• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मूल बीउ उत्पादन गरिँदै

metakhabar by metakhabar
११ साउन २०८२,
0
मूल बीउ उत्पादन गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वालिङ (स्याङ्जा), ११ साउनः स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।

कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्महरूलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिनुभयो ।

कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको छ । “नार्कबाट ल्याएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ लाइसेन्स प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्छन् ।”

बीउ उत्पादकले उत्पादन गरेको उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकस, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराउने उहाँले बताउनुभयो ।

आवश्यकता हेरी प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्र उन्नत बीउको रूपमा बजारमा पठाउने गरिएको छ । कार्यालयले उत्पादित बीउको डेसिस प्रणालीमार्फत बीउ उत्पादक समूह, सहकारी, फार्म र बीउ विक्रेता व्यवसायी तथा किसानलाई जोडेर बजारीकरणमा सहजीकरण गर्दै आइरहेको छ ।

कार्यालयले बीउ उत्पादकलाई रामधान, सावित्री, हर्दिनाथ, सावा मन्सुली सव १, मकैको मनकामना ३, गहुँ, बोडीको मालेपाटन १, चौमासे सिमी, भटमासको खजुरे भटमास १, कोदोको सैलुङ्गे १, काभ्रे १ र ओख्ले जातका मुल बीउ उपलब्ध गराउँदै आएको छ । पर्वतमा जेठो बुढो धान, भक्तपुर लोकल काक्रो, मसुरो र तोरीको उन्नत बीउ उत्पादन भइरहेको छ ।

म्याग्दीमा सिमी, केराउको उन्नत बीउ उत्पादन भइरहेको छभने नवलपुरमा बोडी, रामधान, सावित्री, हर्दिनाथ ६ जातका खाद्यान्न तथा तरकारीको उन्नत बीउ उत्पादन गरिएको उहाँले बताउनुभयो । तनहुँको भिमादमा डल्ले कोदो, घिरिङमा राम धान, सावित्री, हर्दिनाथ र सावा मन्सुली सव १ जातका खाद्यान्न बालीको उन्नत बीउ उत्पादन थालिएको छ ।

गोरखामा सिमी र तोरी, बागलुङका तीन ठाउँमा मनकामना ३ जातको उन्नत मकैको बीउ उत्पादन थालिएको छ । लमजुङ, कास्की, मनाङ र मुस्ताङमा कार्यालयमार्फत अहिले काम भइनसकेको उहाँले जानकारी दिनुभयो ।

पौवैखोलामा मोटरेबल पुल निर्माण

पुतलीबजार नगरपालिका–५ पौवैखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्डको वैकल्पिक सडकका रूपमा विस्तार हुँदै गरेको बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौडा सडकखण्डअन्तर्गत पर्ने पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेकोमध्ये रु एक करोड ८६ लाख ९२ हजारमा ठेकेदार कम्पनीसित ठेक्का सम्झौता भएको हो । पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङखोला सिद्धबाबा निर्माण सेवाबीच २०८१ वैशाख १७ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु एक करोड ८६ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो ।

ठेक्का सम्झौता भएकोमध्ये ठेकेदार कम्पनीले रु एक करोड ७५ लाख ६९ हजार अन्तिम भुक्तानी पाएको हो । तोकिएको समयावधिभित्रै निर्माण सम्पन्न भएको पुलको लम्बाइ १५.६ मिटर रहेको छ । आठ दशमलव चार मिटर चौडाइको उक्त पुलमा छ मिटरमा गाडी गुड्न मिल्छ भने पुलको दायाँबायाँ दुवैतर्फ २.४ मिटरको फुटपाथ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

नवनिर्मित मोटरेबल पुलको शनिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गर्नुभएको हो । मन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको गति अघि बढाएको बताउनुभयो । उहाँले दैनिक आवतजावत, व्यापार, व्यवसाय, कृषि उत्पादनको ढुवानी र अन्य सामाजिक क्रियाकलापमा अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

कुलिङ अफ पिरियडमा भट्टराईको आरोप– छानबिनको घेरामा प्रचण्ड पनि पर्नुपर्छ

Next Post

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
Load More
Next Post
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In