• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देवघाटमा भक्तजनको घुइँचो

metakhabar by metakhabar
१२ साउन २०८२,
0
साउनको सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ (चितवन), १२ साउनः साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।

गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने श्रद्धालुको घुइँचो लागेको हो । साउन महिनाको सोमबारलाई विशेषरूपमा भगवान् शिवको आराधना गर्ने पवित्र दिन मानिन्छ । यसै सन्दर्भमा आज देशका विभिन्न स्थानबाट आएका भक्तजन देवघाटमा बिहानैदेखि पूजाआजा तथा स्नानमा व्यस्त देखिएका छन् ।

श्रद्धालुहरू नदीमा स्नान गरेर व्रत बसेका छन् भने शिव मन्दिरमा पूजा, अर्चना तथा जल चढाउने कार्यमा सहभागी भएका छन् । साउन सोमबारको अवसरमा देवघाटमा बोलबम मेला लाग्ने परम्पराअनुसार आजको दिन विशेष रूपमा उत्सवका रूपमा मनाइएको छ ।

देवघाट क्षेत्र विकास समिति कार्यालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार, साउन महिनाभरि आउने भक्तजनको मोटामोटी तथ्याङ्क सङ्कलन गरिँदै आएको छ ।

उहाँले भन्नुभयो, “चितवन र तनहुँ दुवैतर्फ कर्मचारी खटाएर भक्तजनको सङ्ख्याबारे जानकारी लिइन्छ । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तथ्याङ्क सङ्कलनको व्यवस्था छ, तर अन्य समय भक्तजन आउने भएकाले औसत सङ्ख्याको मात्र विवरण आउँछ ।”

समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, यसवर्ष दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “आज बिहानैदेखि पानी परे पनि भक्तजनको उपस्थिति बाक्लो छ । गत वर्ष बाढीपहिरोका बीच पनि झण्डै दुई लाख भक्तजन आएका थिए, यो वर्ष त्योभन्दा सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ ।”

भक्तजनको सुरक्षाका लागि स्थानीय प्रशासन र क्षेत्र विकास समितिको सहकार्यमा ट्राफिक व्यवस्थापन, स्वास्थ्य सहायता र सुरक्षा व्यवस्थापनको व्यवस्था मिलाइएको छ । प्रहरी, स्वयंसेवक तथा प्राथमिक स्वास्थ्य टोली तैनाथ गरिएको कार्यकारी निर्देशक बरालले जानकारी दिनुभयो । भक्तजनको आगमनसँगै स्थानीय व्यवसायमा चहलपहल बढेको देखिन्छ । देवघाटको चितवन र तनहुँतर्फका दुवै किनारमा फूलमाला, पूजा सामग्री, फलफूल तथा खाजाका पसलमा उल्लेख्य घुइँचो लागेको छ ।

Previous Post

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

Next Post

काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In