स्यालो ट्युबवेल निर्माणका लागि आजदेखि सूचना प्रकाशन समेत गरिएको छ ।

कृषि तथा पशुपन्छी डायरी, २०८१ अनुसार हाल कृषि क्षेत्रले राष्ट्रिय कूल ग्राहस्थ उत्पादनको २४.१ प्रतिशत योगदान पुर्‍याउनुका साथै ५०.४ प्रतिशत जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आएको छ । मधेस प्रदेशमा नेपालमा खेती गरिने कूल जग्गाको १६.२५ प्रतिशत जग्गामा खेती हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यस प्रदेशमा कूल जम्मा ५ लाख ४२ हजार ५८० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ भने जम्मा पाँच लाख दुई हजार २२४ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । जसमध्ये कूल तीन लाख ६२ हजार ३४४ हेक्टर जग्गामा बर्खे धानको खेती र २० हजार ८३९ हेक्टर जग्गामा चैते धानको खेती हुने गरेको छ ।

बर्खे धानको उत्पादन १ लाख २७० मेट्रिक टन रहेको छ भने उत्पादकत्व ४.८१ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार यस प्रदेशमा चैते धानको उत्पादन १२ लाख ३७ हजार ४०१ दशमलव ९ मेट्रिकटन र उत्पादकत्व ३ दशमलव ४१ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।

मधेस प्रदेश दोस्रो आवधिक योजना, २०८१/८२–२०८५/८६ अनुसार आ.व. २०७९/८० मा मधेश प्रदेशको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३५.०२ प्रतिशत रहेको छ ।

भूगर्भविद् डा सुवोध ढकालले चुरे विनाशका कारण मधेस तथा तराई क्षेत्रमा सुक्खापन बढ्दै गइरहेको भन्दै चुरे क्षेत्रको संरक्षण गर्न नसके यस्ता समस्या भविष्यमा अझै बढ्न सक्ने बताउनुभयो ।

“चुरे तराईको रिचार्ज जोन हो । चुरेबाट रिचार्ज भएर छिरेको पानी तराईमा पुग्छ । तर चुरेमा भू–क्षय र पहिरोका कारण जमिनमा पानी रिचार्ज हुन सकेन । पानी बाहिरबाट बग्ने र बाढी आउने समस्या भयो,” उहाँले भन्नुभयो, “चुरे क्षेत्रको दिगो संरक्षण गर्न सकेनौं भने तराईमा जमिनमुनिको पानी सुक्दै जानेछ र भविष्यमा पानीको झन् ठूलो समस्या बेहोनुपर्छ ।”

राहतको तयारी

कृषि विभागका उप–महानिर्देशक जगन्नाथ तिवारीले यदि साउन १५ सम्ममा मनसुन अनुकूल नभएमा र रोपाइँ गर्न नपाएका कृषकहरूका लागि राहतको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । “अहिलेको वर्षाले कतिको रोपाइँलाई सहज गर्छ ? हेरौँ । नभए राहत उपलब्ध गराउने विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो, “बीउ जुटाउने हो कि पानीको व्यवस्था गराउने हो कि भन्ने विषयमा छलफल भइरहेको छ ।”

तिवारीले दीर्घकालीन रूपमा सिँचाइको सुविधा उपलब्ध गराउन नसकेमा यस्तो किसिमका समस्या दोहोरिने र मुलुकले धान उत्पादनमा क्षति बेहोनुपर्ने बताउनुभयो ।

Previous Post

नहर छ, पानी छैन

Next Post

स्यालले टोकेर तीन जना घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२७ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२७ फाल्गुन २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
समाचार

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

२७ फाल्गुन २०८२,
काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह
फिचर-ब्यानर

काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

२७ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ फाल्गुन २०८२,
Load More
Next Post
स्यालले टोकेर तीन जना घाइते

स्यालले टोकेर तीन जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In