• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

    कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

metakhabar by metakhabar
२७ फाल्गुन २०८२,
0
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले रास्वपा नेतृत्वको सरकार बनेपनि नेपालको विदेश नीतिमा ठुलो परिवर्तन नहुने स्पष्ट पारेका छन् ।

उनले नेपालको परराष्ट्र नीति संविधान निर्दिष्ट गरेको असंलग्नताको सिद्धान्तमै आधारित हुने बताउँदै विदेशी नीतिमा ठुलो रुपान्तरणकारी किसिमको नीतिगत फेरबदल नहुने जनाएका छन् ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रमुख खनालले रास्वपाको घोषणापत्रमा सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त भएको उल्लेख गरे ।

‘असंलग्न परराष्ट्र नीति, नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमसत्ताबारे संविधानमै स्पष्ट उल्लेख छ। यही नै रास्वपाको कूटनीतिको मूल आधार हुनेछ’ कुराकानीमा उनले भने, ‘यसका साथै आगामी सरकारको जोड आर्थिक कूटनीति र विकास कूटनीतिमा रहनेछ । सभापति रवि लामिछानेले पनि विकास कूटनीतिको कुरा गरेका छन् ।’

रास्वपाले दुवै छिमेकी भारत र चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको पनि खनालले बताए ।

भारत महत्वपूर्ण छिमेकी भएको र भारतसंग सयौँ वर्षदेखि सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै खनालले भने, ‘भूगोलले अत्यन्तै नजिक राखेको भारत र चीन दुवैसँग हामी आपसी सम्मान र नेपालको आर्थिक हितलाई केन्द्रमा राखेर सम्बन्ध अघि बढाउने छौंँ ।’

नेपालले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर एक चीन नीति अख्तियार गरेको जनाउँदै उनले रास्वापाले पनि त्यही नीति अघि बढाउने स्पष्ट पारे ।

चीनको आर्थिक प्रगतिबाट लाभ लिने नीतिमा रास्वपा रहेको पनि उनले बताए ।

‘बीआरआईअन्तर्गतका परियोजनाबारे अहिले ठोस निर्णय नभएको उनको भनाइ छ । ‘तर, परियोजना विशेषका लगानीको ढाँचादेखि सामाजिक र आर्थिक विश्लेषण गरेर निर्णय गर्ने विषय हुन् । नेपालको आवश्यकता र लगानीको मोडललाई हेरेर निर्णय गर्छौँ’, खनालले भने ।

अमेरिकासँग रास्वपाले मित्रवत र सुमधुर सम्बन्ध राख्ने जनाउँदै उनले नेपालले कहिल्यै पनि कुनै पनि राष्ट्रसँग सुरक्षासम्बन्धी गठबन्धन नगर्ने नीति लिएको र रास्वपाले त्यही नीतिलाई अङ्गीकार गर्ने पनि स्पष्ट पारे ।

Previous Post

काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

Next Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
फिचर-ब्यानर

भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

५ असार २०८३,
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै
आर्थिक

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

५ असार २०८३,
भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो
फिचर-ब्यानर

भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

५ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

५ असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In